काठमाडौँ। स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।बार्सिलोनाको जितमा खेलको २८औं मिनेटमा जोआओ फेलिक्सले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।यो जितपछि बार्सिलोनाको १५ खेलमा ३४ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।त्यसैगरी एटलेटिको म्याड्रिडको भने १४ खेलमा ३१ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।
काठमाडौँ, बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...

























































































































































