जुत्तामा ‘अल्लाह’ अर्थाउने शब्द राखी जुत्ता उत्पादन, मलेसियाले गर्‍यो कारबाही

क्वालालम्पुर। विवादास्पद लोगोका कारण मलेसियामा जुत्ता उत्पादन गर्ने कम्पनी विवादमा परेको छ । जुत्ता उत्पादन गर्ने भेर्न होल्डिङ्स नामको कम्पनीले विवाद बढेपछि माफी मागेको छ । कम्पनीले विवादित लोगो भएको जुत्ता बिक्रीमा तत्काल प्रतिबन्ध लगाइएको जनाएको छ ।

 

 

वास्तवमा बजारमा बिक्री भइरहेको भेर्न होल्डिङ्स कम्पनीको जुत्ताको लोगो अरबी भाषामा ‘अल्लाह’ शब्दसँग मिल्दोजुल्दो रहेको भन्दै मुस्लिम समुदायले आपत्ति जनाएका थिए । मुस्लिम समुदायले तत्काल बजारबाट सबै जुत्ता हटाउन आग्रह गरेका छन् । विवाद बढेपछि कम्पनीले माफी मागेर डिजाइनमा त्रुटि भएका कारण लोगो गलत भएको स्वीकार गरेको थियो ।

 

 

आफ्नो स्पष्टीकरण प्रस्तुत गर्दा भेर्न होल्डिङ्सले सामाजिक सञ्जालमा लेखेको छ, ‘यस गल्तीका लागि व्यवस्थापनले माफी मागेको छ । हाम्रो नियत कुनै धर्म वा आस्थालाई अपमान गर्ने थिएन, कसैको अपमान गर्ने हाम्रो उद्देश्य थिएन। हामी क्षमाको लागि आशा गर्दछौं ताकि हामीले त्यो गल्ती सच्याउन सकौं।

 

 

यो विषयलाई लिएर विवाद चर्किएपछि प्रहरी कारबाहीमा आयो । घरेलु जुत्ता ब्राण्ड भेर्नविरुद्ध प्रहरी चौकीमा ८ वटा उजुरी परेको थियो । उजुरी परे पछि प्रहरीले कुल ११ सय जुत्ता बरामद गरेको थियो ।

 

 

प्रहरी महानिरीक्षक राजरुद्दीन हुसेनले स्थानीय सञ्चारमाध्यमलाई उक्त कम्पनीमाथि दण्ड संहिताको दफा २९८ अन्तर्गत अनुसन्धान भइरहेको बताए । यो खण्डले जानाजानी अरूको धार्मिक भावनामा चोट पुर्याउने नियतसँग सम्बन्धित छ। यससँगै सञ्चार तथा मल्टिमिडिया ऐन, १९९८ को दफा २३३ अन्तर्गत पनि अनुसन्धान भइरहेको छ ।

 

 

यस घटनापछि मलेसियाको इस्लामिक मामिला हेर्ने एजेन्सी इस्लामिक विभागले यसप्रति कडा आपत्ति प्रकट गर्दै कम्पनीका संस्थापक एनजी चुहान हुलाई बोलाएको थियो। अनुसन्धानमा कम्पनीले नियतवश यस्तो गरेको पाइएमा कडा कारबाही गरिने विभागले जनाएको छ ।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९