प्रधानाध्यापक कै लापारवाहीले सिरहाको एक विद्यालय बन्यो विद्यार्थी विहिन

सिरहा। विकासको प्रमुख औजार भनेको शिक्षा हो। शिक्षा प्राप्त गर्ने थलो विद्यालय हो। विद्यालय शान्ति क्षेत्र हो भन्ने विश्वव्यापी मान्यता छ।तर, विद्यालयमा शिक्षकको अनियमितता, स्थानीय जनप्रतिनिधि र शिक्षा विकास तथा समन्वय इकाईकोे मनपरितन्त्र र राजनितिकरणले सिरहा लगायत मधेस प्रदेशको समुदायीक विद्यालयको शैक्षिक अवस्था खस्किदै गइरहेको छ। यसको उदाहरण हो सिरहाको श्री आधारभुत विद्यालय रामनगर गुलरिया। २०३५ सालमा स्थापना भएको सिरहा नगरपालिका ९ स्थितको श्री आधारभुत विद्यालय रामनगर गुलरियामा प्रधानाध्यापक, अभिभावक र राजनितिककर्मीहरुको चरम लापर्वाहीले विद्यालय अहिले विद्यार्थी विद्यार्थी विहिन बनेका छन्।

 

 

श्री आधारभुत विद्यालय रामनगर गुलरीयामा करिव २५ वर्ष देखि कार्यरत शिक्षक श्याम कुमार यादव (हाल प्रधानाध्यापक)को चरम राजनीतिक चलखेलका कारण विद्यालय विद्यार्थी विहिन बनेका हुन्। कुनै समय सयौँको संख्यामा विद्यार्थी रहने यो विद्यालयामा अहिले खोजखाज पारेर १०÷१२ जना विद्यार्थी भेला पार्नु पर्ने अवस्था छ। २०७३ पछि श्याम कुमार यादवले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्न थालेपछि विद्यालयको अवस्था खस्कदै गएको स्थानीयहरु बताउँछन्। उनी २०५५ सालदेखि यसै विद्यालयमा कार्यरत छन्। अर्का शिक्षक सावित्रि शर्मापनि यहि विद्यालयमा २०५३ सालबाट काम गरिरहेका छन्।

 

स्थानीय अमलेश यादवका अनुसार पहिला राम्रै विद्यार्थी उपस्थित हुन्थ्यो तर, पछिल्ला दिनमा शिक्षकहरु नै विद्यालय नआउने भएपछि विद्यार्थी कम हुँदै गएको हो। उनले भने, ‘बाल बालिकाकालाई विद्यालय पढ्न पठाउने हो। अहिले जम्मा दुईजना शिक्षकहरु छन्। उनीहरु पनि नियमित नआउने भएपछि गाउँलेले अन्यत्र विद्यार्थी पठाउन थाले अहिले विद्यालयमा विद्यार्थीको अवस्था शुन्य छ।’

 

 

‘करिब १० वर्ष अघि यो स्कुलमा धेरै नै राम्रो पढाई हुन्थ्यो, एक सय भन्दा बढी विद्यार्थीहरू अध्ययनरत थिए। तर, पछिल्लो समय दिनानुदिन स्कुलको अवस्था खस्किँदै गयौँ,’ स्थानीय राम एकवाल यादवले भने, ‘हामीले विद्यालयय सुधारका लागि विद्यालय प्रशासनसँग पटक पटक आग्रह गरिसक्यौं। तर, हाम्रा कुराको सुनुवाइ नै भएन, अहिले शिक्षकहरुलाई मनलागेको दिन गाउँ चाहारेर ल्याएको विद्यार्थीसँग एकछिन अलमलिने गरेको छु।’

 

कोरोनापछि ३ वर्ष विद्यालय बन्द रहे। त्यसवेला शिक्षकहरुले घरै बसेर तलव खाए। यो कुरा प्रअ यादव आफै स्वीकार गर्छन्।विद्यालय धारासायी हुने अवस्था देखेपछि शैक्षिक शत्र २०८०मा स्थानीय सामाजिक अगुवा र जनप्रतिनिधीले ५५÷६० जना विद्यार्थी खोजेर भर्ना गराएपनि प्रअको लापर्वाहीले विद्यार्थी १२÷१५ जनामा झरेको वडा अध्यक्ष रामदयाल यादबले बताए। उनले भने, ‘हामीले विद्यालयलाई सुधार गर्न धेरै प्रयास गर्यौं। एक जना स्वयम्सेवक (निःशुल्क)शिक्षक राखेर धेरै मेहनत पछि विद्यार्थी जम्मा गरायौं। प्रअले ती शिक्षकमाथि पनि अनावश्यक आरोप लगाउन थालेपछि आउन छाडे अहिले फेरी उही अवस्थामा पुगेको छ।’

 

 

उनले २५ वर्ष भन्दा लामो समयदेखि यहीँ विद्यालयमा बसेका शिक्षकहरु छन्। उनीहरुको सरुवा नभएसम्म विद्यालयमा सुधार आउने मैले देखेको छैन। उनले भने, ‘मैले यस विद्यालयको सुधारको लागि कम्तीमा प्रअको सरुवा गर्नुपर्ने नगर शिक्षा समितिमा माँग गरेको छु।’यस विद्यालयमा विद्यार्थीसंख्या न्यून छ। आएका विद्यार्थीको हाजिरी समेत हुँदैन। आधारभुत विद्यालयका लागि पुग्ने भौतिक पूर्वाधार भएपनि कालो पाटी (ब्लयाक वोर्ड) नभएको र धुलाम्मे कक्षाकोठामा पढाउने गरेको विद्यार्थीहरु बताउँछन्। ५५ जना विद्यार्थीको इमिस भरेको भएपनि अहिले १५ जनाको हाराहारीमा विद्यार्थी आउने गरेको प्रअ यादव आफै बताउँछन्।

 

 

प्राधानाध्यापक यादवले भने साउनमै विद्यार्थी हारिजी रजिष्टर चोरी भएकाले विद्यार्थीको हाजिरी हुन नसकेको बताए। विद्यालयमा तलव बाहेकका रकम नआएकोले नयाँ रजिष्टर खरिद गर्न नसकिएको प्रअको भनाई छ। उनले थपे, ‘विद्यालयको बैंक खाता म र अर्का शिक्षक शावित्री शर्माको नाममा छ। राजनीतिक प्रभावका कारण उहाँले तलवभन्दा अन्य रकम निकासामा हस्ताक्षर नगरिदिंदा पनि समस्या हुने गरेको छ।’

 

राजनीतिक खिचातानीले दशक देखि विद्यालय व्यवस्थापन समिति विहिनराजनीतिक खिचातानी र विवादका कारण पछिल्लो एक दशकदेखि  विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन। कहिले प्रअले चाहेको जस्तो व्यक्ति नपाउँदा त कहिले अभिभावकले भनेजस्तो व्यक्ति छनोट हुन नसक्दा व्यवस्थापनि समिति गठन हुन नसकेको स्थानीय युवाहरु बताउँछन्।

 

प्रअले आफूले पटक पटक कोशिस गरेपनि विवादका कारण विद्यालय व्यवस्ववथापन समिति गठन नभएको स्वीकारे। स्थानीय बुद्धिजिवि र अभिभावक भने प्रअको चरम रानीतिक हठका  कारण विद्यालय धारासायी भएको बताउँछन्। विद्यालयमा शिक्षक,  अभिवावक, स्थानीय राजनितिकर्मीहरुले विद्यालयलाई राजनीति गर्ने प्रयोगशाला बनाएपछि शैक्षिक क्षेत्रको अवस्था ओझेलमा परेको जानकारहरु बताउछन्। विद्यालयलाई राजनितिक थलो बनाएपछि समुदायीक विद्यालयको शैक्षिक अवस्था खस्किदै गइरहेको उनीहरुको भनाई छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ,  हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको र ती भूभागलगायत बाँकी भूभागहरूमा तुवाँलो पनि लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   तराईका केही स्थानमा आज दिउँसो...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २० पैसा र बिक्रीदर...

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

दशरथचन्द (बैतडी), बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १०...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २० पैसा र बिक्रीदर...

व्यावसायिक कफीखेतीमा भोजपुरका किसान

भोजपुर,  केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन् । अहिले यहाँका किसानको आयआर्जनको मुख्य माध्यम यही बनेको छ । उत्पादन भएको कफी घरबाटै बिक्री हुन...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

लम्कीमा काँग्रेसको शक्ति प्रदर्शन : जित निश्चित भएको दाबी

कैलाली । कैलालीको लम्कीमा आइतबार दिउँसो निकै रौनक थियो । हजारौंको बाक्लो भिंड, रातो चारतारे झण्डा र चुनाव चिन्ह रुख । काँग्रेसले शक्ति प्रदर्शन गर्दै जितको सन्देश दिएको यो परिदृश्य हो । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान हुनु ५ दिनअघि हजारौं जनमासको प्रदर्शनसहित काँग्रेसले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता

टक्सार (भोजपुर),  स्थानीय विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँको एक ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको छ ।   जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो । प्रअ जोशीले भन्नुभयो, “स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको...

प्रतिनिधिसभा निर्वाचनःवीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ, चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (¥यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताउनुभयो । अस्पतालले आकस्मिक...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९