शुक्रबार, भदौ २७, २०८२

जापानकाे भुकम्पमा परी अझै २०० जना बेपत्ता, खाेजी कार्य जारी

टोकियो जापानमा ६ दिन अघि गएको शक्तिशाली भूकम्पका कारण २ सय अझै बेपत्ता भएका छन् ।र, सो भुकम्पमा परी मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो जानकारी अनुसार विनाशकारी भूकम्पपछि मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।राहत र उद्धारकर्मीहरूले भग्नावशेषमुनि पुरिएका व्यक्तिको खोजी गरिरहेका छन् ।अल जजीराका अनुसार अनुसार जापानले झण्डै ८ वर्षयताकै सबैभन्दा घातक भूकम्पको सामना गरेको छ, जसका कारण देशका धेरै भागको अवस्था निकै खराब छ । भग्नावशेषमा आफ्ना प्रियजनलाई खोज्ने धेरै मानिस छन् । अधिकारीहरूले शनिबार भनेका छन् कि २०० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन्।

 

नयाँ वर्षको दिनमा जापानको पश्चिमी तटमा ७.६ म्याग्निच्युडको भूकम्पले पूर्वाधार ध्वस्त पारेको छ ।समाचार अनुसार वाजिमा सहरमा सबैभन्दा बढी ५९ जनाको मृत्यु भएको छ भने सुजुमा २३ जनाको मृत्यु भएको छ। प्रकोपको परिणाम स्वरूप ५०० भन्दा बढी व्यक्तिहरू घाइते भएका थिए, जसमध्ये कम्तीमा २७ गम्भीर घाइते भएका छन ।खराब मौसमका कारण हजारौं उद्धारकर्मीको काम अवरुद्ध भएको छ । रिपोर्टका अनुसार इशिकावा क्षेत्रका करिब २३ हजार ८०० घर बिजुली र ६६ हजार ४०० भन्दा बढी घर पानीविहीन छन् । ३१,४०० भन्दा बढी मानिस ३५७ सरकारी आश्रयस्थलमा बसिरहेका छन् ।

 

वाजिमा निवासी हिरोयुकी हमातानीले भने,  ‘नयाँ वर्षको दिनमा भूकम्प गएको बेला म आराम गरिरहेको थिएँ । मेरा सबै आफन्तहरू सँगै थिए र हामी रमाइलो गरिरहेका थियौं। तर एकैछिनमा सबै कुरा परिवर्तन भयो। घर खडा छ तर बस्न योग्य छैन। मेरो दिमागमा भविष्यको बारेमा सोच्ने ठाउँ छैन।’गत हप्ताको भूकम्पमा मृत्यु हुनेको संख्या सन् २०१६ यताकै उच्च हो । सन् २०१६ मा दक्षिण पश्चिम जापानको कुमामोटोमा गएको भूकम्पमा २७६ जनाको मृत्यु भएको थियो ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९