भरतपुर हेल्थ हबको रूपमा बिकास हुँदै गएको छ: प्रधानमन्त्री

भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ “हब”को रूपमा विकास हुँदै गएको बताएका छन् ।शुक्रबार बिहान चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।कार्यक्रममा प्रधानमन्त्रीले भनेय, “भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।”   प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

वि.सं. २०४४ सालमा स्थापित भई आँखाको उपचारका साथै अध्ययन, अध्यापन र व्यवसायिक तालीमका क्षेत्रमा विशिष्टिकृत योगदान पु¥याउँदै आएको आँखा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्न पाउँदा मलाई खुसी लागेको छ । यसका निम्ति अस्पताल समिति, कर्मचारीहरू एवं अस्पताल परिवारमा हार्दिक बधाइसहित धन्यवाद ज्ञापन गर्दछु ।भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । नेपालका साथै छिमेकी मित्रराष्ट्र भारतबाट समेत यस अस्पतालमा सेवा लिने सेवाग्राहीहरूको उल्लेख्य संख्या रहनुले पनि अस्पतालको महत्व र सेवा प्रवाहको गुणस्तर प्रमाणित हुन्छ ।

यस अस्पतालको स्थापना एवं विकासका निम्ति चितवन जिल्ला र यस आसपासको क्षेत्रका सामाजिक व्यक्तित्वहरूको विशिष्ट योगदान रहँदै आएको छ । नेपाल सरकार, सामाजिक क्षेत्र र सामाजिक व्यक्तित्वहरूको साझा पहल र सक्रियताकै कारण अस्पतालले आँखा रोगसम्बन्धी विशेषज्ञ सेवा र अस्पतालको विश्वसनियतामा समेत बढोत्तरी हुँदै गएको छ । यो हामी सबैका निम्ति खुसीको कुरा हो ।विभिन्न दातृ निकाय, संघसंस्था, भरतपुर महानगरपालिका लगायत राज्यका विभिन्न निकाय र जनसमुदायको लगानीमा नयाँ भवन निर्माण भएको छ । नवनिर्मित भवनको उद्घाटनपछि बालरोग बहिरंग सेवा, बालबालिकाका लागि अलग्गै टिकट काउन्टर, ओपिडी कक्षमा बिस्तार, फार्मेसी कक्ष, चश्मा बिक्री कक्ष, बालमैत्री खेल कक्ष, स्टाफ कन्फरेन्स हल र स्तनपान कक्षको व्यवस्थापन हुने जानकारी पाउँदा म उत्साहित भएको छ । नवनिर्मित भवनको उद्घाटनपछि अस्पतालले दिने सेवाको मात्रा र गुण दुबैमा गुणात्मक सुधार हुने मैले विश्वास लिएको छु ।

 

नयाँ भवन सञ्चालनमा आएपश्चात भौतिक सुविधाको दृष्टिले अस्पताल सबल र सुविधासम्पन्न हुनेछ । तसर्थ, भौतिक संरचनाको विकाससँगै अस्पतालले दिने सेवा, अनुसन्धान र स्वास्थ्य तालीमहरूमा पनि सोहीस्तरमा क्षमता अभिवृद्धि गर्न आवश्यक रहन्छ । यसका निम्ति भविष्यमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरण हुने नै छ ।मेरो नेतृत्वको वर्तमान सरकार संविधानप्रदत्त “स्वास्थ्य सम्बन्धी हक”लाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहँदै आएको छ । स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, देशभरिका सबै अस्पतालमा १० प्रतिशत शय्या गरिब, बिपन्न र असहाय नागरिकका लागि निशुल्क उपलब्ध गराउने व्यवस्था, महिलाहरूमा देखापर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप निशुल्क उपलब्ध गराउने व्यवस्था, स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रम, बिपन्न बिरामीहरूका लागि अनुदानको व्यवस्था लगायत महत्वपूर्ण निर्णयहरू भई कार्यान्वयनमा आएका छन् ।अर्कोतर्फ संविधानअनुरूप निर्माण गरिनुपर्ने ऐनहरूको तर्जुमाका निम्ति नेपाल सरकारले गम्भीर पहल लिइरहेको छ । यी सबै प्रयासहरूले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सुधार हुने मैले विश्वास लिएको छु ।अन्त्यमा, नवनिर्मित भवनको उद्घाटनपश्चात आँखा सम्बन्धी रोगको उपचार, अध्ययन, अध्यापन र व्यवसायिक तालीममा थप प्रगति हुने विश्वास व्यक्त गर्दै भवन निर्माणमा सहयोग गर्नुहुने समस्त दातृ निकाय, भरतपुर महानगरपालिका, सामाजिक संघसंस्था एवं सामाजिक व्यक्तित्वहरूमा फेरि एकपटक धन्यवाद व्यक्त गर्दै विदा हुन्छु । धन्यवाद ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

दशरथचन्द (बैतडी), बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १०...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २० पैसा र बिक्रीदर...

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

दशरथचन्द (बैतडी), बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १०...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २० पैसा र बिक्रीदर...

व्यावसायिक कफीखेतीमा भोजपुरका किसान

भोजपुर,  केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन् । अहिले यहाँका किसानको आयआर्जनको मुख्य माध्यम यही बनेको छ । उत्पादन भएको कफी घरबाटै बिक्री हुन...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

लम्कीमा काँग्रेसको शक्ति प्रदर्शन : जित निश्चित भएको दाबी

कैलाली । कैलालीको लम्कीमा आइतबार दिउँसो निकै रौनक थियो । हजारौंको बाक्लो भिंड, रातो चारतारे झण्डा र चुनाव चिन्ह रुख । काँग्रेसले शक्ति प्रदर्शन गर्दै जितको सन्देश दिएको यो परिदृश्य हो । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान हुनु ५ दिनअघि हजारौं जनमासको प्रदर्शनसहित काँग्रेसले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता

टक्सार (भोजपुर),  स्थानीय विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँको एक ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको छ ।   जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो । प्रअ जोशीले भन्नुभयो, “स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको...

प्रतिनिधिसभा निर्वाचनःवीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ, चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (¥यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताउनुभयो । अस्पतालले आकस्मिक...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९