चन्द्रपुरमा तीन करोडमा बनेको वृद्धा आश्रम आएन संचालनमा

चन्द्रपुर  ।रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ७ स्थित वन बनहुअरीमा बनेको वृद्ध आश्रम यतिबेला अलपत्र अवस्थामा परेको छ । नेपाल सरकारको ३ करोडको लागतमा बनेको सो वृद्धाश्रमको भवन यतिबेला अलपत्र अवस्थामा परेको भएपनि सम्बन्धित निकायले कुनै चासो दिएको छैन ।

 

 

 

केही राजनैतिक दलका नेता तथा ठेकेदारको आफ्नै इच्छा अनुसार डिभिजन वन कार्यालय रौतहट अन्तर्गतको वन बनबहुअरी सब डिभिजन वन कार्यालयको क्षेत्रमा पर्ने वनको जग्गामा बनेको सो भवन यतिबेला अलपत्र अवस्थामा परेको हो । केही राजनैतिक दलका नेता तथा वन बनबहुअरीकै ठेकेदार देवराज अधिकारीले आफ्नै मनोमानी तरिकाले जंगलको छेउमा बनाएको वृद्ध आश्रम संचालनमा नआउदा राज्यको तीन करोड स्वाह भएको छ । वनको जग्गामा जंगलको छेउमा ठेकेदार अधिकारीले राज्य संयत्रको सेटिङमा बनाएको बृद्धाआश्रम अहिले भत्कले अवस्थामा पुगेको छ । जंगलको छेउमा भएका कारण समेत त्यहाँ आश्रम संचालनमा समस्या आएको चन्द्रपुर नगरपालिकाका जनप्रतिनिधिले बताएका छन् ।

 

 

 

जंगलको छेउमा सघन सहरी विकास मन्त्रालयले ठेकेदार अधिकारी मार्फत तीन करोड खर्च गरेर निर्माण गरेको वृद्धा आश्रम संचालनमा आउन नसकेर अलपत्र अवस्थामा पुगेको स्थानीयले बताए । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको खाली जग्गामा बनेको बुद्धा आश्रम नै राज्यको नियम विपरित रहेको र घना वनको छेउमा रहेका कारण संचलनमा ल्याउन समस्या भएको जानकारहरुको भनाइ रहेको छ ।

 

 

 

निर्माण सम्पन्न भएको दुइ बर्ष हुन लाग्दा समेत भवन संचालन आउन सकेन, के कारणले संचालन हुन नसकेको स्थानियले बुझ्m्न नसकेको बताउछछन् । उक्त भवनमा ठेकेदारको ईच्छा अनुसार अनकन्टार स्थानमा निर्माण भएका कारण समेत संचालनमा आँउन नसकेको जानकारहरुको भनाइ रहेको छ । करोडौको लागतमा बनेको सो भवन दुइ वर्षदेखी अलपत्र बनेको छ । राज्यको तीन करोड लगानी भएको सो भवन यतीबेला सम्म संचालनमा नआँउदा भवन प्रयोगमा नआँउदै भत्कने अवस्थानमा पुगेको एक स्थानीय बासिन्दाले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी, मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि नेपाली व्यापारीहरुले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न...

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

गोदावरी (कैलाली)।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका भौतिक संरचनाको अनुगमन गर्नुभएको छ । उहाँले आज धनगढीस्थित प्रदेश मन्त्रालय तथा विभिन्न सरकारी कार्यालयमा पुगेर क्षतिको अवस्थाबारे अस्थलगत अवलोकन गर्नुभएको हो । त्यस क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ९४ पैसा...

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी, मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि नेपाली व्यापारीहरुले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९