मजदुरी गर्थे सलमानको घरबाहिर गोली हान्ने युवाहरू

मुम्बई । क्राइम ब्रान्चले बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली प्रहार गर्ने दुई अभियुक्तलाई पक्राउ गरेको छ । दुवै आरोपी विक्की कुमार र सागर कुमारलाई अपराध शाखाले गुजरातको भुजबाट पक्राउ गरेको थियो। यी युवक बिहारको बेतियाका बासिन्दा हुन् । यो घटनाले उनको परिवार र गाउँले निकै स्तब्ध भएका छन् । अभियुक्तका परिवारका अनुसार विक्की र सागर मुम्बई गएको थाहा थिएन । उनले सलमान खानको घर बाहिर गोली चलाएको र यस घटनामा छोराको गिरफ्तारीको बारेमा समाचारबाट थाहा पाए पछि अचम्मित भएका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार आरोपी विक्की र सागर नरकटियागञ्जको गौनाहा ब्लकको मसाही गाउँका बासिन्दा हुन्। दुवै अभियुक्तको गाउँमा त्यस्तो आपराधिक छवि छैन। उनको जिल्लामा कुनै आपराधिक रेकर्ड पनि छैन । त्यसैले विक्की र सागरले यस्तो गरेको कुरा परिवारका सदस्य र गाउँका मानिसहरूले अझै पनि पत्याउन सकिरहेका छैनन् ।

विक्कीकी आमा सुनिता देवीका अनुसार विक्की होलीको दुई दिनपछि घरबाट निस्किएका थिए, उनीहरूले निस्कनु अघि काममा जान लागेको बताएका थिए । तर विक्की कहाँ काममा गएका थिए भन्ने जानकारी उनीहरूलाई थिएन, सुनिता देवीले भनिन् । ‘होलीको दुई दिनपछि काममा गएको बताएको थियो तर तर कहाँ गएको थाहा छैन। समाचारमा हेरेपछि मात्रै थाहा भयो,’ उनले भनिन । उनका अनुसार एक छोरा र एक छोरीका बाउ हुन बिक्की ।

उता, सागरका बुबा योगेन्द्र राउतले काम गर्न लुधियाना गएको ठानेका थिए तर  सागर मुम्बई गएको थाहा नभएको योगेन्द्रले बताए । ‘लुधियानामा काम गर्थ्यो। थाहा छैन त्यहाँबाट कसरी गयो ? मुम्बईमा गोली हानाहान भएको यो खबर सुनेर छक्क परे,’ उनले भने ।  प्रहरीले उनका भाइ राहुललाई पक्राउ गरी सोधपुछका लागि लगेको छ । ‘उनी निकै साधारण केटा थिए, हामी मजदुर हौं, ज्याला तिरेर खान्छौं,’ उनले भने ।

 

यस घटनामा प्रहरीले गाउँका तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । उनलाई सोधपुछ पछि रिहा गरिएको थियो । अप्रिल १४ मा बिहान करिब ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर तीनदेखि चार राउण्ड फायरिङ भएको थियो । गोली हानेर मोटरसाइकलमा सवार दुईजना लुटेरा घटनास्थलबाट भागेको खुलासा भएको थियो ।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९