ठेक्काको मिति सक्दासम्म पुल निर्माण सुरू नै भएन

सुर्खेत ।  आइतबार जाजरकोटको नलगाड नगरपालिका–५ का राजु शाहीको कच्ची झोलुङगे पुलबाट लडेर मृत्यु भयो । नलगाड नगरपालिका र बारेकोट गाउँपालिका–८ को बीचमा रहेको नलगाड नदीमा रहेको कच्ची लथालिङग भएको पुलबाट नदी पार गर्न लाग्दा राजुको मृत्यु भएको थियो । राजु त अहिले देखिएको प्रतिनिधिमूलक पात्र हुन् ।

 

 

यो ठाउँबाट यात्रा गर्दा धेरै मानिसले जिन्दगी हत्केलामा राखेर वारपार गर्नुपरेको नलगाड नगरपालिका–५ का खम्मान सिंहले जानकारी दिए । यो पुल मर्मतका लागि तत्कालीन जिल्ला विकास समितिले बिभिन्न संस्थाहरुको सहयोगमा निर्माण गर्नका लागि पुलका सामान थुपारेपनि बीचमै छाडिएको थियो । उक्त समयमा पुलका ल्याइएका सामानको ढुवानी भाडा समेत नपाएको नलगाड ५ का कौशीबहादुर सिंहले बताएका छन् ।  सोही ठाउँमा झोलुङगे पुल मर्मत हुन नसकेपछि पक्की पुल निर्माण गर्नका लागि २०७८ फागुन १५ गते तत्कालिन जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले शिलान्यास गरेका थिए ।

 

 

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले उक्त पुलको ठेक्का गरेको थियो ।  नेपाल मेघा सिस्ने जेभी नेपालगन्ज २ बाँकेले उक्त पुलको ठेक्का ३ करोड ९ लाख ८८ हजारमा लिएको थियो । २०७८ साउन २९ मा सम्झौता भएको उक्त पुलको अन्तिम  काम सक्ने मिति २०८० साउन २८ रहेको छ । निर्माण अवधि सकिँदासम्म पुलको काम नै सुरु नै नहुँदा समस्य हुँदै आएको छ । पूर्वाधार विकास कार्यालय जाजरकोटले  निर्माण व्यवसाहीलाई धेरै पटक पत्र पठाएपनि मतलब नभएको कार्यालय प्रमुख सोहिन्दर यादवले बताए ।

 

 

उक्त शिलान्यास गरेको दिन देखि हाल सम्मा समय हेर्दा पुल निर्माण भइसक्नु पर्ने थियो । तर पुल निर्माणको काम अहिले सम्म जहाँको त्यही रहेपछि दैनिक सर्बसाधारणहरु जिर्ण झोलुङग पुलमाथि जिन्दगी धरापमा राखेर यात्रा गरिरहेका छन् । यातायातका साधनहरु आवतजावत गर्नका लागि भन्दै बहुवर्षे ठेक्का मार्फत पक्की पुलको बोलपत्र भई ठेक्का लागि शिलान्यास भएको पुल अहिलेसम्म निर्माण नहुँदा दैनिक सास्ती मात्र भएको छैन , दिगो विकासको लक्ष्यसमेत अवरुद्ध हुँदै आएको छ । मन्त्री सिंह हुँदा भएको ठेक्का अहिलेका कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले पहलकदमी कम चासो दिएको आरोप लागेको छ । मन्त्री बेदराज सिंहको घरबाट साघुतरास्थित पुल निर्माण स्थल पुग्न आधा घण्टा लाग्ने गर्दछ । घर जाँदा र आउदा यही ठाउँलाई केन्द्र बनाउने भएपनि उक्त पुल निर्माणलाई तिब्रता दिन चाँसो नदिएको भारी गुनासो रहेको छ ।

 

 

पूर्वमन्त्री गणेशले सुरु गरेका योजना हालका मन्त्री बेदराजले ध्यान नदिदा आफूहरुले चाहेको विकास प्रयोग गर्न नपाएको बारेकोट –८ का प्रविण केसीले बताए । पुल निर्माणमा अवरोध आएमा स्थानीय जनप्रतिनिधिले सहजीकरण गरेर विकास निर्माणलाई तिब्रता दिनुपर्नेमा जनप्रतिनिधि कानमा तेल हालेर चुपचाप बसेको समेत उनको आरोप छ । नलगाड नगरपालिका–५ का वडाध्यक्ष र बारेकोट गाउँपालिका –८ का वडाध्यक्षले समेत पूल निर्माण गर्नका लागि कुनै दबाब दिएको अर्का स्थानीयबासी मनसुर सिंहले आरोप लगाए । पूर्वमन्त्री सिंहले उक्त पक्की पुल निर्माण गर्नका लागि आफूले धेरै पटक निर्माण व्यवसायी र स्थानीयबासीसँग छलफल गरेको बताए । विकास निर्माण गर्ने बाचासहित आएका नयाँ जनप्रतिनिधिहरु जिम्मेवारी ढंगले लागेमा कामले तिब्रता पाउने कुरामा दुइमत नरहे पनि कमिसन आउने काममा मात्र ध्यान दिँदा विगतका योजनाहरु अलपत्र परेको अर्का स्थानीयबासी रामबहादुर सिंहले बताए ।

 

 

प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जाजरकोट स्थित पूर्वाधार विकास कार्यालयले लगाएको उक्त ठेक्का अहिले अलपत्र पर्दै आएको छ  । सो समय भन्दा पछाडी जाजरकोटमा एक कार्यालय प्रमुख बदलिएका छन् । प्रविण कार्की कार्यालय प्रमुख हुँदा खोलिएको उक्त ठेक्का अहिलेका कार्यालय प्रमुख सोहेन्दर यादव बहाल हुँदा कार्यालय प्रमुख बदलिएपनि पुलको विकास जहाँको त्यही रहेको पाइएको छ । मन्त्री बेदराज सिंहले पहिले ठेक्का लागेको पुल भन्दा माथी अथवा सेपुखोलामा बेलिब्रिज पुल निर्माण गर्नका लागि बजेट बिनियोजन गर्नुभएको छ । उत्ता साघुतरा– सिर्केको पुल निर्माण कम प्राथमिकतामा परेको बारेकोट गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले गुनासो गरे । उनले पुल निर्माण गर्नका लागि बाटो आवश्यक भएकाले सो कार्यमा आफूले फिल्डमै खटेर समाधान गरेपनि सम्वन्धित कार्यालयले मतलब नगरेको बताए । पुराना योजना निर्माण भन्दा पनि नयाँ योजनालाई ध्यान दिदा समस्य आएको अध्यक्ष गिरीले बताए ।

 

 

सेपुखोलामा निर्माण हुने बिलिब्रिज मन्त्री सिंहको घर छेउमा रहेको छ । सेपुखोलामा बेलिब्रिज निर्माण भएमा लैखम,सेघुतराको मोटरेबल पुल ओझेलमा पर्ने देखिन्छ । दुरीको हिसावले आधा घण्टा पैदल रहेको उक्त ठाउँमा मन्त्री पिच्छे घर पायक बनाउँदा खोज्दा दिगो विकास हुन नसकेको सरोकारवालाहरु बताउँछन् । सेपुखोला भन्दा लैखमको पुल धेरै राम्रो भएपनि किन अवरोध गर्न खोजिँदैन मैले बुझेको छैन अध्यक्ष गिरीले बताए । सेपुखोलाको बेलिब्रिज नलगाड जलविद्युत आयोजना निर्माण हुँदा ड्याम स्थल भित्र पर्दछ भने साघुतरा – सिर्केको बीचमा रहेको नलगाडको पुल डुवान क्षेत्र भित्र पदैन । जिल्लामा भारी मात्रामा विकास निर्माणका कामहरु लथालिङग भए पनि सरोकारवाला निकाय कानमा तेल हालेर बसेको आरोप लाग्दै आएको छ । जिल्लाबाट प्रतिनिधित्व गर्ने माननीयहरुलाई राखेर विकास निर्माणको छलफल गर्दा निर्माण व्यवसायीले नाता लगाएर माननीयहरुलाई हैरान बनाउने गरेको पाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरिया–६ भक्तिनिया अस्थानमा माघी मेला सुरु, पर्यटन विकासका लागि २० लाख बजेटको प्रतिबद्धता : पालिका अध्यक्ष कुँवर

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा शुक्रबारदेखि माघी मेला संचालन भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा गतवर्ष झै यसपटक पनि रामजानकी भक्तिनिया अस्थान तिर्थ माघी मेला  २०८२ सुरु भएको हो ।   थारु भेषभुषा, भाषा कला सस्कृतिको सम्मान...

सुनसरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

धरान (सुनसरी),  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सुनसरीको मुख्य निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नं ४ अन्तर्गत इनरुवास्थित शिक्षा तालिम केन्द्रमा स्थापना गरिएको हो ।   निर्वाचन क्षेत्र नं ३ को निर्वाचन अधिकृतको कार्यालय...

कोरियाबाट फर्केपछि गाउँमै दुग्ध व्यवसाय

तम्घास (गुल्मी), रुरुक्षेत्र गाउँपालिका–१ रिडीका रवि पन्त आजकाल किसानबाट दूध सङ्कलन गर्ने र त्यसबाट विभिन्न परिकार बनाउनमा व्यस्त देखिनुहुन्छ । बिहान र बेलुका दूध सङ्कलन गर्ने एवं दिउँसो दूधबाट बन्ने विभिन्न परिकार बनाउने उहाँको दैनिकी बनेको छ ।   नेपालमा व्यवसायमा लगानी गर्न मानिस डराइरहेका बेला...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

बर्दगोरिया–६ भक्तिनिया अस्थानमा माघी मेला सुरु, पर्यटन विकासका लागि २० लाख बजेटको प्रतिबद्धता : पालिका अध्यक्ष कुँवर

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा शुक्रबारदेखि माघी मेला संचालन भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा गतवर्ष झै यसपटक पनि रामजानकी भक्तिनिया अस्थान तिर्थ माघी मेला  २०८२ सुरु भएको हो ।   थारु भेषभुषा, भाषा कला सस्कृतिको सम्मान...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

गण्डकीमा मातृ स्वास्थ्यमा सुधार

गण्डकी,  नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा संस्थागत प्रसूतिदर ८९ प्रतिशत छ । जुन राष्ट्रिय औसत ७९ प्रतिशतभन्दा बढी हो । सरकारले सन् २०३० सम्ममा संस्थागत प्रसूतिको दर ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । यसअनुसार गण्डकी प्रदेश उक्त लक्ष्यको नजिक रहेको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र

काँक्रेविहार (सुर्खेत),  चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा...

शिवशक्ति ग्रामीण विद्युत् सहकारीको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेपछि स्थगित

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा तथा खैरेनी क्षेत्रमा अवस्थित शिवशक्ति ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेका कारण स्थगित गरिएको छ।   संस्थाले २०८२ साल नौ महिना २९ गतेका लागि वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गर्दै कुल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

पोखरामा विशिष्टीकृत अस्पताल बनाउने योजना अधुरै

गण्डकी,  पोखरामा क्यान्सर, मुटु, मिर्गौला र बालरोगसम्बन्धी एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल बनाउने गण्डकी प्रदेश सरकारको योजना कार्यान्वयनमा आउन सकेको छैन । प्रदेश स्थापनापछि गठित पहिलो सरकारले प्रदेश राजधानी पोखरामा विशिष्टीकृत अस्पताल स्थापना गर्ने निर्णय गरेको थियो । घोषणा भएको वर्षौं बितिसक्दा पनि अस्पताल निर्माण प्रक्रिया...

प्रधानमन्त्री कप क्रिकेटको जिल्लास्तरीय छनोट सञ्चालन गर्न निर्देशन

बैतडी,  प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको सुदूरपश्चिम प्रदेशको जिल्लास्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्न निर्देशन दिइएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार जिल्ला छनोट प्रतियोगिता आज देखि आगामी माघ ११ गतेसम्म सम्पन्न गर्न सबै जिल्लाहरूलाई निर्देशन दिइएको हो । जिल्ला छनोट...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९