यसरी ढिलाई हुन्छ नेपालमा विकास आयोजनाहरु

काठमाडौ । नेपालको सम्पूर्ण परामर्शदात्री निकायहरूको साझा संस्था स्काफका अध्यक्ष इन्जिनियर ठाकुरप्रसाद शर्माले नेपालका विकाश आयोजना ढिलाई हुनुका रहस्यहरु खोलेका छन् । ललितपुरको सानेपास्थित एभरेष्ट इन्जिनियरिङ कलेजका अन्तिम वर्षका विद्यार्थीहरूसँग अन्तरकृया कार्यक्रममा यसबारे आफनो अनुभब सुनाएका हुन् । पढाई सकिएपछि कर्मक्षेत्रमा सफल हुन के कस्ता सिपहरू सिकेर जानुपर्दछ भन्ने विषयमा कार्यक्रम केन्द्रित थियो । लगभग ७० जना विद्यार्थीहरू र कलेजका विषय शिक्षकहरू सम्मिलित अन्तरकृयामा अध्यक्ष शर्माले सिकारु इन्जिनियरले काममा जाँदा के कस्ता कुरामा होस् पुयाउनु पर्दछ र आयोजना व्यवस्थापनमा के कस्ता समस्याहरू आउन सक्दछ भन्ने विषयमा जानकारी दिए । वार्षिक बजेटमा छुट्ट्याइएको रकमले आयोजना कार्यान्वयनमा पर्नसक्ने प्रभाव तथा स्थानीय मुद्दाहरूलाई पहिले नै आँकलन गर्न नसक्दा कसरी आयोजना कार्यान्वयनमा समस्या आउन सक्दछ भन्ने विषयमा नागढुङ्गा टनेल आयोजनाको उदाहरणसहित प्रकाश पारे । सुरक्षालाई प्राथमिकतामा नराख्दा आयोजनामा कसरी नकारात्मक प्रभाव पर्न सक्छ र यसको लगि नयाँ इन्जिनियरहरूले कसरी सतर्कता अपनाउनु पर्दछ भन्ने विषयमा पनि अध्यक्ष शर्माले विभिन्न आयोजनाहरूको उदाहरणसहित सप्रङ्ग रोचक व्याख्या गरे ।एआई र नयाँ प्रविधिहरू तथा सफ्टवेरहरूको इन्जिनियरिङमा लगातार प्रयोग बढिरहेको तर विश्वविद्यालयको पाठ्यक्रम त्यस अनुसार परिमार्जन हुन नसक्दा हुन गएको खाल्डो भर्न सीपमुलक तालिम कलेजले नै दिनुपर्ने कुरामा पनि अध्यक्ष शर्माले जोड दिए । समुहमा काम गर्न नसके पेशागत सफलता पाउन गाह्रो हुने हुँदा समुहमा काम गर्ने सीप विकासमा लाग्न पनि अध्यक्ष शर्माले विद्यार्थीहरूलाई सुझाव दिए ।
आगमी पाँच, दश र बीस वर्षपछि आफुले कस्तो पेशा अपनाउने भन्ने विषय अहिले नै निर्धारण गर्न सकेमा पछि गएर पेशगत सफलता पाउन सघाउने कुरामा जोड दिँदै अध्यक्ष शर्माले आफ्नो व्यक्तिगत अनुभव सुनाउँदै अहिलेदेखि नै आफुलाई मनपर्ने विषय छान्न सुझाव दिए । पेशागत सफलताको लागि आवस्यक पर्दा जोखिम मोल्न सक्नुपर्ने कुरा पनि अध्यक्ष शर्माले आफ्नै व्यक्तिगत अनुभवको आधारमा जानकारी दिए । कोभिड महामारीको समयमा नेपाली इन्जिनियरहरूले देखाएको आयोजना व्यवस्थापनको सफल अनुभवबाट एसियाली विकास बैंकले समेत नेपाली स्थानीय इन्जिनियरहरूको क्षमताको प्रसंसा गरेको अनुभव सुनाउँदै तत्काल सफलता नपाए पनि लगातार प्रयास गरेमा सफलता अवस्य पाउने दिलासा दिए । कार्यक्रममा स्काफ नेपालका उपमहासचिव इन्जिनियर मन्दाकिनी कार्की र कार्यकारी सदस्य इन्जिनियर दिपेन्द्र कुमार झासहित एभरेष्ट इन्जिनियरिङ कलेजका सिभिल इन्जिनियरिङ विभागका विभागीय प्रमुख रोमहर्ष ओली तथा विषय शिक्षक प्राडा हरिकृष्ण श्रेष्ठ पनि उपस्थित थिए । प्राडा श्रेष्ठले विद्यार्थीहरूको सीप विकास तथा इन्जिनियरिङ विषय अध्ययनको सकारात्मक प्रयोगको लागि उपयोगी हुने भएकोले यस प्रकारको कार्यक्रमको नियमितताको लागि कलेज व्यवस्थापनलाई अनुरोध गरे ।  विद्यार्थीहरूका प्रश्नहरूको उत्तर दिने क्रममा अध्यक्ष शर्माले आफूले जागिर खाएको कम्पनीलाई समयमै जानकारी दिएर मात्र छोड्न आग्रह गरे । स्थाई सरकारी जागिर किन छोड्नु भयो प्रश्नको उत्तरमा अध्यक्ष शर्माले आफूलाई पानीजन्य विषयमा काम गर्न रूची भएको तर सरकारी क्षेत्रमा काम गर्दा उक्त विषयमा काम गर्ने मौका कम भएको र वृत्तिविकासको अवसर पनि कम भएकोले स्नातकोत्तर अध्ययन पश्चात सरकारी जागिर छोडेको जानकारी दिए । इन्जिनियरिङको पेशागत काममा राजनीतिक दवाव कतिको आउँछ भन्ने प्रश्नमा नगरपालिकामा मेयरहरूले आफ्नो राजनीति अनुसारको काम गर्न र निर्णय गर्न दवाव दिने भएकोले अहिलेको परिस्थितिमा राजनीतिक दवाव प्रचुर भएको जानकारी दिए । अन्य विकसित देशमा विदेशी शैक्षिक प्रमाणपत्रलाई महत्व नदिने तथा नेपालमा प्रसस्त सम्भावना भएकोले नेपाली विद्यार्थीहरूले अध्ययन पश्चात पनि नेपालमै काम गर्न सुझाव दिए ।

 

 

अन्तरकृया कार्यक्रममा स्काफ नेपालका महासचिव इन्जिनियर कमल कार्कीले नेपालको निजी क्षेत्रमा काम तथा सम्भावना प्रचुर रहेको तर सफल हुन धैर्य पनि उतिकै आवश्यक भएको कुरा उजागर गर्दै नेपालकै परामर्शदातृ निकायहरूबाट नेपालमा सफल कार्यान्वयन भएका आयोजनाहरूको उदाहरण दिँदै देशमै काम गर्दा पनि सफल हुने कुरामा जोड दिए । हामी नेपालीले नेपालको विकास नगरे अरूले आएर नगर्ने तथ्यमा पनि इन्जिनियर कार्कीले जोड दिए ।

 

 

 

 

 

कार्यक्रममा एभरेष्ट इन्जिनियरिङ कलेजका प्रमुख कार्यकारी अधिकारी अरूणकुमार भण्डारीले यस प्रकारका अन्तरकृयाबाट विद्यार्थीहरूले पाठ्यक्रम भन्दा बाहेकको पेशागत उपयोगी विषयमा ज्ञान हासिल गर्न सक्ने भएकोले अनुभवी विज्ञहरूसँगको अन्तरकृयाबाट लाभ लिन विद्यार्थीहरूलाई सुझाव दिए ।
यसैवीच एभरेष्ट इन्जिनियरिङ कलेज तथा स्काफबीच समझदारी पत्रमा हस्ताक्षर समेत भएको थियो । अन्तरकृया कार्यक्रमको संयोजन तथा सञ्चालन कलेजका प्राचार्य इन्जिनियर विरोध रिजालले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...

पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण

दमौली (तनहुँ),  यहाँको भानु नगरपालिका-९ ले चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअनुसार किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै उत्पादन लागत घटाउने तथा किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले वडाभित्रका किसानको मागका आधारमा उपकरण वितरण गरिएको...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नागरिक सुनुवाइमै पत्रकार विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

कैलाली । इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ।   बिहीबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा केही व्यक्तिलाई मात्र छनोट गरेर पत्राचार गरिएको तर घोडाघोडी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९