काठमाडौं। विवादास्पद् धर्मगुरु आचार्य श्रीनिवासलाई प्रहरीले पक्राउ गरेको छ।मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गौशालामा आयोजना गरेको विरोध प्रदर्शनमा आराजक अभिव्यक्ति दिएको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो।आजको प्रदर्शनमा प्रसाईं समर्थकले केहीबेर ढुंगामुढँ गरेपछि गौशालामा तनाव भएको थियो। प्रसाईं समूहले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको छ।

































































































































































