कर्णाली सरकारलाई हाइसन्चो, हरेक निर्णयमा अड्को थाप्ने कांग्रेस नहुँदा खुसी

सुर्खेत । कर्णाली प्रदेश सरकारले गर्ने हरेक निर्णय मुख्यमन्त्री राजकुमार शर्मा भन्दा पनि तत्कालिन सत्तामा साथ दिएको नेपाली कांग्रेसका नेतासँग पुग्ने गरेको थियो । कांग्रेसको तर्फबाट कर्णाली प्रदेशसभामा संसदीय दलका नेता रहेका जीवनबहादुर शाहीसँग पुग्दा सबै काम अलझिने गरेको आरोप थियो । शाही पूर्व मूख्यमन्त्री समेत हुन । कांग्रेसले समालेका मन्त्रालयमा केही निर्णय गर्नु परेमा मुख्यमन्त्री शर्मा भन्दा अगाडी दलका नेता तथा पुर्व मुख्यमन्त्री शाही समक्ष कुरा पुग्ने गरेको थियो । शाहीलाई कांग्रेसले समालेको मन्त्रालयले गर्ने कामहरु चित्त बुझेमा मात्र फाइलहरु अगाडी बढ्ने गर्दथ्यो भने चित्त नबुझे बीचमै तुहिने गरेको मूख्यमन्त्री कार्यालयका एक अधिकारीले बताएका छन् ।

सरकार सञ्चालन तथा प्रभावकारी नतिजा निकाल्नका लागि मूख्यमन्त्री शर्मासँग मन्त्री परिषदका सदस्यले सल्लाह गर्नुपर्ने ठाउँमा पूर्वमुख्यमन्त्री शाहीसँग बढी कांग्रेस निकट मन्त्रीहरु सल्लाह गर्दा काममा दैनिक बाधा पुग्दै आएको मुख्यमन्त्रीको गुनासो थियो ।स्रोतका अनुसार मुख्यन्त्रीले गर्न खोजेको निर्णयलाई सबै भन्दा पहिला कांग्रेसका संसदीय दलका नेता शाहीको टेबुलमा पुग्ने र उनले फाइनल नगरुन्जेल मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा कांग्रेस निकट मन्त्रीले चलाएको मन्त्रालयबाट मन्त्री परिषदमा जाने एजेण्डा नै निर्माण नहुने अवस्थाले गर्दा मुख्यमन्त्री शर्मा हैरान हुँदै आएका थिए ।

आन्तरिक मामिला तथा योजना मन्त्रालय , सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कांग्रेसको भागमा परेको थियो । यि मन्त्रालयबाट हुने हरेक निर्णय, एजेण्डाहरु मुख्यमन्त्री शर्मा भन्दा पनि अगाडी कांग्रेस संसदीय दलका नेता शाहीसँग गएर टुंगो लागेपछि मात्र मन्त्रीपरिषदमा एजेण्डाको रुपमा जाने गरेको एक कर्मचारीले समेत बताएका छन् ।प्रदेश अस्पताललाई शिक्षण अस्पताल बनाउने बजेट भाषण तथा प्रदेशसभामा पास भएपनि कांग्रेसकै चाहनामा सामाजिक विकास मन्त्रालयले आर्थिक मामिला तथा योजना मन्त्रालयमा प्रतिस्ठान बनाउने भन्दै सहमति दिइएको थियो ।

कतिसम्म भने माओवादीले समालेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सामाजिक विकास मन्त्रालयबाट आएको प्रस्ताव अस्वीकार गरेपछि गठबन्धनमा द्धन्द्ध बढेको थियो । बजेट भाषण र प्रदेशसभाबाट शिक्षण अस्पताल बनाउने भन्दै बजेट पास गर्ने तर अहिले आएर प्रतिस्ठान बनाउने भन्दै फाइल अगाडी बढाउन खोज्दा माओवादीले समालेको कानुन मन्त्रालयबाट सहमति पाउन सकेको थिएन ।

त्यस्तै सञ्चार प्रतिस्ठान बनाउने भन्दै माओवादीले समालेको कानुन मन्त्रालयले लेखेको पत्र कांग्रेसले समालेको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट फिर्ता पठाएको थियो । प्रतिस्ठान बनाउन सहमति दिएमा मात्र सञ्चार प्रतिस्ठान बनाउन सहमति दिने भागबण्डा गर्न खोजेपछि दुबै काम अगाडी बढन सकेन । मुख्यमन्त्रीको सचिवालयमा अनुसार मुख्यमन्त्री कार्यालयले छिटो ,छिटो परिणाम ल्याउनका लागि मन्त्रीहरुलाई दिएको काम समेत तोकिएको समयमा नगर्दा समस्य पर्दै आएको थियो ।

प्रदेश सरकारले काम गर्न सकेन भनेर आलोचना भइरहदा कांग्रेस र माओवादीका स्वार्थका कारण प्रदेश सरकारले गति लिन नसकेको प्रस्ट भएको जानकारहरु बताउँछन् । अहिले कांग्रेस सरकारबाट बाहिरिएसँगै माओवादीलाइ हाइसन्चो भएको बताइन्छ ।

सरकार सञ्चालनको कुरा मुख्यमन्त्री कार्यालयमा छलफल भन्दा पनि पार्टी कार्यालय तथा केही नेताहरुको चाहनामा सञ्चालन हुँदा प्रदेश सरकारको गती नदेखिएको आरोप लाग्दै आएको छ । अब नेकपा एमाले प्रदेश सरकारमा सहभागी हुने छ । मुख्यमन्त्री एमालेलाई चाहिन्छ भन्दै प्रकाशित भएका समाचारहरुलाई खण्डन गर्दै नेकपा एमालेका संसदीय दलका नेता यामलाल कडेलले आफूले मुख्यमन्त्रीको विषयमा कुनै प्रतिक्रिया नदिएको बताए । उनले केन्द्रमा भएको सहमतिका आधारमा नै अगाडी बढने बताए ।

कर्णालीमा सरकार बनाउनका लागि आवश्यक पर्ने २१ सिट रहेको छ । माओवादीसँग १३ सिट , नेकपा एमालेसँग १० सिट रहेको छ । त्यस्तै नेकपा (एकीकृत समाजवादी ) सँग १ सिट रहेको छ । यो सरकार बनाउनका लागि चाहिने सिट भन्दा ३  सिट बढी रहेको छ ।

रोखिएका योजनाहरु सूचारु
टुक्रे योजनाहरु कार्यान्वन नगर्ने भन्दै रोखिएका योजनाहरु प्रदेश सरकारले पून सञ्चालनमा ल्याएको छ । जलस्रोत तथा उर्जा विकास कार्यालय , उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका १५ लाखका योजनाहरु कार्यान्वनमा ल्याउने सहमति भएर पत्र लेखिएको मूख्यमन्त्री राजकुमार शर्माले बताए ।

त्यस्तै भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयबाट जिल्लाहरुमा पठाएका ३० भन्दा माथीका योजनाहरु पनि कार्यान्वनमा लिने भएको उनले बताए । १५ र ३० लाखका योजनाहरु कार्यान्वनमा ल्याउने सहमति भएर सबै योजनाहरु काम अगाडी बढाउन निर्देशन दिइएको मुख्यमन्त्री शर्माले बताए । योजनाहरु फुकुवा गरेसँगै जिल्लामा सम्झौता गर्नेहरुको संख्य समेत बढेको छ ८० भन्दा बढी योजनाहरु कार्यान्वनमा गएको अवस्था छ । खानेपानी ,सिँचाइ लगाएतका क्षेत्रमा १५ लाखले समेत भारी काम गर्न सकिने अवस्था रहेको जलस्रोत तथा उर्जा विकासमन्त्री उर्मिला विश्वकर्माले बताइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ,  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको कार्यालय परिसरमा स्थापना भएको हो ।   कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्घाटन गर्नुभएको आयोगका प्रवक्ता...

ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ

पाटन (ललितपुर),  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा देशको अर्थतन्त्र र रोजगारीमा असर परेको बताउनुभएको छ ।   नेपाल पूर्वाधार पत्रकार समाजले आज ललितपुरमा आयोजना गरेको रुग्ण ठेक्का व्यवस्थापनसम्बन्धी सरोकारवालासँगको संवादलाई सम्बोधन...

उखुको मूल्य निर्धारणमा चित्त बुझाउँदै किसान

महोत्तरी,  सरकारले सोमबार उखुको मूल्य र अनुदान रकम निर्धारण गरेको छ । तर महोत्तरीका उखु किसानले भने सरकारले आपूmहरुको मागअनुसार मूल्य नतोके पनि गत वर्षभन्दा केही बढाएको उल्लेख गर्दै चित्त बुझाएका छन् ।   “हाम्रो त खेतीमा बढ्दो लागत र आम उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि हेरेर...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

भन्सार एजेन्टद्वारा ‘पेन डाउन’को घोषणा

भैरहवा (रुपन्देही), भन्सार एजेन्ट महासङ्घ नेपालले मङ्सिर २० गते जारी भएको भन्सार ऐन २०८२ को विरोधमा देशभरका भन्सार कार्यालयमा आजदेखि ‘पेन डाउन’ गर्ने घोषणा गरेको छ ।   महासङ्घले आज जारी गरेको प्रेस विज्ञप्तिमा ऐनमा रहेका कतिपय दफाहरूले भन्सार एजेण्टको पेसा÷व्यवसायलाई प्रत्यक्ष असर पार्ने र अन्तरराष्ट्रिय...

सुदूरपश्चिम महोत्सव सुरु

कैलाली,  सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन्दै आएको ‘सुदूरपश्चिम महोत्सव’ सुरु भएको भएको छ । सुदूरपश्चिम महोत्सवको १९औँ संस्करण सोमबारदेखि कैलालीको धनगढीमा सञ्चालनमा आएको छ । कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा ‘पर्यटन, संस्कृति, उद्योग र व्यापारः समृद्ध सुदूरपश्चिमको आधार’ भन्ने मूल नाराका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा…

चौरभिग्म (कालिकोट),  श्री जनता आधारभूत विद्यालयका बालबालिकाले बल्ल पक्की भवनका कक्षा कोठामा बसेर पढ्न पाउने भएका छन् । तिलागुफा नगरपालिका–१ चौरभिग्मस्थित सो विद्यालय भवनलाई विसं २०७२ वैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्प एवं विसं २०७९ को वर्षाका कारणले केही क्षति पु¥याएको थियो । हालसम्म...

झापामा तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु

बनियानी (झापा),  झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ ।जिल्लामा पछिल्लो तीन वर्षयता एचआइभी सङ्क्रमितको मृत्युदर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९/८० मा १७ जना, २०८०/८१ मा २३ जना र...

धुलोमै खेल्छन् खेलाडी, धुलोमै बस्छन् दर्शक

गलकोट (बागलुङ),  बागलुङ नगरपालिका–१ रामरेखास्थित बाङ्गेचौर खेलमैदानमा मङ्सिर लागेपछि गतिविधि बढेको छ । विद्यालयस्तरीय साना खेल होस वा यहाँ आयोजना हुने ठूला राशिका खेल हुन् सबै यही मैदानमा हुन्छ ।   हालै बागलुङ नगरपालिकाको तेस्रो मेयरकप प्रतियागिता यही मैदानमा भयो । तत्कालै बागलुङ नगरपालिकास्तरीय राष्ट्रपति रनिङ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९