तीन जना आइटीविद्ले ल्याए प्रविधिमैत्री ‘फेस्ट इआरपि केन्द्रीकृत शिक्षा व्यवस्थापन प्रणाली‘

काठमाडौं। यो विज्ञान र प्रविधिको युग हो। प्रविधिले संसारलाई एक गाउँ जस्तो बनाइदिएको छ । कामलाई छिटो छरितो पारिदिएको छ। सबै क्षेत्रमा प्रविधिको प्रयोग हुँदा शिक्षा क्षेत्र त्यसबाट अछुतो रहने कुरै भएन। अहिले त झनै प्रविधिमैत्री शिक्षाको आवाज चर्को रुपमा उठिरहेको छनेपालमा पनि थुप्रै शैक्षिक संस्थामा विभिन्न प्रविधिको प्रयोग गरेर अध्ययन/अध्यापन गराउन थालिएको छ। बाउ–बाजेको पालामा सहज र सुलभ रुपमा कापी–कलम पाउन मुस्किल हुने हुन्थ्यो । अहिले समय फेरिएको छ। नेपालमै पनि थुप्रै शैक्षिक प्रविधिमैत्री एपहरु निर्माण भइरहेका छन्। तीनै मध्येको एक हो फेस्ट इआरपी कम्प्लिट स्कुल म्यानेजमेन्ट सिस्टम।फ्युचर एजुकेसन अफ साइन्स एण्ड टेक्नोलोजी कम्पनीले उक्त शैक्षिक व्यवस्थापन प्रणाली बजारमा ल्याएको हो। प्रविधिमैत्री र समय सापेक्ष शिक्षामा जोड् दिँदै नवीन सोचका साथ यो एप निर्माण गरिएको कम्पनीका अध्यक्ष धिरेन्द्र चन्द सोडारी बताउँछन्।

 

 

 

‘विज्ञान र प्रविधि क्षेत्रमा रोजगारी सिर्जना गर्नुको लागि, विशेष गरी नेपालमा नै अध्ययन गरेर नेपालमै बसरे अन्तराष्ट्रिय स्तरको सफ्टवेयर सिस्टम बनाउनु सकिन्छ भनेर कलेज पढ्दा पढ्दै  हामीले २०७४ सालमा तीन जना साथिहरु मिलेर आइटि कम्पनी सञ्चालनमा ल्याएका हौं। इन्जिनियर विक्की महत, पावन प्रशाद भट्टले मिलेर शिक्षा क्षेत्रमा प्रविधिमैत्री क्रान्ति गर्ने सोचका साथ यो सिस्टम सञ्चालनमा ल्याइएको हो,’ सोडारी भन्छन्।६ वर्षको अवधिमा सोडारीको टिमले शैक्षिक व्यवस्थापन प्रणाली कसरी निर्माण गर्नेु सकिन्छ भनेर विभिन्न विद्यालयमा अवलोकन गरेर, आफै अध्यायपन गराएर अनुसन्धान गरेर र शिक्षा क्षेत्रमा काम गर्ने शिक्षाविद्हरु लगायत सँग सुझाव सल्लाह लिएर काम गर्यो। अध्ययन पश्चात ठूलो सफलता पनि हासिल गरिसकेको छ। अहिले उनको टिमले निर्माण गरेको शैक्षिक प्रणाली सात वटै प्रदेशका विभिन्न शैक्षिक संस्थाहरूमा लागू भएको छ। स्कुल कलेज क्याम्पस र विश्वविद्यालयहरुको लागि अति उपयोगि क्लाउड पद्धतिमा आधारित नेपालमा तयार गरिएको अन्तराष्ट्रिय स्तरको शैक्षिक प्रवद्धन सुचना भरपर्दो तथा गुणस्तरीय वेब ऐप्लीकेशन हो । बौद्धिक प्रतिस्पर्धाको युगमा शिक्षाको विकासका निम्ति जोड्नु यो सिस्टम विकास गरिएको हो । यो प्रविधिले सिंगो राज्यको सबै शिक्षण प्रतिष्ठानहरु एउटै मंचमा ल्याएर अनुगमन, नियमन र नियन्त्रण गर्न सकिन्छ ।

 

 

 

‘यो शैक्षिक प्रणाली निकै लाभदायक छ। यसको प्रयोग गरेर एकै पटकमा शैक्षिक संघ–संस्थाका गतिविधिहरु हेर्न सकिन्छ। स्थानीय, प्रदेश र केन्द्र सरकारले यो प्रणालीको प्रयोग गरेर आफ्ना मातहतका शैक्षिक संघ–संस्थाहरूको दैनिक, साप्ताहिक, मासिक वा वार्षिक गतिविधि आफू बसेकै ठाउँबाट हेर्न सक्छ,’ सोडारीले भने। शैक्षिक क्षेत्रमा भइरहेको यावत समस्याहरूको समाधान डिजिटल माध्यमबाट होस् भन्ने उद्देश्यका साथ यो प्रविधिको निर्माण गरिएको र यसको महत्व बुझ्न सके शैक्षिक संस्थाहरूले विभिन्न लाभ लिन सक्ने उनको दाबी छ। ‘हामीले निर्माण गरेको प्रविधिको प्रयोग गरेर एकै ठाउँबाट थुप्रै सेवा लिन सकिन्छ। विद्यार्थीको भर्ना रेकर्ड, नतिजा प्रकाशन तथा व्यवस्थापन, शुल्क व्यवस्थापन, पुस्तकालय व्यवस्थापन, भुक्तानी गर्नुका साथै बक्यौंता बारे जानकारी, मोबाइल एसएमएसका माध्यमबाट विभिन्न सूचनाको जानकारी प्रदान, सर्टिफिकेट/आइकार्ड निर्माण गर्न सकिने, शिक्षक, विद्यार्थी र कर्मचारीको अटोमेसनद्वारा हाजिर व्यवस्थापन, लर्निङ म्यानेजमेन्ट सिस्टम, मल्टि ब्रान्च सिस्टम, रिसेप्सन म्यानेजमेन्ट सिस्टम, विदा व्यवस्थापन प्रणाली, अनलाइन शुल्क व्यवस्थापन प्रणाली, कर्मचारीको तालिम व्यवस्थापन, ई–लाइब्रेरि म्यानेजमेन्ट, कर्मचारी तलब भुक्तानी, लेखा व्यवस्थापन प्रणाली, होस्टेल म्यानेजमेन्ट, क्यान्टिन म्यानेजमेन्ट, भेइकल ट्रयाकिङ सिस्टम, इन्भेन्ट्री म्यानेजमेन्ट सिस्टम अन्य विविध विवरणलगायत सेवा एकै ठाउँबाट लिन सकिन्छ,’ उनले भने। शिक्षकहरूले सहजरुपमै यस प्रविधिका माध्यमबाट होमर्क दिन सक्ने र जाच्न सक्ने सेवासमेत रहेको उनी बताउँछन्।

 

 

 

शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय सञ्चालकहरूको लगइन सिस्टम निर्माण गर्दै उनीहरू त्यसका माध्यमबाट आफूअन्र्तगतका जिम्मेवारी सहजै हेर्न सक्ने छन्। त्यसका अलावा उनीहरूले आफूले निर्वाह गर्नुपर्ने दायित्वको स्मरण गर्दै त्यसलाई पुरा गर्न सकिने सोडारीले बताए। यसका अलावा अन्य थुप्रै फिचरको प्रयोग गरेर सेवाहरू लिन सकिने उनको भनाइ छ।‘आफ्नो बच्चाले समयमा गृहकार्य गरेको छ कि छैन। स्कुलमा पुग्यो कि पुगेन। कतै जाममा परेको त छैन। केही समस्यामा फसेको त छैन। शिक्षकले होमर्क दिएको छन् वा छैनन्। विद्यालयमा शिक्षा सिकाइ कस्तो छ। शुल्क बुझाउने समय र बुझाउनु पर्ने रकम कति छ? यी विविध विषयमा अभिभावकले एपको प्रयोग गरेर घरबाटै हेर्न सक्नु हुनेछ। र, शुल्क पनि घरबाटै बुझाउन सकिने छ। विद्यालयले पनि प्रत्येक अभिभावकलाई भेटेर बुझाइ राख्नु पदर्नै। यसले सबैको समय व्यवस्थापन हुन्छ,’ उनले भने।

 

 

 

स्कुलमा कति शिक्षक आए, कति विद्यार्थी आए, कुन कक्षामा कुन विषयको पठाइ भइरहेको छ? विश्वमा कुन कलेजमा कुन कोर्ष पढाइरहेका छन  लगायत विषयको जानकारी पनि यस प्रणालीका माध्यमबाट लिन सकिन्छ। विद्यार्थीहरू कक्षामा अनुपस्थित भएमा तत्कालै अभिभावकलाई मोबाइलमा म्यासेज जाने सोडारीको भनाइ छ। यसरी शिक्षक र अभिभावकका बीचमा सहजरुपमा शैक्षिक गतिविधिबारे सम्वाद गर्न सकिने गरि प्रविधि निर्माण गरिएको छ।स्कुल वा कलेजले यो सिस्टम लिएर आफ्नै सिस्टम निर्माण गर्न सक्छन्। ‘सिस्टम निकै प्रभावकारी रहेको भन्दै मेचीदेखि महाकालीसम्मका शैक्षिक संस्थाले सन्तुष्टि जनाइरहेका छन्। हामीसँग जोडिएका कुनै पनि संस्था अहिलेसम्म बाहिरिनु भएको छैन,’ उनले भने, ‘स्कुलको चाहना अनुसार पनि हामीले यो सिस्टम अपडेट गरिदिन सक्छौं।’

 

 

यस सँगसँगै प्रविधिमैत्री शिक्षा प्रदानका लागि रि–डिफाइन स्टिम एजुकेसन आर्टिफिशियल इन्टेलिजेन्स, रोबटिक्स, स्याटेलाइट, टेलिस्कोप, थ्रीडि प्रिन्टरका साथै एआर र भिआर लगायतका तालिम पनि देशैभर यी कार्यक्रम सञ्चालन गरिरहेको उनी बताउँछन्।सोडारीले शिक्षामा थप सुधारका लागि संस्कार, संस्कृति, सम्पदा, नैतिकता, कला, पर्यटन, मूर्तिकलामा पनि जोड् दिएर तालिम प्रदान गरिरहेको बताए। उनले विभिन्न भाषामा पनि प्रविधिको प्रयोगका लागि एप निर्माण गरिने जानकारी दिए। यतिबेला प्रविधिको विस्तार देशभित्रका साथै अन्तर्राष्ट्रिय स्तरमा पनि थालिएको उनी बताउँछन्। ‘फेस्टले बनाएको सिस्टम र एपको प्रयोग चीन, साउथ अफ्रिका, भारत र भुटानमा पनि प्रयोग भइरहेको छ। यसको विस्तार अन्य देशमा पनि गर्ने सोचमा हामी छौं,’ उनले भने।

 

 

नेपालको मौलिक शिक्षा पद्धतिमा आधारित रहेर पनि यो सिस्टम निर्माण गरिएको छ । यो सिस्टम आधुनिक गुरुकुलिय प्रणाली अनुसार पनि तयार गरिएको छ । साथै फेस्ट इआरपि केन्द्रीकृत शिक्षा व्यवस्थापन प्रणाली संघ, प्रदेश र स्थानीय सरकार मातहतमा रहेको शिक्षा विभागले आफ्नो मातहतमा भएका सम्पूर्ण शैक्षिक संस्थामा हुने गतिविधिहरुलाई यस प्रविधिका माध्यमबाट अनुगमन, नियन्त्रण र मार्ग निर्देशन प्रदान गर्न सक्ने छन्। यसैका माध्यमबाट गुणस्तरीय शिक्षा प्रदानका तालिम पनि प्रदान गर्न सकिने छ।‘सम्बन्धीत सरकारको शिक्षा शाखाकाद्वारा कार्यालयमै बसेर अनुगमन गर्न सकिने छ। विद्यालयको प्रधानाध्यपकले आफ्नो मातहतका शिक्षक तथा कर्मचारिलाई कार्यसम्पादन मुल्याङ्न गर्न सकिने छ। कार्यसम्पादन मूल्याङ्नको आधारमा शिक्षक तथा कर्मचारीहरुलाई दिइने सुविधा थपघट (पुरुस्कार/दण्ड) मा शैक्षिक शाखाद्वारा निति निर्माण गराइ आफ्नो विद्यालयको शैक्षिक सुधारका लागि गर्न सकिने क्रान्तिकारी एवम ऐतिहासिक पहलकदमीको ढाँचा हाम्रो प्रणालीमा छ’, सोडारीले भने। उनले यसको विस्तारमा गुणस्तरीयतामा सधैँ आफ्नो ध्यान केन्द्रित हुने बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९