मसलाको रुख मधेशबाट विस्थापन नगरे मरूभूमीकरण बन्ने विज्ञहरूको चेतावनी

 

महोत्तरी सदावहार हरियाली देखिने, छिटो वृद्धि विकास हुने र काठको लागिसमेत उपयोगी मसलाको रुख मधेशका जंगलमा मात्र हैन किसानहरुको खेतमा समेत देख्न सकिन्छ ।आयआर्जनका हिसावले समेत अन्य बिरुवाहरुको तुलनामा निक्कै उत्कृष्ट मानिने यो रुखका जति सुन्दर पक्ष छन त्यतिकै मानवजिवनसगँ जोडिएका कुरुप विशेषता पनि छ्न भन्दा धेरैलाई अचम्म लाग्न सक्छ ।

 

हो , पछिल्ला अध्यणहरुले मसलाको रुख कै कारण मधेश मरुभूमितर्फ उन्मुख हुँदै गएको देखाएको छ । यो रुख पारिस्थितिक प्रणालीका हिसावले मात्र घातक हैन पानीका मुहानहरु सुकाउने मुख्य अस्त्र बनेको विज्ञहरु बताउँछन । लामो समयदेखि चुरे र वातावरणिय क्षेत्रमा काम गर्दै आएका नागदेव यादवका अनुसार एउटा वयस्क रुखले ६२ लिटरसम्म पानी पिउने गर्दछ । वरपर लामो दूरीसम्मको  पानीलाई चुम्बक जसरी तान्ने हुदा उत्पादनमा समेत मसलाको रुख घातक वनिरहेको उन्को भनाई छ ।

 

यो रुखले पारिस्थितिक प्रणालीमा समेत उथलपुथल बनाईरहेको एक अध्यणले देखाएको छ । यहाँ न चराचुरुङ्गीले बासस्थान बनाउछन न त किराहरुले नै । वनमा लगाईएको मसलाका रुखहरुले त अन्य रुखहरुको अस्तित्व नै नष्ट गर्ने गरेको बिज्ञहरुको निष्कर्ष छ । यो रुख वातावरणिय हिसावले निक्कै घातक रहेको स्थानियहरुले समेत महसुस गर्न थालेका छन । ५ बर्ष अगाडीसम्म पानी पाईरहने मुहानहरु यो रुख कै कारण सुकेका र सुक्ने क्रम जारी रहेको बर्दिवास-७ रमदेव महतो बताउँछन् ।

 

`यो बिरुवा  छिटो बढेपछि स्थानियहरुको आकर्षण त बढयो तर बिस्तारै यही रुखको कारण मरुभूमि बनेको कसैलाई थाहा नै छैन,´ उनले भने, `हामीले त लगाउन छाडिसक्यौ ।´अन्य रुख भएको ठाउँमा बाक्लै घाँस पाइने तर मसला रुखहरु भएको ठाउँमा घाँस नै नपाइने गरेको महतोको अनुभव छ । महतोले आजकाल यही कारणले बाख्रा, बस्तु समेत पाल्न छाडेका छन् । जंगलभरि मसलाका रुखहरु फैलँदै गएपछी पशुपालनको समस्या बढिरहेको उनकाे बुझाई छ । `यो मैले मात्र हैन गाउँभरीका धेरै मानिसहरुले बुझेका छन्, ´ उनले भने, ` अब यो बिरुवा र रुखको अस्तित्व मधेशबाट नै मेट्नुपर्छ ।´

 

२०३४ सालतिर सागरनाथ वन परियोजनाले एक भारतिय प्रोजेक्टको माध्यमवाट नेपाल भित्र्याएको यो रुख अहिले मधेशभरि फैलिएको छ । सागरनाथ वन परियोजना अन्तर्गतका र वन डिभिजन अन्तर्गतका जंगलमा मात्र हैन किसानका खेतवारीमा समेत यो रुख व्यवसायिकरुपमा प्रयोग गरिएको छ ।यसकाे पातमा समेत एसिड हुने गरेको विभिन्न अध्ययनले पुष्टि गरेको छ । जसका कारण पात जमिनमा झरेर जादा वरिपरिको हरियोपनलाई नष्ट गर्ने र अन्य झारपातहरु समेत उम्रन नदिएर जमिनलाई नै बन्झर बनाउने अर्को समस्या रहेको बिज्ञहरु बताउँछन् ।

 

स्थानीय बासिन्दाहरु मसलाको रुख कै कारण खेतीपातीवाट समेत पलायन हुनुपर्ने स्थिति सिर्जना भएको गुनासो गर्छन् । गौशाला नगरपालिका कि गीतादेवी भन्छिन्, `गाउँलेले खेतमा रोपेका विरुवाका कारण समस्या बढिरहेको छ । कलको पानी सुकेको छ भने इनार पनि धमाधम सुकिरहेका छन् ।´

 

तथ्यांकअनुसार सागरनाथ वन परियोजना अन्तर्गत १० हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा यो बिरुवा लगाईएको छ । १ बिघामा १६ सयसम्म बिरुवा रोपिने हुँदा सागरनाथ वन परियोजनामा मात्र १ करोड भन्दा बढी मसलाका बिरुवाहरु हुन सक्ने जिल्ला वन कार्यालय महोत्तरीका प्रमुख सन्तोष झा बताउँछन् ।

 

अझ किसानहरुले खेतका डिल र खेतमा व्यावसायिक खेती नै गरेको देखिएको छ । जस्ले उत्पादनमा समेत कमि आएको स्वयम् किसानहरुको अनुभव छ । `५ बर्ष अगाडिसम्म खेतमा राम्रै उत्पादन हुन्थ्यो तर आजकाल यो मसलाको रुख रोपेको २ सय मिटर वरपरसम्म उत्पादन नै हुन छाड्यो,´ रामगोपालपुरका स्थानीय किसान रामसरोज यादवले भने, `५ बर्ष अगाडि उत्पादित उपज बेच्थे, अहिले किन्नुपर्छ ।´

 

अहिले मधेशका निजी जमिनमा समेत गरेर झण्डै ६ करोड बिरुवा रहेको आकलन गरिएको छ । पर्यावरणविद् चिरञ्जीवी भट्टराई यो विरुवाको विषयमा थप अध्ययन गरि निष्कर्षमा पुग्नुपर्ने बताउछन् । यसैलाई लिएर मधेश प्रदेशको वन तथा वातावरण मन्त्रालयमा छलफल र बहस भइरहेको छ । वन तथा वातावरण मन्त्रालय मधेश प्रदेशका सूचना अधिकारी बेचन कुमार महतोको अनुसार मसलाको रुखलाई लिएर बिज्ञहरुबीच गम्भीर छलफल भइरहेको छ ।

 

 

रुखको स्वभाव कै कारण पर्यावरणमा असर पर्ने आ‌कलन गर्न सकिने बताउँदै जमिनमुनि र जमिनमाथिको भाग बराबर हुने हुदा पनि पानीको मात्रा अन्य बाेटबिरुवाको तुलनामा बढी पानी खपत् गर्न सक्ने उनकाे भनाई छ ।`अनुभव नै वास्तवमा विज्ञान हो । त्यसो हुँदा स्थानीय तथा भुक्तभोगीहरुको अनुभव सुन्दा यो रुख हानिकारक नै भएको अनुमान लगाउन सकिन्छ ।´ सुचना अधिकारी महतोले भने । `थप अध्यण गरेर सरकारले सकेसम्म नीति नै बनाउदा राम्रो हो ।´

 

सडक सौन्दर्यका लागी समेत सडक बिभागले यो रुख दायाँबायाँ रोप्दै आएको छ । जुन दुर्घटनाको कारक समेत वनिरहेको देखिएको छ । यस्को हागा निक्कै कमजोर हुने हुदा सानोतिनो हावाहुरीले पनि असर पुर्‍याउन सक्ने हुदा सडक अवरोधका साथै दुर्घटना समेत बढीरहेको ट्राफिक तथ्यांकले पुष्टि गर्दछ ।

 

यस्को हागा भाचिएर सडकमा दुर्घटना हुदा एक बर्षको अवधीमा झण्डै १० जनाको मधेशमा ज्यान समेत गैइरहेको प्रहरीको तथ्यांक छ । कृषि बिज्ञ राजेन्द्र देवकोटाका अनुसार यो रुख २५ देखि ५० मिटर अनि २ मिटर सम्म को गोलाई हुन्छ | अस्ट्रेलियाको तास्मिनिया टापुमा यसको उत्पति भएको मानिन्छ | भारतमा १८४३ मा बेलायती नागरिकले तामिल नाडूमा ल्याएर रोपेपछि भारत लगायत यसको बिरुवा नेपाल सम्म विस्तार भएको मानिन्छ |

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९