बर्दिया, १७ कात्तिक । बर्दियाको मधुवनमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ। आज मधुवन नगरपालिका-५ शक्तिपुरकी २८ वर्षिया सिर्जना भन्ने गायत्री डाँगीको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
चिरौटे सामुदायिक वनमा बाख्रा चराउन गएको बेला उनलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरिक्षक सुधिरराज शाहीले जानकारी दिए।
सामुदायिक वनमा बाख्रा चराउन गएरको समयमा दिउँसो साढे २ बजे बेपत्ता भएको खबर प्राप्त हुँदा साढे ३ बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ।पोस्टमार्टमका लागि उनको शव बर्दिया अस्पतालमा राखिएको छ।






















































































































































