धनगढी । टीकापुरमा पानीमा डुबेर एक बालिकाको ज्यान गएको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार टीकापुर नगरपालिका–१ शान्तिनगरका सिर्जना चौधरीकी एक वर्षीया छोरी आरोही चौधरीको पानीमा डुबेर मृत्यु भएको हो।बाल्टीको पानीमा डुबेर घाइते भएकी बालिकालाई उपचारका लागि टीकापुर अस्पताल पुगाउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

















































































































































