
ताइवान। जापानमा गएको भुकम्पको पुर्ननिमार्णका लागि ताइवानले ६ करोड येन सहयोग गर्ने भएको छ । ताइवानका अधिकारीहरूले मध्य जापानमा गएको गत सोमबारको विनाशकारी भूकम्पपछिको राहत र पुनर्निर्माणको प्रयासका लागि ६ करोड येन सहयोग गर्ने भएका हो
ताइवानका विदेशमन्त्री जोसेफ वुले बिहीबार उक्त प्रतिज्ञाको घोषणा गरेका छन । उनका अनुसार जापानको भुकम्प आपतकाल पनि आपतकाल हो भन्ने निष्कर्षमा ताइवान रहेको पनि जनाए ।उनले भूकम्पबाट प्रभावितहरु यथाशीघ्र आफ्नो सामान्य जीवनमा फर्किने विश्वास व्यक्त गरेका छन भने प्रकोपबाट प्रभावितहरूलाई प्रोत्साहित गर्नु पर्ने उनको भनाइ छ ।
ताइवानका स्वास्थ्य अधिकारीहरूले शुक्रबारदेखि जनवरी १९ सम्म त्यहाँका जनताले बैंक, हुलाक कार्यालय र सुविधा स्टोरहरूमा पैसा दान गर्न सक्ने सुबिधा
बनाएको बताए । यसरी जम्मा भएको कोष कहाँ पठाउने भनेर निर्णय गर्न उनीहरूले जापानी अधिकारीहरूसँग परामर्श गर्ने बताएका छन्।