कर्णाली सरकारलाई हाइसन्चो, हरेक निर्णयमा अड्को थाप्ने कांग्रेस नहुँदा खुसी

सुर्खेत । कर्णाली प्रदेश सरकारले गर्ने हरेक निर्णय मुख्यमन्त्री राजकुमार शर्मा भन्दा पनि तत्कालिन सत्तामा साथ दिएको नेपाली कांग्रेसका नेतासँग पुग्ने गरेको थियो । कांग्रेसको तर्फबाट कर्णाली प्रदेशसभामा संसदीय दलका नेता रहेका जीवनबहादुर शाहीसँग पुग्दा सबै काम अलझिने गरेको आरोप थियो । शाही पूर्व मूख्यमन्त्री समेत हुन । कांग्रेसले समालेका मन्त्रालयमा केही निर्णय गर्नु परेमा मुख्यमन्त्री शर्मा भन्दा अगाडी दलका नेता तथा पुर्व मुख्यमन्त्री शाही समक्ष कुरा पुग्ने गरेको थियो । शाहीलाई कांग्रेसले समालेको मन्त्रालयले गर्ने कामहरु चित्त बुझेमा मात्र फाइलहरु अगाडी बढ्ने गर्दथ्यो भने चित्त नबुझे बीचमै तुहिने गरेको मूख्यमन्त्री कार्यालयका एक अधिकारीले बताएका छन् ।

 

सरकार सञ्चालन तथा प्रभावकारी नतिजा निकाल्नका लागि मूख्यमन्त्री शर्मासँग मन्त्री परिषदका सदस्यले सल्लाह गर्नुपर्ने ठाउँमा पूर्वमुख्यमन्त्री शाहीसँग बढी कांग्रेस निकट मन्त्रीहरु सल्लाह गर्दा काममा दैनिक बाधा पुग्दै आएको मुख्यमन्त्रीको गुनासो थियो ।स्रोतका अनुसार मुख्यन्त्रीले गर्न खोजेको निर्णयलाई सबै भन्दा पहिला कांग्रेसका संसदीय दलका नेता शाहीको टेबुलमा पुग्ने र उनले फाइनल नगरुन्जेल मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा कांग्रेस निकट मन्त्रीले चलाएको मन्त्रालयबाट मन्त्री परिषदमा जाने एजेण्डा नै निर्माण नहुने अवस्थाले गर्दा मुख्यमन्त्री शर्मा हैरान हुँदै आएका थिए ।

 

आन्तरिक मामिला तथा योजना मन्त्रालय , सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कांग्रेसको भागमा परेको थियो । यि मन्त्रालयबाट हुने हरेक निर्णय, एजेण्डाहरु मुख्यमन्त्री शर्मा भन्दा पनि अगाडी कांग्रेस संसदीय दलका नेता शाहीसँग गएर टुंगो लागेपछि मात्र मन्त्रीपरिषदमा एजेण्डाको रुपमा जाने गरेको एक कर्मचारीले समेत बताएका छन् ।प्रदेश अस्पताललाई शिक्षण अस्पताल बनाउने बजेट भाषण तथा प्रदेशसभामा पास भएपनि कांग्रेसकै चाहनामा सामाजिक विकास मन्त्रालयले आर्थिक मामिला तथा योजना मन्त्रालयमा प्रतिस्ठान बनाउने भन्दै सहमति दिइएको थियो ।

 

 

कतिसम्म भने माओवादीले समालेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सामाजिक विकास मन्त्रालयबाट आएको प्रस्ताव अस्वीकार गरेपछि गठबन्धनमा द्धन्द्ध बढेको थियो । बजेट भाषण र प्रदेशसभाबाट शिक्षण अस्पताल बनाउने भन्दै बजेट पास गर्ने तर अहिले आएर प्रतिस्ठान बनाउने भन्दै फाइल अगाडी बढाउन खोज्दा माओवादीले समालेको कानुन मन्त्रालयबाट सहमति पाउन सकेको थिएन ।

 

त्यस्तै सञ्चार प्रतिस्ठान बनाउने भन्दै माओवादीले समालेको कानुन मन्त्रालयले लेखेको पत्र कांग्रेसले समालेको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट फिर्ता पठाएको थियो । प्रतिस्ठान बनाउन सहमति दिएमा मात्र सञ्चार प्रतिस्ठान बनाउन सहमति दिने भागबण्डा गर्न खोजेपछि दुबै काम अगाडी बढन सकेन । मुख्यमन्त्रीको सचिवालयमा अनुसार मुख्यमन्त्री कार्यालयले छिटो ,छिटो परिणाम ल्याउनका लागि मन्त्रीहरुलाई दिएको काम समेत तोकिएको समयमा नगर्दा समस्य पर्दै आएको थियो ।

 

प्रदेश सरकारले काम गर्न सकेन भनेर आलोचना भइरहदा कांग्रेस र माओवादीका स्वार्थका कारण प्रदेश सरकारले गति लिन नसकेको प्रस्ट भएको जानकारहरु बताउँछन् । अहिले कांग्रेस सरकारबाट बाहिरिएसँगै माओवादीलाइ हाइसन्चो भएको बताइन्छ ।

 

सरकार सञ्चालनको कुरा मुख्यमन्त्री कार्यालयमा छलफल भन्दा पनि पार्टी कार्यालय तथा केही नेताहरुको चाहनामा सञ्चालन हुँदा प्रदेश सरकारको गती नदेखिएको आरोप लाग्दै आएको छ । अब नेकपा एमाले प्रदेश सरकारमा सहभागी हुने छ । मुख्यमन्त्री एमालेलाई चाहिन्छ भन्दै प्रकाशित भएका समाचारहरुलाई खण्डन गर्दै नेकपा एमालेका संसदीय दलका नेता यामलाल कडेलले आफूले मुख्यमन्त्रीको विषयमा कुनै प्रतिक्रिया नदिएको बताए । उनले केन्द्रमा भएको सहमतिका आधारमा नै अगाडी बढने बताए ।

 

कर्णालीमा सरकार बनाउनका लागि आवश्यक पर्ने २१ सिट रहेको छ । माओवादीसँग १३ सिट , नेकपा एमालेसँग १० सिट रहेको छ । त्यस्तै नेकपा (एकीकृत समाजवादी ) सँग १ सिट रहेको छ । यो सरकार बनाउनका लागि चाहिने सिट भन्दा ३  सिट बढी रहेको छ ।

रोखिएका योजनाहरु सूचारु
टुक्रे योजनाहरु कार्यान्वन नगर्ने भन्दै रोखिएका योजनाहरु प्रदेश सरकारले पून सञ्चालनमा ल्याएको छ । जलस्रोत तथा उर्जा विकास कार्यालय , उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका १५ लाखका योजनाहरु कार्यान्वनमा ल्याउने सहमति भएर पत्र लेखिएको मूख्यमन्त्री राजकुमार शर्माले बताए ।

 

त्यस्तै भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयबाट जिल्लाहरुमा पठाएका ३० भन्दा माथीका योजनाहरु पनि कार्यान्वनमा लिने भएको उनले बताए । १५ र ३० लाखका योजनाहरु कार्यान्वनमा ल्याउने सहमति भएर सबै योजनाहरु काम अगाडी बढाउन निर्देशन दिइएको मुख्यमन्त्री शर्माले बताए । योजनाहरु फुकुवा गरेसँगै जिल्लामा सम्झौता गर्नेहरुको संख्य समेत बढेको छ ८० भन्दा बढी योजनाहरु कार्यान्वनमा गएको अवस्था छ । खानेपानी ,सिँचाइ लगाएतका क्षेत्रमा १५ लाखले समेत भारी काम गर्न सकिने अवस्था रहेको जलस्रोत तथा उर्जा विकासमन्त्री उर्मिला विश्वकर्माले बताइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९