
लेबनान । इरान समर्थित अतिबादी समुह हिजबुल्लाहले इजरायली सैनिक मारेको छ। हिजबुल्लाहले दिएको जानकारी अनुसार इजरायली शहर मेतुला नजिक इजरायली सैनिक मारेको दाबी गरेको हो ।लेबनानी सशस्त्र समूह हिजबुल्लाहले रुवाइसात अल असी साइटमा कोर्नेट मिसाइलले इजरायली ट्याङ्कीलाई निशाना बनाएर नष्ट गरेको दाबी गरेको छ।समूहले आफ्ना लडाकुहरूले उत्तरी इजरायली सहर मेतुला वरपर इजरायली सैनिकहरूलाई मारेको र घाइते बनाएको पनि बताएको छ।
इजरायली मिडियाका अनुसार मेतुलाको एउटा घर लेबनानबाट प्रहार गरिएको एन्टिट्याङ्क मिसाइलले प्रहार भएको जनाएको थियो । तर, हिजबुल्लाहको दावी अनुसार इजरायली सैनिक मारिएको हो कि होइन, त्यो भने स्वतन्त्र पुष्टी हुन सकेको छैन ।पछिल्लाे समयमा लेबनानकाे सिमावाट इजरायल माथी हिजबुल्लाहले निरन्तर हमला गरिरहेकाे छ । उसले इजरायल समर्थित र उनीहरूकाे लगानी भएकाे पानीजहाज र कार्गाेमा पनि निरन्तर हमला गरिरहेकाे छ।