मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति इब्राहिम रायसीबिच फोन बार्ता भएको छ । सिरियास्थित बाणिज्य दुतावासमा इजरायलले गरेको हमलाको प्रतिबाद गर्दै इरानले जवाफी ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको केही दिनमा रूसी राष्ट्रपतिले फोन बार्ता गरेका हुन् ।
इजरायलले संयमता अपनाउनु पर्ने पुटिनले मंगलबार इरानी राष्ट्रपति इब्राहिम रायसीसँग फोन वार्तामा टिप्पणी गरेका छन् । दुवै नेताले अप्रिल १ मा सिरियाको राजधानी दमास्कसमा इरानी वाणिज्य दूतावासमा इजरायली आक्रमण पछि क्रेमलिनले इरानले उठाएका प्रतिशोधात्मक उपायका बारेमा छलफल गरेको अल जजिराले जनाएको छ ।पुटिनले सबै पक्षहरूलाई नयाँ द्वन्द्व सुरु गर्ने कार्यबाट टाढा रहन आग्रह गरेका छन । जुन सम्भावित युद्दले मध्य पूर्वको लागि विनाशकारी परिणाम ल्याउनेछ, क्रेमलिनले भनेको छ ।
इरानले दमास्कसमा इजरायली हमलाको जवाफमा शनिबार इजरायलमा सयौं ड्रोन र मिसाइलहरू प्रहार गरेर प्रतिक्रिया दिएको हो । इजरायली हमलामा दुई जनरलसहित इस्लामिक क्रान्तिकारी गार्ड कोरका सात अधिकारीहरूलाई मारिएका थिए । पुटिनले इरानको आक्रमणको बारेमा आफ्नो पहिलो सार्वजनिक रूपमा प्रसारित टिप्पणीमा भने, ‘मध्यपूर्वमा वर्तमान अस्थिरताको मूल कारण इजरायल–प्यालेस्टाइनको निरन्तर संघर्ष हो।’
‘भ्लादिमिर पुटिनले आशा व्यक्त गरे कि सबै पक्षले उचित संयम देखाउने छन् र सम्पूर्ण क्षेत्रका लागि विनाशकारी नतिजाहरूले भरिएको टकरावको नयाँ चरणलाई रोक्नेछन्,’ क्रेमलिनले भने। ‘इब्राहिम रायसीले नोट गरे कि इरानको कार्य बाध्यकारी र प्रकृतिमा सीमित थियो,’ क्रेमलिनले भन्यो।


































































































































































