जव झ्याउरेवासीहरुले आफ्नै ठाँउमा एक दिने अस्पतालको सुविधा लिए

महोत्तरी । सामान्य ज्वरोको औषधि लिनको लागि ३ घण्टासम्म हिड्नुपर्ने पुर्वि खोलाकी  मण्दिरामाया थिङले विहिवार विशेषज्ञ चिकित्सकवाट आफ्नै गाउँमा राम्रो उपचार पाईन  ।चिकित्सकहरुले पाठेघरको समस्याको बिषयमा औषधीमात्र लेखिदिएनन आँखा नदेख्ने समस्या पहिचान गरेर चस्मा समेत उपलब्ध गराए ।  यसैक्रममा उनी सोही ठाउँवाट आएका आफ्ना साथीहरुसगँ खुसी हुदै भन्दै थिइन -` यस्तो उपचार गर्ने ठाउँ हाम्रो गाउँमा सधैभरी भैइदिए !´मधेशको कर्णाली भनेर चिनिने गाउँमा नै अनुकुल हुनेगरी नेपाल रेडक्रस सोसाइटी बर्दिवास साखाले विहिवार एकदिने शिविर संचालन गर्दा  प्राय: महिलाहरुको उस्तै कौतहुल थियो कि यस्तो उपचार केन्द्र गाउँमा चै किन हुदैन ? वर्षा लागेसगैँ भाङग्रे झ्याउरे आशपाशका गाउँहरु नाकावन्दीमा नै पर्ने गर्दछन । खोला वाहेक अन्य वैकल्पिक पदमार्ग नहुदा बर्षाको समयमा पानीको सतह बढने र आवतजावत पुर्णरुपमा बन्द हुने गर्दछ जस्ले गर्दा याँहाका स्थानियहरुमा घातक रोग लागेतापनी सहनुको विकल्प नै रहदैन ।`आँखाको समस्याको लागि यो चस्मा दिएको छ अनि पाठेघर सम्बन्धी रिपोर्ट अहिले आउँछ रे ।´ मण्दिरामायाले खुसी हुँदै भनिन । `वास्तवमा यो हाम्रोलागी ठुलो परोपकार वन्यो नत्र त के-के हुन्थ्यो के-के ।´विकटता कै कारण उनी चाहेर पनि अस्पताल जान सकेकी थिइनन । पाठेघरको समस्या रहेको त  थाहा थियो तर भौगोलिक दुरावस्थाले अस्पताल त के स्वास्थ्य चौकीसम्म नगएको उन्लाई झिनो सम्झना छ ।तर विहिवार रेडक्रस सोसाइटी बर्दिवास साखाले शहरको सुविधासम्पन्न अस्पतालको झल्को दिनेगरी चुरे काक्षमा रहेको यो गाउँमा मिनि अस्पताल नै संचालन गर्‍यो ।  लक्ष्मी भाङग्रे झ्याउरे विध्यालयका प्रत्येक कोठा चिकित्सक र स्वास्थ्यकर्मीहरुले भरिएका थिए । पर्याप्त प्रयोगशाला, तत्काल चेकजाँच गर्न मिल्ने विभिन्न उपकरणहरु,   साथमा औषधि र चिकित्सकिय परामर्शले मण्दिरामाया मात्र हैन भालुजोर कि सुनमाया वाईवाको खुसी बाहिर नै देखिन्थ्यो ।

 

पाठेघरको समस्या लिएर बर्षौदेखी पिडित वन्दै आएकी सुनमायालाई विशेषज्ञ चिकित्सकले परामर्श दिदा मात्र पनि आधी रोग निको भएको महसुस गरिन । `औषधी र समयमा नै उपचार गर्ने हो भने पाठेघरको समस्या त्यती ठुलो हैन रहेछ ।´ सुनमायाले भनिन । `नियमित औषधी सेवन गर्‍यो भने छिट्टै निको हुन्छ रे ।´तर आम महिलाहरुको जस्तै सुनमायालाई पनि एउटै जिज्ञासा छ कि सामान्य उपचारको लागि किन २ घण्टासम्म हिडनुपर्ने होला  ? सुनमायाले चुनावको समयमा मात्र गाउँमा चहलपहल हुने गरेको अनुभव गरेकी छन ।

 

`चुनाव आएपछी नेताहरु घर-घरमा नै पुग्छन  अनि एकदिन समस्या बुझेर बर्षौसम्म देखा पर्दैनन ।´ उन्ले भनिन । `कमसेकम रेडक्रसले एकदिन भएतापनी गाउँमा नै आएर उपचार गरिदियो ।´ चारैतिर चुरे पहाडले घेरिएका यी गाँउहरुमा युवायुवती कम नै देखिन्छन कतिपय वैदेशिक रोजगारमा छन भने कतिपय अध्यणको शिलशिलामा नजिकैका शहरमा कोठा लिएर बसेका छन परिणामस्वरूप गाउँमा वृद्धहरु मात्र भेटिन्छन ।

 

लौरो टेक्दै आँखा जचाउन गर्दिखोलावाट याँहा आईपुगेकी ७० बर्षिय मनमाया  चस्मा पाएपछी एकछिन भावुक वनिन । टाउको दुख्ने, नजिकैको केहीपनी नदेख्ने भएपछी शिविर आईपुगेकी उन्लाई चिकित्सकहरुले चेकजाँच गरेपछी हातमा सोही पावरको चस्मा थमाइदिए ।

 

घरको रेखदेक्ग गर्न कै लागि भएपनी उनी छोरासगँ गएकी छैनन । यो शिविरसम्म आईपुग्न पनि उन्लाई झन्डै २ घण्टा लाग्यो । `दिनभरी हिडेर अस्पताल जानुभन्दा २ घण्टा हिडेर नै जचाँउन पाईन्छ भनेर आएको ।´ उन्ले सुनाईन । आँखा उपचारदेखि महिला प्रजनन स्वास्थ्यको चेकजाँच एकै ठाउँमा हुने भएपछी गर्दिखोला लागायत आशपाशका झण्डै २ सय महिलाहरुले पाठेघर र आँखाको उपचार लिएका थिए ।पाठेघर समबन्धी समस्या भएका मात्र ११७ जना सहभागी भएका थिए । जसमध्ये ३ जनाको अपरेसन गर्नुपर्ने अवस्था देखिएको चिकित्सकहरुले वताए ।

 

उनिहरुलाई बर्दिवासस्थित जनसेवा अस्पतालमामा रिफर गरिएको रेडक्रस बर्दिवासका सभापती सुदिप कार्कीको भनाई छ । त्यस्तै आँखा सम्बन्धी समस्या भएका २७० जना सहभागी मध्ये ९ जनाको मोतिविन्दुको अपरेसन गर्नुपर्ने देखिएको छ । उक्त विरामीहरुलाई रेडक्रस र बर्दिवास नगरपालिकाको नै आर्थिक सहयोगमा उपचार गरिने रेडक्रसका पुर्व सभापति मुकुन्द पौडेलले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत,  पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वत खण्ड कालोपत्र सम्पन्न भएको तीन वर्षपछि पुल निर्माण सुरु भएको हो । पर्वतको मोदीगाउँपालिका–२ र पातिचौर–६ डिमुवा जोड्ने गरी पुल निर्माण सुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना...

निर्वाचन प्रहरीमा आवेदन कम परेपछि म्याद थप

गण्डकी, कास्की, बागलुङ, मुस्ताङलगायत जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि दरखास्त दिने म्याद दुई दिन थप गरिएको छ ।   यसअघि गत पुस २५ गतदेखि बिहीबारसम्म दरखास्त माग गरिएकामा आवेदन कम परेको हुनाले शनिबारसम्म म्याद थप गरिएको निर्वाचन प्रहरी...

कोरियाबाट फर्केपछि गाउँमै दुग्ध व्यवसाय

तम्घास (गुल्मी), रुरुक्षेत्र गाउँपालिका–१ रिडीका रवि पन्त आजकाल किसानबाट दूध सङ्कलन गर्ने र त्यसबाट विभिन्न परिकार बनाउनमा व्यस्त देखिनुहुन्छ । बिहान र बेलुका दूध सङ्कलन गर्ने एवं दिउँसो दूधबाट बन्ने विभिन्न परिकार बनाउने उहाँको दैनिकी बनेको छ ।   नेपालमा व्यवसायमा लगानी गर्न मानिस डराइरहेका बेला...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

ट्राफिक जनचेतना फैलाउन ठमेलमा सांस्कृतिक कार्यक्रम हुने

काठमाडौँ,  ट्राफिक प्रहरीले ट्राफिक जनचेतना फैलाउनका लागि राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा साङ्गीतिक कार्यक्रम गर्ने भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ठमेल पर्यटन विकास परिषद्को सहकार्यमा सवारी दुर्घटना न्यूनीकरणका लागि यही माघ ३ गते काठमाडौँ महानगरपालिका–२६ सञ्चयकोष अगाडि सडकमा साङ्गीतिक कार्यक्रम गर्न लागेको...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

गण्डकीमा मातृ स्वास्थ्यमा सुधार

गण्डकी,  नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा संस्थागत प्रसूतिदर ८९ प्रतिशत छ । जुन राष्ट्रिय औसत ७९ प्रतिशतभन्दा बढी हो । सरकारले सन् २०३० सम्ममा संस्थागत प्रसूतिको दर ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । यसअनुसार गण्डकी प्रदेश उक्त लक्ष्यको नजिक रहेको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र

काँक्रेविहार (सुर्खेत),  चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा...

शिवशक्ति ग्रामीण विद्युत् सहकारीको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेपछि स्थगित

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा तथा खैरेनी क्षेत्रमा अवस्थित शिवशक्ति ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेका कारण स्थगित गरिएको छ।   संस्थाले २०८२ साल नौ महिना २९ गतेका लागि वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गर्दै कुल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

पोखरामा विशिष्टीकृत अस्पताल बनाउने योजना अधुरै

गण्डकी,  पोखरामा क्यान्सर, मुटु, मिर्गौला र बालरोगसम्बन्धी एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल बनाउने गण्डकी प्रदेश सरकारको योजना कार्यान्वयनमा आउन सकेको छैन । प्रदेश स्थापनापछि गठित पहिलो सरकारले प्रदेश राजधानी पोखरामा विशिष्टीकृत अस्पताल स्थापना गर्ने निर्णय गरेको थियो । घोषणा भएको वर्षौं बितिसक्दा पनि अस्पताल निर्माण प्रक्रिया...

प्रधानमन्त्री कप क्रिकेटको जिल्लास्तरीय छनोट सञ्चालन गर्न निर्देशन

बैतडी,  प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको सुदूरपश्चिम प्रदेशको जिल्लास्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्न निर्देशन दिइएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार जिल्ला छनोट प्रतियोगिता आज देखि आगामी माघ ११ गतेसम्म सम्पन्न गर्न सबै जिल्लाहरूलाई निर्देशन दिइएको हो । जिल्ला छनोट...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९