काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरू छुटने कि थुनामा नै रहने भन्नेमा केही बेरमा फैसाला आउन लागेको छ ।हाल सो प्रकरणमा थुनामा रहेका पुर्ब गृह मन्त्री बालकृष्ण खाँणलाइ थुनामुक्त गराउनु पर्ने मागसहित गरिएको जवाफी बहस सकिएकाले आज फैसाला आउने सम्भावना रहेको जनाइएको छ ।
अदालतमा जवाफी बहसमा खाँडलगायत थुनामा रहेकाहरुको पक्षबाट वकिलहरूले उनीहरुलाइ थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका छन् ।जससँगै नेपाली
नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणमा हाल थुनामा रहेका नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व गृहमन्त्री खाणलगायतको मुद्धामा केही बेरमा फैसाला आउन लागेको हो ।आज आउने फैसालाले खाँड लगायत थुनामा रहने कि बाहिर बसेर मुद्धा चलाउने भन्नेमा निक्र्यौल हुनेछ । उच्च अदालतमा अहिले भीड बढेको छ ।
         
        
                                                
                                                
                                                
                                                
                                                
                                                

































                    
                    
                    
                    
                    


























































































































