कामिरिताको किर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

काठमाडौँ । कामिरिता शेर्पाले सगरमाथाको २९औँ पटक सफल आरोहन गरेर कीर्तिमानी तोडेका छन् । कामिरिताले आज बिहान ७: २५ बजे सगरमाथाको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ । उनी सगरमाथामा सबैभन्दा बढी पटक आरोहण गर्ने आरोही हुन् । यस अघि पनि यो किर्तिमान उनकै नाममा रहेको थियो ।  सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिका थामेमा जन्मिएका ५४ वर्षीय कामरिताले सफल आरोहण गरेर आफ्नै कीर्तिमानी तोडिदिएका छन् ।

 

 

 

 

सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा कामिरिता सर्वाधिक आरोहण गर्ने कीर्तिमानी आरोही हुन् । गत वर्ष सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेका थिए । पासाङ दावाले यसपटक सगरमाथा आरोहण गर्ने या नगर्ने टुङ्गो छैन ।

 

 

 

सगरमाथासहितका हिमाल नेपालको गौरव पनि हो । पर्वतारोहण र पदयात्राका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नागरिक नेपाल आउँछन् । कीर्तिमानी आरोही कामिरिताको बुझाइमा हिमालले देशलाई धेरै चीज दिएको छ । हिमाललाई दुहुना गाईका रुपमा मात्र प्रयोग नगरी संरक्षण र सरसफाइ गर्नुपर्ने उनको बुझाइ छ ।

 

 

 

कामिरिताले विसं २०७९ को वसन्त ऋतुमा दुईपटक सगरमाथा आरोहण गरेका थिए । सन् २०२३ को मे १७ मा कामिरिताले २७औँ पटक सगरमाथा आरोहण गरेका थिए । त्यसको केही दिनलगत्तै उनी दोस्रोपटक सगरमाथाको चुचुरोमा पुग्न सफल थिए । उनले सन् २०२२ को वसन्त आरोहणमा डोरी टाँग्ने क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थिए । उनले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठपटक चोयु, तीनपटक मनास्लु, एकपटक ल्होत्से, एकपटक केटु आरोहण गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन् ।

 

 

 

सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरो टेकेका कामिरिताका नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी पटक आरोहण गरेको कीर्तिमानी छ ।अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेपछि कामिरिताको कीर्तिमानी खोसिने हो कि भन्ने चुनौती थपिएको थियो । पासाङ दावाले आरोहणलाई निरन्तरता दिएमा कीर्तिमान तोडिने भएकाले जोगाउने चुनौती थपिएको हो । सगरमाथाको दोस्रो शिविरभन्दा माथिको बाटो बनाउने जिम्मा सेभेन समिट ट्रेक्स प्रालिले पाएको छ । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न उत्साहजनक रुपमा आरोही आइरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी, मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि नेपाली व्यापारीहरुले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न...

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

गोदावरी (कैलाली)।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका भौतिक संरचनाको अनुगमन गर्नुभएको छ । उहाँले आज धनगढीस्थित प्रदेश मन्त्रालय तथा विभिन्न सरकारी कार्यालयमा पुगेर क्षतिको अवस्थाबारे अस्थलगत अवलोकन गर्नुभएको हो । त्यस क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ९४ पैसा...

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी, मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि नेपाली व्यापारीहरुले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९