उत्ताउला गीत संगित सहितको महंगा पहिरन र गरगहनाको प्रदर्शन नबनोस् तीज

भड्किलो नबनोस् तीज

काठमाडौं — नेपाली नारीहरुको महान पर्व हरितालिका तीज धुमधामसाथ मनाइँदैछ, जसले देश या विदेशमा बस्ने हामी नारी हरु लाई फुरुङ्ग पारेको छ, तिजको आफ्नै मौलिकता छ ।

विज्ञापन

 

नेपाली नारीहरुको महान पर्व हरितालिका तीज धुमधामसाथ मनाइँदैछ, जसले देश या विदेशमा बस्ने हामी नारी हरु लाई फुरुङ्ग पारेको छ, तिजको आफ्नै मौलिकता छ, नेपाली नारीहरूको महत्वपूर्ण धार्मिक, सांस्कृतिक पर्व हो तीज, संस्कार र संस्कृतिमा निकै धनी हामी नेपालीहरूले परापूर्वकालदेखि मनाउन थालेको यो पर्वको शैली र प्रकृतिमा समयसँगसँगै केही पृथकता देखिन थालेको छ ।

 

महिला वर्गलाई दोस्रो दर्जाको नागरिकका रुपमा हेर्ने प्रवृति आज पनि हट्न सकेको छैन । विगतमा त झन् महिला कुवाको भ्यागुतो समान थिए । तीज पर्वकै बेला मात्र माइतीघर जान पाउने, नयाँ कपडा लगाउन पाउने प्रचलन प्राचीन समाजमा व्याप्त थियो । वर्षदिनमा एकपटक आफू जन्मेको धर्ती टेक्न पाउँदाको खुशीमा उन्मुक्त भएर नाच्न पाउँदा उनीहरू आफ्ना पीर, व्यथा सबै चटक्कै भुल्दथे । आज समयसँगसँगै महिलाहरू शिक्षित र चेतनशील बन्दैछन् । महिला हक र अधिकारका कुराहरू दिनदिनै उठिरहेका छन् ।

 

पुरुषसरह हरक्षेत्रमा महिलाहरूले आफूलाई क्रियाशील बनाउँदै लगिरहेका छन् । आज महिलाको जीवनशैली र सामाजिक गतिविधिमा केही परिवर्तन आए तापनि तीज पर्वको सांस्कृतिक महत्व र गरिमा भने दिन प्रतिदिन व्यापक बन्दै गएको छ । तीजलाई संस्कृतमा ‘हरितालिका’ भनिन्छ । यस दिनलाई भगवान् श्रीकृष्णको न्वारनको दिनका रुपमा पनि लिने गरिन्छ । तसर्थ भाद्र शुक्ल अष्टमीका दिनमा पर्ने श्रीकृष्ण जन्माष्ठमीका दिनदेखि नै तीज पर्व सुरू भएको मानिन्छ ।

 

‘हरितालिका’ का बारेमा विभिन्न किसिमका भनाइहरू पाइन्छन् । ती भनाइहरूमध्ये एउटा यस्तो भनाइ पाइन्छ – पार्वती नाच्दा विष्णु(हरि) ले ताली बजाएकाले यस पर्वलाई ‘हरितालिका’ भनिएको हो । तीज पर्व र तीजगीतको पृष्ठभूमिका बारेमा प्रचलित अर्को यस्तो रोचक प्रसड्ड पनि पाइन्छ – सतीदेवीको लास काँधमा बोकेर शिवजीले कामरुप कामाख्यानलाई उत्पन्न गरी नेपाल भ्रमण गरेपछि पर्वतराज हिमालयकी पुत्री पार्वतीले शिवजी स्वामी पाउनका निमित्त रातभर जाग्राम बसी बेलुकी रुखमुनि दुई कोसा केरा मात्र खाई व्रत बसेकी थिइन् । सोही परम्परा अनुसार यसदिन व्रत बस्ने स्त्रीहरूले शिवजीको आराधना गरी पूजा गर्छन् । अर्कातिर पार्वतीलाई पर्वतराज हिमालयले विष्णुसँग विवाह गरिदिन खोजेको कुरा सुनेपछि उनका सङ्गिनीहरूले पार्वतीलाई शिवजीले तपस्या गरेको ठाउँमा लगिदिन्छन् ।

 

त्यही पार्वतीले तपस्या गर्दागर्दै आफ्ना आराध्य देवता शिवजीलाई पतिका रुपमा पाएपछि उनले सो कार्यमा सहयोग पुर्‍याउने सङ्गिनीहरूलाई भेला गराई नाचगान गरी भोज खुवाएकी थिइन् र सोही धार्मिक विश्वास अनुसार हिन्दू धर्मावलम्बी अधिकांश महिलाहरूले तीज गीत गाउने, नाच्ने र मीठा–मीठा परिकार खाने गर्दछन् भन्ने पनि गरिएको छ । पार्वतीलाई सङ्गिनीहरूले हरण गरी लगेका हुनाले त्यस दिनलाई ‘हरितालिका’ भनिने गरिएको हो भन्ने बूढापाकाहरूको कथन छ । यही विश्वास अनुसार श्रद्धालु महिलाहरू तीज पर्वमा नाच्ने, गाउने, रमाइलो गर्ने तथा आफ्ना साथीसङ्गी तथा चेलीबेटीहरूलाई बोलाएर मीठा–मीठा परिकारहरू बनाएर ख्वाउने गर्दछन् । यसरी तीजको अघिल्लो दिन राती खाइने चीजलाई ‘दर’ भन्ने चलन रहेको छ । व्रतालु महिलाहरूले तीजको दिन निराहार व्रत बस्दछन् र त्यसको भोलीपल्ट गणेशको पूजाआजा गरेर व्रत समापन गरेपछि मात्र खाना खान्छन् । तीज गीत भाद्र शुक्ल तृतीयाको दिन व्रत बसेका नारीहरू जम्मा भएर नृत्यका साथ गाउने गर्दछन् । उक्त दिन विवाहित महिलाहरूले आफ्ना पतिको दीर्घायुका लागि र अविवाहित महिलाहरूले सुयोग्य वर प्राप्तिका लागि निराहार व्रत बसेर महादेव पार्वतीको पूजा आराधना गर्ने गर्दछन् ।

 

तीजलाई हिन्दू नारीहरूको महान् पर्वका रुपमा लिइन्छ र यस्ता गीतहरूमा पुरुषको कुनै सहभागिता रहँदैन । तीजका गीतहरू महिलाहरू एकआपसमा भेला भई समूहमा विभाजन भएर गाउने गर्दछन् पितृसत्तात्मक समाज व्यवस्था भएकाले नेपाली महिलाहरूले विवाह गरी श्रीमान्को घरमा जानुपर्दछ । विवाह पश्चात कर्मघर भएको चेलीले माइत आउनका लागि तीज नै कुर्नुपर्ने बाध्यता विगतमा थियो । जस्तोसुकै अप्ठ्यारोमा पनि बुहारीलाई घरबाट माइती पठाउनुपर्दथ्यो । तीजमा बुहारीलाई माइती नपठाउनेहरूलाई नराम्रो रुपमा लिइन्थ्यो विगतमा जस्तो हिजोआज माइतीले आफ्नो कामै विताएर चेलीवेटी लिन जानुपर्ने प्रचलन आज छैन ।

 

टेलिफोन लगायतका प्रविधिको सहयोगबाट बोलाइएको निमन्त्रणाबाट पनि चेलीहरू माइती आउने गर्दछन् । माइती लिन नआए घरबाट नपठाउने भन्ने चलनमा आजभोलि परिवर्तन आएको छ । यस्ता पुरातनवादी सोचहरूलाई भने समयसँगै हटाउन सकेको खण्डमा तीज पर्वको महत्व झनै बढ्दै जाने देखिन्छ । तीज र माइती बीच अन्योन्याश्रित सम्बन्ध रहने भएकै कारण होला तीजमा कामकाजी महिलाहरू पनि समय मिलाएर माइत जाने गर्दछन् । विगतमा बुहारीलाई परिवारको सदस्यका रुपमा भन्दा पनि घरका काम गर्ने मान्छेको रुपमा हेरिन्थ्यो । उनीप्रति परिवारका कुनै सदस्यहरूले माया र आत्मीयता दर्शाउँदैन थिए । बुहारीलाई खाली कर्कस गरिन्थ्यो, दुःख र पीडा दिइन्थ्यो । तसर्थ आफूले वर्षभरी भोगेका ती दुःख र पीडाहरूलाई व्यक्त गर्ने माध्यम भनेको चेलीहरूका लागि तीज नै थियो । हिजोआज त्यो सोचाइमा केही कमी आएका कारण महिलाहरू आफ्नो व्यक्तिगत दुःख र गुनासाहरू भन्दा पनि समसामयिक विषय, राजनीतिक र सामाजिक क्रियाकलापहरूलाई गीतका रुपमा प्रयोग गरेर तीज मनाउन थालेका छन् । यसबाट तीजपर्वको महत्व झनै बढ्दै गएको छ ।

 

नेपालमा तीज पर्वको महत्व त दिन प्रतिदिन बढ्दै गएको छ । वर्तमानमा लाखौ नेपाल विदेशमा छन् । नजिकको तिर्थ हेला भनेजस्तै विदेशमा आएपछि झन् हाम्रा परम्परा सस्कार र सस्कृतिमा हाम्रो मोह बढेको छ । आ नो माटोको मायाले होला जुन चाड पनि हामीले अत्यन्तै रमाइलोको साथ मनाउने गरेका छौं ने । नेपाली महिलाले मात्र मनाउने चाड तीज विश्वमा फैलाउन जरुरी पनि छ । किनकी तीज महिलाले मनाउने प्रमुख चाड हो । यस चाडको महत्वलाई विश्वव्यापीकरण गर्न एकातिर आवश्यक त छ नै अर्कातर्फ विदेशमा बसेका हामी विच तीजले नजिकता थपेको नै छ ।

 

तीज पर्व लाई नेपाली नारी दिवसको रुपमा सदियौ कदेखि मनाउन थालिएको हो। तर आज भोली तिज पर्व मौलिक संल्कृति, परम्परा र रितीरिवाज भित्रको भन्दा अली फरक बन्दै गएको छ, उत्ताउला गीत संगित सहितको महंगा महंगा पहिहन र गरगहनाको प्रदर्शन बन्दै गएको छ, तीज समानताको तीज बन्न सकोस ता की गाउँमा बसेर घाँस दाउरा, डोको नाम्लो ,ढिकी जाँतो र मेलापात गर्ने नारीको पनी तीज बन्न सकोस, तडक भडक र भड्किलो होईन, सभ्य, सरल र संस्कृतीको तीज बन्न सकोस भन्दै समस्त देश तथा बिदेशमा बस्ने आमा दिदी बहिनीहरुमा हरितालिका तीज पर्वको पावन अवसरमा यहाँहरुको सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतीको लागी हार्दिक मंगलमय शुभ कामना !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँः वनमन्त्री चौधरी

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँः वनमन्त्री चौधरी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९