इनरुवा (सुनसरी), दश वर्ष अगाडि सुनसरीको ग्रामीण क्षेत्रमा प्रत्येकको घरमा पाइने गोरुगाढा(बैलगाडी) पछिल्लो समय लोप हुँदै गएको छ । जिल्ला सदरमुकाम इनरुवासहित देवानगञ्ज, बर्जु, गढी, कोसी, भोक्राहा हरिनगरलगायत क्षेत्रमा प्रायः सबै किसानको घरमा पाइने गोरुगाढा पछिल्लो समय लोप हुँदै गएको इनरुवाका किसान जसलाल यादवले...



























































































































































