काठमाडौं । थापाथलीस्थित परोपकार स्त्री तथा प्रसुती रोग अस्पतालबाट २६ दिनको बच्चा चोरी भएको छ।बच्चा गायब भएको भन्दै एक महिलाले प्रहरीमा उजुरी दिएकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार बच्चा खोजीका लागी प्रहरी टोली परिचालन भएको छ।काभ्रे घर भएकी एक महिलाको २६ दिनको बच्चा चोरी भएको भन्दै उजुरी दिएकी हुन्। अस्पतालमा उपचाररत बच्चा केहीबेर लिने भन्दै एक जना महिलाले बच्चा लिएकी थिइन्। शुक्रबार दिउँसो १२ बजेतिर बच्चा चोरी भएको र अहिलेसम्म नभेटिएको प्रहरीले जनाएको छ।






















































































































































