पाकिस्तानमा एक्समाथि लगाइएको प्रतिबन्ध हटाउन अदालतको आदेश

इस्लामबाद। पाकिस्तानको उच्च अदालतले माइक्रो ब्लगिङ साइट एक्स (पहिले ट्विटर)माथी प्रतिबन्ध हटाउन आदेश दिएको छ ।

 

 

टविटर ब्लक गर्ने शाहबाज सरकारलाई यसअघिको निर्णय खारेज गर्नका लागि ७ दिनको समय दिएको छ ।

 

 

शाहबाज सरकारले एक्सलाई राष्ट्रिय सुरक्षाका लागि खतरा भएको भन्दै रोक लगाएको थियो। तर, पाकिस्तानको सिन्ध उच्च अदालतले सरकारलाई एक्समा लगाइएको प्रतिबन्ध तत्काल खारेज गर्न निर्देशन दिएको हो ।

 

 

जियो न्यूजका अनुसार अदालतले पाकिस्तान सरकारलाई एक साताभित्र प्रतिबन्ध हटाउन आदेश दिएको छ ।

 

 

पाकिस्तानको आन्तरिक मन्त्रालयले यसअघि अदालतलाई जानकारी दिएको थियो कि माइक्रोब्लगिङ प्लेटफर्मले ‘सरकारको कानुनी निर्देशनहरूको पालना गर्न असफल भएको कारणले पहिले ट्विटर भनेर चिनिने एक्स लाई प्रतिबन्ध लगाउनु परेको’ जानकारी दिएको थियो। पाकिस्तान सरकारले राष्ट्रिय सुरक्षामा खतरा रहेको भन्दै एक्सलाई प्रतिबन्ध लगाउनु परेको स्पष्टीकरण दिदैँ आएको थियो ।

 

 

‘तर, सिन्ध उच्च अदालतले सरकारलाई आफ्नो निर्णय फिर्ता लिन एक हप्ताको समय दिएको छ। यदि त्यसो भएन भने अदालतले अर्को मितिमा उपयुक्त कारबाही गर्नेछ,’ एक्समा सरकारले लगाएको प्रतिबन्धलाई चुनौती दिने वकिल मोइज जाफरीले भने ।

 

 

पाकिस्तानका एक्स प्रयोगकर्ताहरूले मध्य फेब्रुअरीदेखि पाकिस्तानमा यसको प्रयोगमा समस्या भएको गुनासो गर्दै आएका थिए तर सरकारले यस सम्बन्धमा कुनै प्रकारको आधिकारिक घोषणा गरेको छैन।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९