वडाध्यक्ष नन्दाराम गिरी (नवीन) मोहन्यालका ग्रामीण भेगमा मोटरेबल सडक पुर्याउँदै

सडक विस्तारमा पालिकाको ५ लाख र सामुदायिक वनले ५० लाख सहलगानी गर्ने

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका ग्रामीण भेगका बस्तीमा मोटरेवबल सडक विस्तार गरिने भएको छ । वडा नम्बर–३ को सल्लेरी–कोइराली–खेतु जोड्ने मोटरेबल सडकको नयाँ ट्रयाक खोलिने भएको हो । गाउँपालिका र वडा अन्तर्गतका सामुदायिक वनको बजेट लगानीमा ग्रामीण बस्तीसम्म सडक पहुँच पुर्‍याउन लागिएको छ ।

 

चालू आर्थिक वर्ष २०८०/०८१ मा उक्त सडक विस्तार गर्नेबारे वडाका जनप्रतिनिधि र सामुदायिक वनका पदाधिकारीबीच छलफल गरी निर्णय गरिएको छ । मोटरेबल सडक विस्तारका लागि सामुदायिक वनले सामाजिक विकास अन्तर्गत खर्च गर्ने वार्षिक आम्दानीको २५ प्रतिशत रकममध्ये २० प्रतिशतले हुने बजेट रकम अनिवार्य लगानी गर्ने सहमति भएको वडासचिव तेजबहादुर शाहले बताए ।

 

नयाँ ट्याक खोल्नका लागि ५५ लाख खर्च हुने अनुमान गरिएको छ । वडामा रहेका सन्तवीर, ज्ञानज्योति, चुरेचिउराडी, सिद्धबाबा, रत्नमष्टा, राउन्नेमटियार, हाडेमाटी, प्रगति र भैरवसोती सामुदायिक वन उपभोक्ता समूहले मोटरेबल सडक जोड्ने योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका हुन् । वडाले उक्त योजना कार्यान्वयन गर्न चालू आर्थिक वर्ष २०८०/०८१ का लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

वडाध्यक्ष नन्दाराम गिरी (नवीन) ले स्थानीय सरकार र सामुदायिक वनको संयुक्त लगानीमा यसै वर्षभित्रमा पूरा गर्ने गरी यस्तो योजना उल्लेख भएको बताउँदै भने, ‘विकास निर्माण र जनताको हित हुने कार्यमा जस्तोसुकै चुनौती भोग्न पनि हामी निर्वाचित जनप्रतिनिधि तयार छौँ । तर, यसका लागि तपाईंहरु स्थानीय जनताको पनि साथ, सहयोग र समर्थन चाहिन्छ ।’ उनले यसै आर्थिक वर्षभित्र उपभोक्ता समितिमार्फत् सडक निर्माणको काम सुरु हुने बताए ।

 

सडक निर्माणका लागि नवलसिंह बुढाको अध्यक्षताका ९ सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ । त्यस्तै, नरबहादुर बुढाको संयोजकत्वमा तीन सदस्यीय अनुगमन तथा निरीक्षण समितिसमेत गठन गरिएको छ ।

 

यहाँका ग्रामीण भेगमा सडक विस्तार हुन सके भौतिक पूर्वाधार र आर्थिक विकासका आधार तयार हुने, स्थानीय तहमा उत्पादन भएको वस्तु र सामान अर्को स्थानमा लैजान सहज हुने, शिक्षा, स्वास्थ्य, सूचना र प्रविधिमा नागरिकको सहज पहुँच पुग्ने अपेक्षा छ ।

वडाकै कार्ययोजनामा ५१ किलोमिटर सडक

स्थानीय तहको निर्वाचन अघि अधिकांश बस्तीमा सडक विस्तार हुन सकेको थिएन । २०७४ मा पहिलोपटक नन्दाराम गिरी (नवीन) उक्त वडाको वडाध्यक्षमा निर्वाचित भए । २०७९ बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा उनी दोस्रोपटक पनि वडाध्यक्ष निर्वाचित भएका हुन् ।उनले वडाका हरेक बस्तीसम्म सडकको पहुँच पुर्‍याउने योजना बनाए । त्यसयता उनले वडाकै बजेट योजना तथा कार्यक्रम अनुसार ५१ किलोमिटर मोटरेबल सडक निर्माण गरेका छन् ।

 

मोहन्याल गाउपालिका वडा नम्बर ३ अन्तर्गत फलेबिसौना–सल्लेरीसम्म ११ किलोमिटर, श्रीखोरे–सुगरखालसम्म ७ किलोमिटर र श्रीखोरे–सल्लेरी–गोगनपानीसम्म ३ किलोमिटर सडक विस्तार गरिएको छ । त्यस्तै, राजिरेक्चा–रागामलेखासम्म ८ किलोमिटर, बर्जेना–ताम्चा १० किलोमिटर, फलेबिसौना–बुढीआमसम्म ३ किलोमिटर र पत्थरगढीमा ३ किलोमिटर सडक विस्तार भइसकेको छ ।

 

यसअघि बौनिया–फलेबिसौना सडकखण्डको ६ किलोमिटर सडक कालोपत्रे भएपछि आवातजावतमा सहज भएको छ । यी क्षेत्रमा वडाध्यक्ष गिरीले पहिलो कार्यकालमै सडक जोडेका हुन् । मोहन्यालको वडा नम्बर ३ मा भुगोल र जनसङ्ख्यामा सबैभन्दा बढी जनसङ्ख्या भएको ठूलो वडा हो । २०७९ को स्थानीय तहको तथ्याङ्क अनुसार गाउँपालिकामा १२ हजार ४३ जनसङ्ख्या रहेकोमा उक्त वडामा २ हजार ५७५ मतदाता छन् ।

शिक्षा, खानेपानी र सिँचाइमा नागरिकको पहुँच

सुगम कैलालीको भौगोलिक रुपमा दुर्गम मोहन्यालका अधिकांश भुभागमा अझैपनि यातायात, सञ्चार, खानेपानी, बिजुली, स्वास्थ्य, बैंक तथा वित्तीय संस्था र सिचाँइको पर्याप्त विकास र पहुँच पुग्न सकेको छैन । भैगोलिक रुपमा वडाका ग्रामीण पहाडी बस्तीमा पुरानै घोडेटो र गोरेटो बाटो छ ।

 

पालिकामा भौगोलिक विकटता एवम् दूरी टाढा भएकाले सडक सञ्जाल पुग्न नसकेको हो । यहाँका जनता लामो दूरीको पैदल यात्रा गरी सेवा लिन बाध्य छन् । गाउँपालिकाको सदरमुकाम (केन्द्र) मा पुग्न घण्टौंसमय पैदल यात्रा गर्नुपर्ने अवस्था रहेको यहाँका स्थानीय बताउँछन् ।

 

मोहन्याल गाउँपालिका वडा नम्बर ३ मा वडाध्यक्ष नन्दाराम गिरीले योजनाबद्ध ढङ्गले कार्ययोजना अघि सारिएको बताए । वडामा तत्कालीन, अल्पकालीन र दीर्घकालीन महत्वका योजनालाई गाउँपालिका, प्रदेश र संघ सरकारको पहलमा थुप्रै विकास निर्माण भइरहेको उनको भनाइ छ ।

 

शिक्षातर्फ राष्ट्रिय आधारभूत विद्यालय सल्लेरीको चारकोठे भवन निर्माण भएको र पथ्थरगढ, पिप्लीखेत र बर्जेनमा बालविकास कक्षाका लागि भवन निर्माण गरिएको छ । त्यस्तै, खानेपानी योजना अन्तर्गत राजिरेक्चामा ‘एक घर एक धारा’ कार्यक्रम लागू गरिएको छ । बर्जेन र साभामा खानेपानीको पाइपलाइन विस्तार गरिएको छ । सिँचाइका क्षेत्रका फलेबिसौनामा सिँचाइ कुलो निर्माण र गेधान पिप्लीखेतमा पक्की सिँचाइ कुलोको निर्माण गरिएको छ ।          

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ,  हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको र ती भूभागलगायत बाँकी भूभागहरूमा तुवाँलो पनि लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   तराईका केही स्थानमा आज दिउँसो...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २० पैसा र बिक्रीदर...

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

दशरथचन्द (बैतडी), बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १०...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २० पैसा र बिक्रीदर...

व्यावसायिक कफीखेतीमा भोजपुरका किसान

भोजपुर,  केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन् । अहिले यहाँका किसानको आयआर्जनको मुख्य माध्यम यही बनेको छ । उत्पादन भएको कफी घरबाटै बिक्री हुन...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

लम्कीमा काँग्रेसको शक्ति प्रदर्शन : जित निश्चित भएको दाबी

कैलाली । कैलालीको लम्कीमा आइतबार दिउँसो निकै रौनक थियो । हजारौंको बाक्लो भिंड, रातो चारतारे झण्डा र चुनाव चिन्ह रुख । काँग्रेसले शक्ति प्रदर्शन गर्दै जितको सन्देश दिएको यो परिदृश्य हो । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान हुनु ५ दिनअघि हजारौं जनमासको प्रदर्शनसहित काँग्रेसले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता

टक्सार (भोजपुर),  स्थानीय विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँको एक ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको छ ।   जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो । प्रअ जोशीले भन्नुभयो, “स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको...

प्रतिनिधिसभा निर्वाचनःवीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ, चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (¥यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताउनुभयो । अस्पतालले आकस्मिक...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९