काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनएं) को ‘फेस टू फेस मिटिङ’ चन्दागिरीमा बस्ने भएको छ।आगामी २१ र २२ जनवरीमा चन्दागिरीमा ‘फेस टू फेस मिटिङ’ आयोजना गरिएको संघका अध्यक्ष डा. बद्री केसीले जानकारी दिए।‘दुई दिनसम्म ‘फेस टू फेस मिटिङ’ बैठक गर्दैछौं। आइसीसीका सबै पदाधिकारी नेपाल आउँदैहुनुहुन्छ,’ उनले भने।बैठकले संघको समिति र कार्यदलको कार्य विभाजन गर्नुका साथै संघको आगामी कार्य योजनालाई अन्तिम रुप दिने उनको भनाइ छ।























































































































































