कञ्चनपुर, १७ कात्तिक । कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका ५५ वर्षीय प्रेमसिंह ऐर आफ्नै घरमा शुक्रबार मृत फेला परेका हुन्।घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।























































































































































