Baigyanik Media

Advertisement

Skip Ad

दमक, सेतुमारीमा मंशिर २७ बाट फुटबल प्रतियोगिता हुने

झापा, २३ मंशिर । झापाको दमक–१० सेतुमारीमा इन्द्रेणी कप नकआउट फुटबल प्रतियोगिता २०८० आयोजना हुने भएको छ स्थानीय इन्द्रेणी युवा क्लबको आयोजनामा मंसिर २७ गतेदेखि पुष ३ गतेसम्म सेतुमारी खेलमैदानमा प्रयोगिता सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष सुवास सुवेदीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

 

दमक १० को पर्यटकीयस्थल इन्द्रेणी ताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता बारे जानकारी दिँदै अध्यक्ष सुवेदीले भने – ‘मानव स्वास्थ्य सचेतना, खेलकुद क्षेत्रको विकास, युवा पुस्तालाई लागु औषधको कुलतबाट जोगाउने र स्थानीय पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखेर प्रतियोगिता आयोजना गर्न लागेका हौं ।’ प्रतियोगताका लागि टाइटल स्पोन्सर खोजी गरिएको भन्दै सुवेदीको भनाइ छ ।

 

‘हामीले दुई लाख सहयोग गर्ने दाताको नाम यस प्रतियोगिताको सुरुमा उल्लेख गर्ने निर्णय गरेका छौं । टाइटल स्पोन्सको खोजी जारी छ’, उनले भने ।

दमक १० मा इन्द्रोणी युवा क्लबले इन्द्रेणी ताल संरक्षणलगायत विविध सामाजिक कार्य गर्दै आएको जानकारी दिँदै दमक १० का वडा अध्यक्ष राजेन्द्र भण्डारीले युवा पुस्तालाई खेलकुदको क्षेत्रमा आकर्षित गर्ने र प्रोत्साहित गर्ने कार्यमा वडा कार्यालयले सक्दो सहयोग गर्ने बताए ।  ‘क्लवका माध्यमबाट स्थानीय युवा साथीहरुको सामाजिक योगदानमा हामी वडाका तर्फबाट उत्साह थप्न तयार छौं’, उनले भने ।चार लाख ९५ हजार खर्च हुने अनुमान गरिएको प्रतियोगितामा झापा र मोरङका गरी स्थानीयस्तरका १२ वटा टीमले सहभागिता जनाउने छन् ।

 

प्रतियोगिता सम्पन्न गर्न दमक नगरपालिकाले एक लाख, वडा नम्बर १० कार्यालयले ५० हजार सहयोग गर्ने बताइएको छ । क्लबले देउसीभैलो खेलेर जम्मा गरेको ६० हजार छ सय २२ सहित दुई लाख २० हजार अन्य दाताबाट सहयोग प्राप्त गरिने अनुमान गरिएको प्रतियोगितामा सहभागी टीम शुल्क बापत ६६ हजार संकलन भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

 

प्रतियोगिताको प्रथम पुरस्कार वापतको ५० हजार स्वर्गीय मुगाधन राई, स्वर्गीय श्रीमती कृष्णकुमारी राई र मार्शलआर्टका अन्तर्राष्ट्रिय खेलाडी स्वर्गीय राष्ट्र राईको स्मृतिमा रोहित राईले उपलब्ध गराएका छन् ।

 

त्यस्तै, दोस्रो पुरस्कारको लागि पुरुषोत्तम भट्टराईले ३० हजार उपलब्ध गराएका छन् भने अनुशासित टीमको पुरस्कारको लागि १५ हजार स्वर्गीय मुगाधन राई, स्वर्गीय श्रीमती कृष्णकुमारी राई र मार्शलआर्टका अन्तर्राष्ट्रिय खेलाडी स्वर्गीय राष्ट्र राईको स्मृतिमा रञ्जन राईले उपलब्ध गराउने बताइएको छ । ट्रफी, मेडल तथा अन्य सामाग्री काठमाडौंमा पि क्युब जर्सी पसल सन्चालन गर्दै आएका इन्द्रेणी युवा क्लबका सदस्य प्रेम बस्नेतले सौजन्य गरेका छन् ।

 

प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः नगद राशी ५० हजार र ३० हजारसहित ट्रफी, मेडल र प्रमाणत्र प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगितामा सहभागी मध्ये अनुशासित खेल खेल्ने टिमलाई नगर १५ हजारसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

 

व्यक्तिगततर्फ प्रतियोतिाका सर्वोत्कृष्ट खेलाडी, गोल किपर, डिफेन्स, अधिक गोलकर्ता र प्लेयर अफ दी म्याचलाई ट्रफी प्रदान गरिने छ ।प्रतियोगिताको उद्घाटनमा स्थानीय राजनीतिक दल र सञ्चारकर्मीबीच मैत्रीपूर्ण खेल आयोजना गरिने क्लबले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

‘सबै स्थानीय तहमा युवापरिषद् गठन आवश्यक’

भक्तपुर।   युवा तथा खेलकुद मन्त्रालयका सचिव डा हरिप्रसाद लम्सालले ७५३ वटै स्थानीय तहमा युवापरिषद् गठन गर्ने अभियान सुरु गर्नुपर्ने बताउनुभएको छ । आज राष्ट्रिय युवापरिषद् सानोठिमीले युएनएफपिएको साझेदारीमा यहाँ आयोजना गरेको ‘नीतिनिर्माण तहदेखि कार्यान्वयन तहसम्म युवा सहभागिता संवाद’ कार्यक्रममा उहाँले उक्त अभियान जरुरी...

पन्ध्र शय्याका दुई आधारभूत अस्पताल सञ्चालनमा

तम्घास।    देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ श्ययाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् । तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र १५ शय्याका...

पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी वचत

काठमाडौँ ।   नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ वर्ष पूरा भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पाइपलाइन सञ्चालन भएयता छ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयात भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको...

बिहीबार विश्व खाद्य दिवस मनाइने

काठमाडौँ, सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन यही आज ४५औँ विश्व खाद्य दिवस मनाउँदै छ । कृषि विभागले संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), खाद्यका लागि कृषि अभियानलगायत सङ्घसंस्थाको समन्वयमा दिवस मनाउन लागेको हो । यसवर्ष ‘स्वच्छ खाना...

पदयात्रीको ‘रिफ्रेस सेन्टर’ भुरुङ–तातोपानी

म्याग्दी ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ–तातोपानी कुण्डे ‘रिफ्रेस सेन्टर’को रूपमा विकास भएको छ । भुरुङ तातोपानी कुण्ड बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने–आउने, अन्नपूर्ण चक्रीय र अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदयात्राको थकान मेटाउने थलो बनेको हो । अन्नपूर्ण हिमालको आधार शिविरको...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

कैलालीमा डर लाग्दो हत्या: केशर बुढाको टाउको लिएर प्रहरीमा पुगे दुई युवक!

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ जरहीमा गए राति रक्सीपाटी पछिको विवादका क्रममा एकजनाको घाँटी रेटी हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार सोही वडाका केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो। घटना गए राति करिब...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई शैक्षिक उपकरण सहयोग

म्याग्दी, मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् । प्रवासी दङ्गाले मञ्चले पितृ स्मृति सेवा कोषमार्फत आइतबार १३ थान कम्प्युटर, चार थान ब्याट्री, दुई थान सिसिटिभी क्यामेरा र दुई...

एक सय जनामा क्षयरोग सङ्क्रमण

ओखलढुङ्गा,  ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आव २०८२/८३ को हालसम्ममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ६५ पुरुष र ३०...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९