महिला प्रिमियर कपमा नेपालको विजयी शुरुवात, हङकङ ८ विकेटले पराजित

काठमाडौँ। नेपालले एसीसी महिला प्रिमियर कपमा विजयी शुरुवात गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको हो ।हङकङले दिएको ९४ रनको लक्ष्य पछाएको नेपालले १४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा कप्तान इन्दु बर्माले सर्बाधिक ४० रनबनाएकी थिइन् भने सिता राना मगरले ३२ रन बनाएकी थिइन् ।

 

 

यसअघि पहिला ब्याटिंग गरेको हङकङले २० ओभरमा ८ विकेट गुमाउदै ९३ रन बनाएको थियो ।यो जितसहित नेपालले समुह डी मा विजयी शुरुवात गरेको छ ।  अब नेपालले दोस्रो खेल भुटानसँग फेब्रुअरी ११ मा र तेस्रो खेल माल्दिभ्ससँग फेब्रुअरी १३ मा खेल्ने छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१