क्रिश्चियनका लागि नाइजेरिया सबैभन्दा खतरानाक, १८ हजार बढी भत्काइयो चर्च

जोहानेसबर्ग। अफ्रिकाका ५४ देशमध्ये आधाभन्दा बढीमा क्रिस्चियन धर्मालम्बीहरूले घातक संकट ब्योहोरिरहेको जनाइएको छ । फक्स न्यूजका अनसार अफ्रिकामा क्रिस्चियनहरूको अवस्था दयनिय हुदैँछ । मुख्यतः अफ्रिका महाद्वीपका २८ देशहरूमा क्रिश्चियन विश्वासीहरूलाई सताईएको, मारिएको र विस्थापित गराइएको छ । जसमध्ये नाइजेरियाको अवस्था सबैभन्दा खराब छ।

 

मिसन समूह ओपन डोर्स यूएसले आफ्नो अनुसन्धान प्रतिवेदनमा भनेको छ, ‘सन २०२३ मा आफ्नो विश्वासका कारण मारिएका १० क्रिस्चियनहरूमध्ये नौ जना नाइजेरियामा थिए। यद्यपि यो संख्या बढी हुनसक्छ, किनभने धेरैको मृत्युको रिपोर्ट आउन सकेको छैन।’

 

‘नाइजेरिया क्रिश्चियन हुनको लागि पृथ्वीको सबैभन्दा घातक ठाउँहरू मध्ये एक हो,’ ओपन डोर युएसका सीईओ रायन ब्राउनले भने । ‘लगभग ५ हजार क्रिस्चियनहरू २०२३ मा विश्वव्यापी रूपमा उनीहरूको विश्वासका लागि मारिएका छन, तीमध्ये ८२ प्रतिशत नाइजेरियाका मात्रै रहेका थिए,’ ब्राउनले भने ।

नाइजेरियाली अनुसन्धान समूह इन्टर सोसाइटी, इन्टरनेशनल सोसाइटी फर सिभिल लिबर्टीज एण्ड द रुल अफ लले नाइजेरियामा क्रिस्चियनहरूको हत्यालाई नरसंहार भनेर टिप्पणी गरेको छ । गत जनवरी २०२३ देखि जनवरी २०२४ को अन्त्यसम्म ८ हजार भन्दा बढी नाइजेरियाली इसाईहरूलाई मारिएको वा अपहरण गरिएको दाबी गरिएको छ। तीमध्ये अधिकांशलाई चक्कुले निर्मम रूपमा हत्या गरिएको थियो।

 

इन्टर सोसाइटीका अनुसार सन् २००९ देखि २०२३ सम्म नाइजेरियामा मात्रै १८,५०० भन्दा बढी इसाईका चर्चहरू ध्वस्त गरिएका थिए । ‘र यो क्रम जारी रहेको छ,’ इन्टरसोसाइटीको एमेका उमेगबालासीले भनिन ।

 

त्यसैगरी, नाइजेरिया पछि क्रिश्चियनका लागि सबैभन्दा बढी खतरनाक देश उत्तर कोरिया हो । अध्ययन प्रतिबेदनका अनुसार त्यसपछि क्रमशः भारत, इरान, चीन, पाकिस्तान, इरिटेरा, अल्जेरिया, इन्डोनेसिया र अजरबैजान क्रिश्चियन धर्मालम्बीका लागि निकै खतरानाक मानिएका छन् ।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९