राशी कि र नक्षत्रमा आधारित ज्याेतिष मान्य ? भन्नेमा कार्यशाला, कृष्णमुर्ति पद्दति बैज्ञानिक भएकाे दाबी

 

महोत्तरी।  ज्योतिषहरुले किन गलत भबिस्यबाणी गर्छन ? के फेसवुकमा लाइभ बसेर गर्ने भबिस्यबाणीमा सत्यता छ ? पछिल्लो समय राजतन्त्र र गणतन्त्रको नाममा भएका भबिस्यबाणी के हुन ?आइतबार महोत्तरीको एक होटलमा ज्योतिषीहरुको राष्ट्रिय बृहत भेलाका बिचमा  यस्ता अनेकौ प्रश्नहरु राखिए । यही क्रममा  लक्ष्मण भण्डारी जुरुक्क उठे अनि एकैपटक भने, `यी सबै प्रचारप्रसारको लागी गरिएका फेक कुराहरु हुन ।´झापावाट कार्यक्रममा सहभागी हुन आएका अर्का ज्योतिषी अर्जुन उप्रेतिले ज्योतिषीको बिषयमा सामाजिक सञ्जालमा सरकारको नियमन हुन नसक्दा विकृतिहरु बढदै गएको धारणा राखे । ज्योतिषशास्त्र विज्ञानसम्मत भएको र बैदिक ज्योतिषको नाममा बिकृतिहरु बृद्धि हुँदै गएको उनिहरुले एकसाथ तर्क गरेका छन् । उनीहरुले यी तर्क गरे पछी कुन चाँही ज्योतिषको फलादेश सतप्रतिशत हो ? भन्ने बिषयमा अथितिहरुले यसभित्रको भिन्नता बुझ्न खोजे । त्यसपछी उक्त छलफलमा ज्योतिषी भित्रको कृष्णमुर्ती पदतिको विषयमा लामो छलफल भयो । बैदिक ज्योतिषीहरु राशिमा आधारित हुने र कृष्णमुर्ती ज्योतिषीहरु नक्षत्रमा आधारित हुने भएकाले कृष्णमुर्ती पदती सबैभन्दा प्रभावकारी भएको उनीहरुले निष्कर्ष पेश गरे । अथितिहरुले उनीहरुका कुरा अझै पत्याउन सकेनन । त्यसपछि कृष्णमुर्ती पद्दतिको बैज्ञानिक आधारहरु के -के हुन भनेर हलमा उत्तर खोज्न थालियो । झापावाट आएका बुद्धि भट्टराईले आफू विज्ञानको विद्यार्थी भएको र कलेजमा केमिस्ट्री पढाउने गरेको परिचय दिदै ज्योतिषमा कृष्णमुर्ती पदती विज्ञानसंगत भएको दाबी गरे । छिटो, छरितो र सरलसगैँ ९ ग्रहमा आधारित हुदाँ यसभित्र थुप्रै बैज्ञानिक आधारहरु भएको तर्क पेश गरे । भट्टराईको कुरा सकिन नपाउदै कृष्णमुर्ती ज्योतिष परिषदका केन्द्रिय उपाध्यक्ष देविप्रसाद सुवेदीले उनका र्कहरुमा ऐक्यबद्धता जनाउदै प्रमाणित भएका हरेक तथ्यहरु बैज्ञानिक भएको बताए ।

 

`त्यसैले यो कृष्णमुर्ती पदती पनि तथ्यमा आधारित भएकाले वैज्ञानिक छ,´ उनले भने । कृष्णमुर्ती दक्षिण भारतका प्रख्यात भबिष्यवेता हुन । राशिमा आधारित बैदिक ज्योतिष भन्दा नक्षत्रमा आधारित ज्योतिष प्रभावकारी र बिस्वसनिय भएको उनले निष्कर्ष निकालेकाे जानकारी दिइएकाे छ ।भारतमा ज्योतिषहरुले अहिले कृष्णमुर्ती प्रक्रिया नै अवलम्बन गर्दै आएका छन । नेपालका प्रसिद्ध ज्योतिषी लक्ष्मण भण्डारीले कृष्णमुर्ती अर्थात नक्षत्रमा आधारित ज्योतिषी विद्याको गहन खोजी गरेका थिए । खोजीका क्रममा अत्यन्त प्रभावकारी भएको निष्कर्षमा पुगे पछी उनले नेपालमा पनि यसकाे सुरुवात गर्न अभियान नै चलाए । सामाजिक संजालका माध्यमवाट र प्रत्यक्ष भेटेर रुचि भएका व्यक्तिहरुलाई यो विद्या  सिकाउन तिर लागेकाे जानकारी पनि दिइएकाे छ । यही क्रममा दिक्षित भएका ज्योतिषीहरुलाई समेटेर कृष्णमुर्ती ज्योतिष परिषदको जन्म भएको हो । यसकाे अध्यक्ष स्वयम् भण्डारी छन । कृष्णमुर्ती प्रक्रिया अन्तर्गत २ सय भन्दा बढी ज्योतिषीलाई पढाई सकिएको बताउदै ज्योतिषी भित्रका बिकृतिहरुलाई चिर्दै बिस्वसनियता कायम गर्न यो नै उत्तम भएको भण्डारीको भनाई छ ।

 

कृष्णमुर्ती ज्योतिषी मात्र नभएर पुर्विय बिज्ञान नै भएको कतिपय ज्योतिषीहरुको तर्क छ । ग्रहका कारण प्रतिफल योग भएकाहरुले जिम्मेवारी भन्दा बाहिर गएर सेवा गर्नुपर्ने बताउछन । जस्तै बाबू-आमाको पालनपोषण जिम्मेवारी भएको हुदाँ यसलाई सेवा भन्न नमिल्ने तर अनाथ, असहायहरुलाई गर्ने सहयोग भने सेवा भएको ज्योतिषीहरु बताउँछन । यस्ता कर्म गरे ग्रह अनुसार रहने दशा समेत न्यूनीकरण हुने उनिहरुको भनाई छ ।बैदिक अध्ययन गरेर ज्योतिषी बन्न नसक्ने बताउदै नक्षत्रको अध्ययन अनिवार्य भएको कृष्णमुर्ती ज्योतिष परिषदको ठहर छ ।ज्योतिषशास्त्रको बिषयमा युरोपियनहरुले नेपालको नै प्राचीन, बैदिक प्रणालीलाई नयाँ ढंगले अनुसन्धान गरेर निष्कर्षमा पुगेको बताउदै नेपालका ज्योतिषशास्त्रीहरु अझै पुरानो ढाँचामा नै रहेको कृष्णमुर्ती ज्योतिष परिषदमा आवद्ध ज्योतिषहरुको बुझाई छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नागरिक सुनुवाइमै पत्रकार विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

कैलाली । इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ।   बिहीबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा केही व्यक्तिलाई मात्र छनोट गरेर पत्राचार गरिएको तर घोडाघोडी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९