काठमाडौँ। स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।बार्सिलोनाको जितमा खेलको २८औं मिनेटमा जोआओ फेलिक्सले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।यो जितपछि बार्सिलोनाको १५ खेलमा ३४ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।त्यसैगरी एटलेटिको म्याड्रिडको भने १४ खेलमा ३१ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।
मन्थली (रामेछाप), यहाँका युवाहरू वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित भएका छन् । कम मेहेनत र लगानीमा राम्रो आम्दानी हुने भएपछि उनीहरू यस पेसातर्फ लागेका हुन् ।विशेषगरी जिल्लाका युवा वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ लागेको रामेछाप नगरपालिकाका कृषि शाखा प्रमुख कृष्ण भुजेल बताउनुहुन्छ । उहाँका अनुसार...





















































































































































