राशी कि र नक्षत्रमा आधारित ज्याेतिष मान्य ? भन्नेमा कार्यशाला, कृष्णमुर्ति पद्दति बैज्ञानिक भएकाे दाबी

 

महोत्तरी।  ज्योतिषहरुले किन गलत भबिस्यबाणी गर्छन ? के फेसवुकमा लाइभ बसेर गर्ने भबिस्यबाणीमा सत्यता छ ? पछिल्लो समय राजतन्त्र र गणतन्त्रको नाममा भएका भबिस्यबाणी के हुन ?आइतबार महोत्तरीको एक होटलमा ज्योतिषीहरुको राष्ट्रिय बृहत भेलाका बिचमा  यस्ता अनेकौ प्रश्नहरु राखिए । यही क्रममा  लक्ष्मण भण्डारी जुरुक्क उठे अनि एकैपटक भने, `यी सबै प्रचारप्रसारको लागी गरिएका फेक कुराहरु हुन ।´झापावाट कार्यक्रममा सहभागी हुन आएका अर्का ज्योतिषी अर्जुन उप्रेतिले ज्योतिषीको बिषयमा सामाजिक सञ्जालमा सरकारको नियमन हुन नसक्दा विकृतिहरु बढदै गएको धारणा राखे । ज्योतिषशास्त्र विज्ञानसम्मत भएको र बैदिक ज्योतिषको नाममा बिकृतिहरु बृद्धि हुँदै गएको उनिहरुले एकसाथ तर्क गरेका छन् । उनीहरुले यी तर्क गरे पछी कुन चाँही ज्योतिषको फलादेश सतप्रतिशत हो ? भन्ने बिषयमा अथितिहरुले यसभित्रको भिन्नता बुझ्न खोजे । त्यसपछी उक्त छलफलमा ज्योतिषी भित्रको कृष्णमुर्ती पदतिको विषयमा लामो छलफल भयो । बैदिक ज्योतिषीहरु राशिमा आधारित हुने र कृष्णमुर्ती ज्योतिषीहरु नक्षत्रमा आधारित हुने भएकाले कृष्णमुर्ती पदती सबैभन्दा प्रभावकारी भएको उनीहरुले निष्कर्ष पेश गरे । अथितिहरुले उनीहरुका कुरा अझै पत्याउन सकेनन । त्यसपछि कृष्णमुर्ती पद्दतिको बैज्ञानिक आधारहरु के -के हुन भनेर हलमा उत्तर खोज्न थालियो । झापावाट आएका बुद्धि भट्टराईले आफू विज्ञानको विद्यार्थी भएको र कलेजमा केमिस्ट्री पढाउने गरेको परिचय दिदै ज्योतिषमा कृष्णमुर्ती पदती विज्ञानसंगत भएको दाबी गरे । छिटो, छरितो र सरलसगैँ ९ ग्रहमा आधारित हुदाँ यसभित्र थुप्रै बैज्ञानिक आधारहरु भएको तर्क पेश गरे । भट्टराईको कुरा सकिन नपाउदै कृष्णमुर्ती ज्योतिष परिषदका केन्द्रिय उपाध्यक्ष देविप्रसाद सुवेदीले उनका र्कहरुमा ऐक्यबद्धता जनाउदै प्रमाणित भएका हरेक तथ्यहरु बैज्ञानिक भएको बताए ।

 

`त्यसैले यो कृष्णमुर्ती पदती पनि तथ्यमा आधारित भएकाले वैज्ञानिक छ,´ उनले भने । कृष्णमुर्ती दक्षिण भारतका प्रख्यात भबिष्यवेता हुन । राशिमा आधारित बैदिक ज्योतिष भन्दा नक्षत्रमा आधारित ज्योतिष प्रभावकारी र बिस्वसनिय भएको उनले निष्कर्ष निकालेकाे जानकारी दिइएकाे छ ।भारतमा ज्योतिषहरुले अहिले कृष्णमुर्ती प्रक्रिया नै अवलम्बन गर्दै आएका छन । नेपालका प्रसिद्ध ज्योतिषी लक्ष्मण भण्डारीले कृष्णमुर्ती अर्थात नक्षत्रमा आधारित ज्योतिषी विद्याको गहन खोजी गरेका थिए । खोजीका क्रममा अत्यन्त प्रभावकारी भएको निष्कर्षमा पुगे पछी उनले नेपालमा पनि यसकाे सुरुवात गर्न अभियान नै चलाए । सामाजिक संजालका माध्यमवाट र प्रत्यक्ष भेटेर रुचि भएका व्यक्तिहरुलाई यो विद्या  सिकाउन तिर लागेकाे जानकारी पनि दिइएकाे छ । यही क्रममा दिक्षित भएका ज्योतिषीहरुलाई समेटेर कृष्णमुर्ती ज्योतिष परिषदको जन्म भएको हो । यसकाे अध्यक्ष स्वयम् भण्डारी छन । कृष्णमुर्ती प्रक्रिया अन्तर्गत २ सय भन्दा बढी ज्योतिषीलाई पढाई सकिएको बताउदै ज्योतिषी भित्रका बिकृतिहरुलाई चिर्दै बिस्वसनियता कायम गर्न यो नै उत्तम भएको भण्डारीको भनाई छ ।

 

कृष्णमुर्ती ज्योतिषी मात्र नभएर पुर्विय बिज्ञान नै भएको कतिपय ज्योतिषीहरुको तर्क छ । ग्रहका कारण प्रतिफल योग भएकाहरुले जिम्मेवारी भन्दा बाहिर गएर सेवा गर्नुपर्ने बताउछन । जस्तै बाबू-आमाको पालनपोषण जिम्मेवारी भएको हुदाँ यसलाई सेवा भन्न नमिल्ने तर अनाथ, असहायहरुलाई गर्ने सहयोग भने सेवा भएको ज्योतिषीहरु बताउँछन । यस्ता कर्म गरे ग्रह अनुसार रहने दशा समेत न्यूनीकरण हुने उनिहरुको भनाई छ ।बैदिक अध्ययन गरेर ज्योतिषी बन्न नसक्ने बताउदै नक्षत्रको अध्ययन अनिवार्य भएको कृष्णमुर्ती ज्योतिष परिषदको ठहर छ ।ज्योतिषशास्त्रको बिषयमा युरोपियनहरुले नेपालको नै प्राचीन, बैदिक प्रणालीलाई नयाँ ढंगले अनुसन्धान गरेर निष्कर्षमा पुगेको बताउदै नेपालका ज्योतिषशास्त्रीहरु अझै पुरानो ढाँचामा नै रहेको कृष्णमुर्ती ज्योतिष परिषदमा आवद्ध ज्योतिषहरुको बुझाई छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बनेपामा ‘एक घर, एक धारा’अभियान

काभ्रेपलाञ्चोक, काभ्रेको बनेपा नगरपालिका–६ स्थित बस्तीहरुमा खानेपानी वितरण थालिएको छ । वडा कार्यालयले ‘वडाको अभियान शुद्ध खानेपानी, पानीबिना रहँदैन जिन्दगानी’नाराका साथ एक घर एक धारा कार्यक्रमअन्तर्गत खानेपानी वितरण थालेको हो ।   खानेपानी आयोजनाले ६ नं वडाका बस्तीमा सात सय ६० परिवारलाई समेट्ने जनाइएको छ ।...

राष्ट्रपति कतारतर्फ प्रस्थान

काठमाडौँ,  राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

वीरगञ्ज नाका हुँदै तीन महिनामा आठ अर्ब ७० करोडका सवारीसाधन भित्रियो

वीरगञ्ज (पर्सा),  वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा रु आठ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट रु सात अर्ब ७७ करोड राजस्व सङ्कलन भएको छ ।वीरगञ्ज भन्सार...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

अझै रोकिएन असुरक्षित गर्भपतन : आफूखुसी औषधि नखाऔँ

ढोरपाटन (बागलुङ), बागलुङमा पछिल्लो समय सुरक्षित स्वास्थ्य सस्थाबाट नै गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दो छ । प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा एक हजार ६४ जना महिलाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सुचीकृत स्वास्थ्य सस्थामार्फत् सेवा लिएका थिए । सेवा लिएका मध्ये २७...

मौसमः पश्चिमी वायुको प्रभाव कायमै

काठमाडौँ, नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार देशका पहाडी भू–भागमा आशिंक बदली रहनेछ । यसैगरी धेरै जसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

पायक पर्ने स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दा …

ढोरपाटन (बागलुङ), बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा सञ्चालन भएको आँखा शिविरबाट एक हजार सात जना आँखाका बिरामी लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखरा र धौलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा लायन्स क्लब अफ ढोरपाटनको संयोजनमा गत शुक्रबारदेखि सुरु भएको...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९