आइएसले निशाना बनाउने धम्की दिएको भन्दै च्याम्पिन्स लिगमा बढाइयो सुरक्षा

पेरिस । इस्लामिक स्टेट समुहको सम्भावित हमला हुन सक्ने भन्दै फ्रान्स र स्पेनको फुटबलको सुरक्षा बढाइएको छ । फ्रान्स र स्पेनले मंगलबार र बुधबार राति म्याड्रिड र पेरिसमा हुने च्याम्पियन्स लिगको क्वार्टरफाइनल अघि सुरक्षा बढाएका हुन । शीर्ष सरकारी अधिकारीहरूले इस्लामिक स्टेट (आईएस) को खतरा कायमै रहेको भन्दै सुरक्षा सतर्कता बढाइएको जनाएका छन् ।

‘पेरिस क्षेत्रमा हुने खेलको सन्दर्भमा प्रहरी प्रमुखले सुरक्षालाई निकै मजबुत बनाएको छ,’ फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले ओलम्पिक खेलको सुरक्षामा आयोजित पत्रकार सम्मेलनमा भने।

 

‘हामीले अन्य चीजहरू मध्ये आइएस विशेष गरी स्टेडियमहरूलाई लक्षित गर्ने सुचना पाएका छौं तर यो नयाँ कुरा भने होइन्,’ उनले अगाडी भने । इस्लामिक स्टेटले यस हप्ताको च्याम्पियन्स लिग खेलका लागि चार स्थानमा निशाना बनाउने धम्की दिएको सार्बजनिक भएको थियो ।

जसअनुसार पेरिसको पार्क डेस प्रिन्सेस र म्याड्रिडमा रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडले क्रमशः म्यान्चेस्टर सिटी र बोरुसिया डर्टमुन्डसँग सामना गर्ने दुई खेलहरू बढी संवेदनशिल मानिएका छन ।

 

‘स्पेनी पुलिसले दुई खेलको लागि राजधानीमा सुरक्षा बढाउन २ हजार अतिरिक्त अधिकारीहरू तैनाथ गर्नेछन्,’ सरकारका प्रवक्ता पिलर एलेग्रियाले मंगलबार पत्रकारहरूलाई भने। उनका अनुसार आतंकवाद अलर्ट लेभल ५ को स्केलमा ४ मा बढाइएको बताइन् । इस्लामिक स्टेटले हालै मस्कोको कन्सर्ट हलमा भएको आक्रमणको जिम्मेवारी लिएको थियो, जसमा कम्तिमा १ सय ४३ जनाको मृत्यु भएको छ।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९