२६औं भूकम्प सुरक्षा दिवसका कार्यक्रमहरू सार्वजनिक

काठमाडौं । भक्तपुर नगरपालिका र ख्वप इन्जिनियरिग कलेजले मनाउने भूकम्प सुरक्षा प्रविधि प्रदर्शनी र राष्ट्रिय गोष्ठीलाई पनि २६ औं भूकम्प सुरक्षा दिवसको महत्वपूर्ण कार्यक्रमअन्तर्गत राखिएको छ ।प्रत्येक वर्ष माघ २ गते मनाईने भूकम्प सुरक्षा दिवस अन्तर्गत सो कार्यक्रमहरु पनि समावेस गरिएको भन्दै शहरी बिकास तथा भवन निर्माण विभागले यस वर्षको भूकम्प सुरक्षा दिवसका कार्यक्रमहरु सार्वजनिक गरेको हुन ।विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले एक प्रेस विज्ञप्ति जारी गर्दै यस वर्षको भूकम्प सुरक्षा दिवस “स्थानीय श्रोत र प्रविधि समेत प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं” नाराका साथ मुख्य कार्यक्रम चन्द्रागिरी नगरपालिकामा मनाउने तयारी भएको जनाएको छ ।

 

 

वि.सं १९९० साल माघ २ गतेका दिन २ बजेर २४ मिनेट जाँदा गएको महाभूकम्पको स्मृतिमा २०५५ साल देखि हरेक वर्ष माघ २ गतेका दिनलाई भूकम्प सुरक्षा दिवसको रुपमा मनाउँदै आएको भन्दै उहाँले भूकम्प सुरक्षाका मापदण्डहरु पूर्णरुपमा कार्यान्वयन नहुँदा भूकम्प आउँदा मानव निर्मित भवन सम्रचनाबाटै धनजनको क्षति भइरहेको बताए । यसै विषयमा जनचेतना जगाउन यस वर्षको भूकम्प सुरक्षा दिवसले केन्द्र सरकारले देखि र ७७ जिल्लाका ७५३ वटै स्थानीय तहहरु र जिल्ला तथा प्रदेश स्तरका कार्यक्रमहरुलाई समेत समेतिएर राष्ट्रिय भूकम्प सुरक्षा दिवसका विभिन्न कार्यक्रमहरु तय भएको बताए ।

 

 

 

माघ १६ गते देखि विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाउन थालेको भूकम्प सुरक्षा दिवस अन्तर्गत भूकम्प सुरक्षा दिवसका कार्यक्रमहरु बारे जानकारी दिएका हुन । सो कार्यक्रम अन्तर्गत ख्वप इन्जििनयिरिङ कलेज ख्वप कलेज अफ इनिजनियरिङ्ग कलेजले संयुक्त रुपमा माघ २ गते  भूकम्प सुरक्षा सम्बन्धी प्रदर्शनी गर्ने छन् भने माघ ५ गते भक्तपुर नगरपालिकाले भूकम्प सुरक्षा सम्बन्धी प्रवचन कार्यक्रम गर्ने भएको हो ।

 

 

माघ १६ गते राष्ट्रिय दैनिक छापा तथा अनलाईन अखवारहरुमा भूकम्पीय जोखिम न्यूनिकरण, पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी लेख रचना प्रकाशन गरी मनाइएको २६ औं भूकम्प सुरक्षा दिवसको मूख्य दिन माघ २ गते काठमाडौं उपत्यका भित्र काठमाण्डौ महानगरपालिकाले भूगोल पार्कमा भूकम्प स्मृति सभा आयोजना गर्ने छन् भने ललितपुर महानगरपालिकाले ललितपुरको पाटन दरवार क्षेत्रमा भूकम्प स्मृति सभा आयोजना गर्ने छन् । यसै गरी भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ्ग कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ्गको संयुक्त भूकम्प सुरक्षा सम्बन्धी प्रदर्शनी गर्ने छन् ।

 

 

भूकम्प सुरक्षा दिवस मूल समारोह भने प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा चन्द्रागिरी नगरपालिका १४ नैकाप, फुटबल मैदानमा मूल समारोह समिति, व्यवस्थापन उपसमितिले मनाउने छन् ।  मूल समारोह अन्तर्गत माघ २ गते ११ बजे चन्द्रागिरी नगरपालिकामा भेला भएर नैकाव फुटवल मैदानसम्म सचेतनामूलक र्याली गर्ने छन् । तत्पश्चात् दिउँसो १:१५ बजे प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा मूल समारोह आयोजना गर्ने छन् । सो अवसरमा दुई दिवसीय भूकम्प सुरक्षा प्रदर्शनी उद्घाटन तथा अवलोकन गरिने कार्यक्रम रहेको छ । यसै अवसरमा विभिन्न सरकारी, एनसेट, डिपिनेट सहित राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघसंस्था, नागरिक समाज, संयुक्त राष्ट्र संघीय निकायहरु, सामूदायिक संस्थाहरु आदिको सक्रिय सहभागितामा भूकम्पीय सचेतनाको लागि र्याली, प्रदर्शनी, संघ र प्रदेश स्तरीय समीक्षा गोष्ठी, सडक नाटक, सुरक्षा ड्रिल, हाजिरी जवाफ प्रतियोगिता, रक्तदान कार्यक्रम सहित विभिन्न कार्यक्रमहरु देशव्यापी रुपमा सञ्चालन गरिने छन् ।

 

 

नेपालको पश्चिम भागमा महसुस हुने भूकम्प करिब ५१७ वर्षदेखि नगएकोले संचित उर्जाबाट ८ रेक्टर भन्दा ठूलो भूकम्प जान सक्ने सम्भावना रहेको बैज्ञानिकहरुले आकलन गरिसकेको  छ । यसै विषयलाई मध्यनजर गर्दै राष्ट्रिय भवन संहिता विशेष गरी स्थानीय तहरुबाट हुने नक्सापास प्रकृयामा अक्षररस पालना हुँदा मात्र सोचेको भूकम्प सुरक्षा सुनिश्चित गर्न सकिने तथा बनिसकेका कमजोर घर संरचनाहरुलाई सुरक्षित बनाउन प्रबलिकरण कार्यहरु द्रुत गतिमा संगठित रुपमा अगाडि बढाउन समेत भूकम्प सुरक्षा दिवसले तड्कारो आवश्यकता महसुस गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९