आयुर्वेद तेलका नाममा श्रीकेश तेलको ठगी धन्दा, उपभोक्ता झुक्याउँदै !

 

काठमाडौं । काठमाडौंको मध्य बानेश्वरमा कार्यालय खडा गरि झरेको कपाल पलाउँछ भन्दै विज्ञानलाई चुनौती दिइरहेको छ, सप्तऋषि आर्युवेद । सप्तऋषिले दुनियाँलाई बेकुफ बनाउँदै प्रचार प्रसारमा व्यस्त छन् । श्रीकेश तेलका नाममा झरेको कपाल पलाउँछ भन्दै विज्ञापन गरिरहेको छ ।

 

 

 

सप्तऋषि आर्युवेदले केश सम्बन्धी मात्र काम गर्ने मात्र नभई छाला तथा सौन्दर्य सम्बन्धी, पेट सम्बन्धी, मलद्वार, मोटोपन, सुगर, कोलेस्ट्रोल, प्रेसर जस्ता दीर्घरोगहरु, हाड जोर्नी, यौन तथा शारीरिक दुर्बलता, पिसाब सम्बन्धी समस्याको उपचार गर्ने भन्दै प्रचार गरिएको पाइन्छ ।

 

 

 

सप्तऋृषि आयुर्वेदले खुलेआम सर्वसाधारणहरुलाई ठगी गरिरहेको छ तर उपभोक्ता हकहितका लागि खुलेका दर्जनौँ उपभोक्तावादी संघ संस्था, उपभोक्तासँग सरोकार राख्ने सरकारी निकायहरू कानमा तेल हालेर बसिरहेका छन् ।

 

 

 

यसैलाई लिएर केहि व्यक्तीले प्रश्न पनि गरेका छन् । राम दुंगाना भन्छन्- ‘विश्वका अर्बपती धनाढ्यहरू धेरैको कपाल छैन । के उनीहरूले प्राकृतिक रुपमै कुनै प्रोडक्ट लगाएर कपाल उम्रिएको थाहा पाएमा भनेजति पैसा तिरेर त्यस्ता सामान किन्ने थिएनन् होला र ?’

यस्तो छ उनको तर्क
टाउँकोको कपाल झरेर टाउँको कपाल बिहिन भएकाहरुको कपाल उमार्ने भनेर प्रचार गरिएको श्रीकेश तेलले गरेको विज्ञापनमा जस्तो कसैको पनि वास्तविक रुपमा कपाल पलाएको छैन । केही मानिसहरुले आफ्नो टाउँकोमा उम्रिएका दश-बीस वटा मसिना रौं देखाएर पनि प्रचार गरिरहेका छन् । त्यो रौंहरु यत्तिकै पनि आउँछ । त्यस किसिमका कपाल बढेर खासै ठूलो पनि हुँदैन र मानिसको सौन्दर्यमा पनि खासै फरक पर्दैन ।

 

 

 

संसारका विकसित-धनी देशमा कपाल पुनः उमार्न सकिन्छ कि भनेर ठूला कम्पनी र बिज्ञहरुले लामो समय खर्चिएर गहिरो अनुसन्धान पनि गरेकै होलान् । किनकी कपाल उमार्न सकिने तेल,क्रिम या खाने औषधी बनाउँन सकेमा त्यस्तो product बनाउँने, ब्यक्ति या कम्पनी रातारात अर्बपती हुने पक्का छ । किनकी मानिसहरु कपाल नभएर गुमेको सौन्दर्य र आत्मविश्वास फर्काउँन जति महँगो भएपनी त्यस्ता product किन्छन् नै ।

 

 

 

विश्वका अर्बपती धनाढ्यहरू धेरैको कपाल छैन । के उनीहरूले प्राकृतिक रुपमै कुनै product लगाएर कपाल उम्रिएको थाहा पाएमा भनेजती पैसा तिरेर त्यस्ता product किन्ने थिएनन् होला ? कपाल सजिलै उम्रिने भरपर्दो product बजारमा अहिलेसम्म बनेको छैन । त्यसैको विकल्पमा अनुसन्धानकर्ताहरुले कपाल प्रत्यारोपण प्रयोगमा ल्याएका हुन् । यो चाँहि कपाल उमार्न लगभग सफल भएको विधी हो । कपाल प्रत्यारोपण गरिएका मानिसहरुको कपाल उम्रिएपछि before-after भनेर कपाल रोप्नु अघि र कपाल पलाईसकेको अवस्थामा hair transplant गर्नेहरुले विज्ञापन गर्छन् ।

श्रीकेश तेलले अहिले सम्म त्यस्तो विज्ञापन कहिकतै गरेको छ ?

मेरो कपाल झर्न शुरु भएपछि श्रीकेश तेलको जस्तै विज्ञापन देखेर धेरै पैसा यस्ता बेकारको product किनेर सक्काएँ । म ठगिएँ । म जस्तै ठगिनु होला भनेर सचेत गराएको हुँ । श्रीकेश तेल लगाएका कोही आफ्ना नजिकका र चिनजानका मानिसको बाक्लै कपाल आएको छ भने मात्र प्रयोग गर्नु होला । नभए टाउँकोमा पलाएको दुईचार वटा रौंले मानिसको सौन्दर्यमा खासै ठूलो फरक पर्दैन । यस्तो दश-बीस वटा रौं टाउँकोमा हुनु भन्दा चिल्लै भएको राम्रो बरु ।

अब बुझौं, वास्तवमा कपाल किन झर्छ ?

डा. कल्याण सुवेदीका अनुसार कुनै पनि दिनमा १०० ओटा जति कपाल झर्ने गर्छ । यदि तपाईंको कपाल लामो छ र तीन दिनमा एक पटक नुहाउनु हुन्छ भने नुहाएर भ्याउंदा करिब ३०० जति कपाल बाथरूममा देखिनुलाई सामान्य मान्नुपर्छ । यी झरेका कपालको जराबाट पुन कपाल पलाउन थाल्छ । तर, कसैको कपाल धेरै झर्ने तर थोरै मात्र पलाउन थाल्ने हुन्छ । यो प्रक्रिया महिलामा भन्दा पुरुषमा बढी देखिन्छ ।

 

 

 

उनी भन्छन्- “प्राकृतिक रुपमा पुरुषमा यो प्रक्रिया २० वर्षमा शुरु हुन्छ भने महिलामा ३० वर्षमा शुरु हुन्छ । प्राय कपालको संख्या लगभग ५०% जति कम नहुँदासम्म हामीलाई खासै चिन्ता महसुस हुँदैन वा हामीले पत्तो पाउदैनौ । कपाल झर्ने कारण धेरै हुन सक्छ । ति कारणहरुलाई मुख्यतय दुई भागमा विभाजित गरिन्छ । पहिलो scarring (कपालको जरा नष्ट भएको) र दोश्रो non-scarring (कपालको जरा नष्ट नभएको) । Scarring निकै कमलाई हुने गर्छ र यस समस्याबाट कपाल झरिसकेको भए उपचार सम्भव छैन । लगभग ८०/९०% को non-scarring हुने गर्छ र यसको उपचार छ ।”

कपाल झर्ने समस्याको उपचार के हुन् ?

डा. सुवेदी भन्छन्- ‘कपाल झर्ने प्रक्रिया प्राकृतिक हुनाले कपाल झर्न सम्पूर्ण रुपमा रोक्न सकिन्न । औषधिहरुले मुख्य गरी दुई किसिमले काम गर्छ (एक) कपाल झर्न कम गर्ने, (दुई) जरा जिउँदो रहेको तर कपाल उम्रन छाडेकोलाई फेरी सक्रिय बनाउने । तल बताइएका औषधि र विधिहरु जति छिटो शुरु गर्यो उति नै राम्रो परिणाम देखिन्छ । अर्थात् टाउको टक्लु हुनुअघि नै शुरु गर्दा राम्रो हुन्छ ।’

 

 

 

यदि अचानक टाउकाको बाहेक आँखी भौं र शरीरको अन्य भागमा पनि रौँहरु एकै पटक झर्न शुरु गरेको छ भने पहिला Biotin vitamin शुरु गर्ने । १ महिना दिनहु खाँदा झर्न रोकिएन भने तुरुन्त डाक्टरकोमा जाने । झर्न रोकियो भने ३/४ महिना थप खाने । टाउको चिलाउने पनि गर्छ भने तुरुन्तै डाक्टरकोमा जाने । Biotin खाँदै गर्दा रगतमा अन्य केहि कुराको पनि कमि छ कि भनेर जाँच गर्दा राम्रो हुन्छ ।

 

 

 

Androgenetic hair loss को लागि पहिला Minoxidil foam ५% (Rogaine brand अमेरिकामा हुनुहुन्छ भने) दिनको एक पटक कपालमा लगाउने । यसले कपाल थप झर्नबाट रोक्छ र केहि मात्रामा कपाल बढ्न सक्छ । Minoxidil संगै वा छुट्टै Finasteride औषधि खान सकिन्छ । यो औषधि पुरुषको लागि मात्र हो । डाक्टरको prescription बिना खानु हुँदैन र महिलाले खानै हुँदैन (फेरी दोहोर्याउँछु, महिलाले finasteride खान हुँदैन) ।

 

 

 

माथि भनिएको औषधि ४/५ महिना प्रयोग गर्दा कुनै राम्रो परिणाम नभेटिए Laser Energy प्रयोग गर्न सकिन्छ । हप्ताको २ दिन घरमै वा डाक्टरको अफिसमा गएर यो laser प्रयोग गर्न सकिन्छ । लामो समयसम्म कपाल उम्रन छाडेको तर नमरेको जरालाई laser energy ले पुन सक्रिय बनाउँछ । विदेशतिर हाम्रो शरीरको आफ्नै रगतबाट platelet (रगतको एक तत्व) छुट्याएर निकालिएको platelet rich plasma कपालको जरामा सुईद्वारा लगाईन्छ जसले कपाल उम्रन छाडेको जराबाट पुन कपाल पलाउन थाल्छ । यसो गर्दा पनि भएन भने hair transplant गर्न सकिन्छ ।

 

 

 

 

Alopecia areata को लागि Triamcinolone, Cyclosporone, Anthralin जस्ता लगाउने औषधि प्रयोग गर्नुपर्छ । अन्य खाने औषधि र लगाउने इन्जेक्सनहरु पनि हुँन्छन् । यी सबै औषधि डाक्टरको प्रत्यक्ष निगरानीमा प्रयोग गर्नु पर्दछ ।

 

 

 

Telogen effluvium को लागि पहिला कुन रोग वा अवस्थाको वा कुन तत्वको कमीले गर्दा भएको हो पत्ता लगाउनु पर्छ र त्यस कारक तत्वको उपचार गर्नुपर्छ । रोग पत्ता लगाउन रगत जांच गर्नुपर्छ । प्राय CBC, हर्मन (थाईरैड, टेस्टसटरोन) को मात्रा, ANA, Iron आदिको जांच गरिन्छ । अरु कसैलाई तपाईंको र कपाल झर्ने समस्या नभएको व्यक्तिको मुट्ठीले कपाल तान्न लगाउनुस् । यदि तपाईंको धेरै निस्क्यो भने तपाईंलाई यो समस्या हुन सक्छ । सामान्यतय १० ओटा कपाल एकै पटक तान्दा १ भन्दा धेरै निस्कनु राम्रो होइन । ३ भन्दा धेरै निस्कियो र कपाल झर्ने समस्या भैरहेको छ भने तुरुन्त डाक्टरकोमा जानु पर्छ ।

के तातो पानीले नुहाउँदा कपाल झर्छ ?

चिसो पानी र चिसो मौसम हुने ठाउँमाभन्दा तातो पानी र तातो हावा हुने ठाउँमा कपाल धेरै झर्न सक्छ तर यसरी झरेको कपाल पुन उम्रिन्छ । तातो पानीले नुहाउन रोक्नु पर्दैन ।

खाडीमा आएकाको धेरैको कपाल झर्ने गर्छ, कारण के होला ?

कपाल झर्न शुरु हुने उमेर र खाडी जाने उमेर लगभग उही हुने हुनाले नेपाल हुँदा नझरेको तर त्यहाँ गएपछि धेरै झर्न शुरु भएको महसुस हुन सक्छ । खाडीको तातो हावा पानी नेपालको पहाडी क्षेत्रभन्दा हल्का फरक हुँदा सामान्य रुपमा झर्ने कपाल अलि छिटो झर्ने पनि गर्छ । तातो हावा पानी भएकै कारण झरेको भए पुन पलाउँछ । अन्य कारण हो भने माथि भनेको जस्तो गर्नुपर्छ ।

के खुइली सकेको तालुमा पनि hair transplant गर्न मिल्छ ?

धेरैको मिल्छ र transplant गरेको मध्ये धेरै कपालहरु वर्षौंसम्म रहन्छ । यसरी transplant गर्ने रौँ आफ्नै टाउकाको कानभन्दा ठिक माथि र टाउकाको पछाडी तिरबाट निकालेर तालुमा वा अगाडी transplant गरिन्छ । आफ्नै शरीरको रौँको जरा हुनाले transplant गरेपछि शरीरले कुनै reaction देखाउंदैन र reaction हुन नदिने कुनै औषधि खानु पनि पर्दैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी, मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि नेपाली व्यापारीहरुले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न...

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

गोदावरी (कैलाली)।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका भौतिक संरचनाको अनुगमन गर्नुभएको छ । उहाँले आज धनगढीस्थित प्रदेश मन्त्रालय तथा विभिन्न सरकारी कार्यालयमा पुगेर क्षतिको अवस्थाबारे अस्थलगत अवलोकन गर्नुभएको हो । त्यस क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ९४ पैसा...

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी, मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि नेपाली व्यापारीहरुले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९