समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक छ- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्तवादी संस्कृतिले खडा गरेको रूढीवाद, अन्धविश्वास, अन्धभक्तिलाई पाखा लगाएर समाजवादी संस्कृतिको जग बसाल्नुपर्नेमा जोड दिएका छन् । जनसांस्कृतिक महासङ्घ नेपालको आठौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक भएको बताए ।

 

 

“संस्कृतिको जग समाज हो । तसर्थ, समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरणको अहम् भूमिका रहन्छ,” प्रधानमन्त्रीले भने, “जनताको जीवनपद्धतिलाई समाजवादी संस्कृतिको आधारविन्दु मानी वैचारिकीकरण गरी सङ्ठगित गर्नुपर्छ ।”

 

 

 

 

जनयुद्धकालमा सांस्कृतिक आन्दोलनमा सामाजिक रूपान्तरण र सभ्य समाज निर्माणका लागि सङ्कल्प र पहल लिइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले समाजको आधारभूत तहमा पुगेर रूपान्तरणको पैरबी गर्ने, जनताको जीवनपद्धतिलाई समाजवादी संस्कृतिको आधारविन्दु मानी वैचारिकीकरण गर्नुपर्ने बताए । उनले उत्पादन र श्रम संस्कृतिको विकासका निम्ति स्थानीय क्लबहरूको निर्माण र परिचालन गर्नुजस्ता रचनात्मक क्रियाकलापमा लाग्नुपर्नेमा जोड दिए ।

 

 

 

“पूर्वीय दर्शन, चिन्तन परम्परा र हाम्रो राष्ट्रिय संस्कृति निकै समृद्ध छ,” प्रधानमन्त्री प्रचण्डले भने, “ज्ञान र दर्शनको कुनै राष्ट्रिय सीमा हुँदैन, मानवजातिले विश्वभरि आर्जन गरेका ज्ञान र अनुभवहरू सबैका साझा सम्पत्ति र गौरवसमेत हुन्, यद्यपि हामीले हाम्रो विशिष्टता र मौलिकताको सम्वर्द्धन र विकास गरेर मात्र ज्ञानविज्ञानको क्षेत्रमा नयाँ पहल लिन सक्छौँ ।” उनले सामन्तवादी संस्कृतिले खडा गरेका रूढीवाद, अन्धविश्वास, अन्धभक्ति एवं साम्राज्यवादी संस्कृतिले खडा गरेको शून्यवाद, उपभोक्तावाद र उत्तरआधुनिकतावादी चिन्तन र दृष्टिकोणका विरूद्ध समाजवादी संस्कृतिको जग बसाल्नु नै आजको मुख्य कार्यभार भएको बताए ।

 

 

 

 

“असल संस्कृति समृद्ध जीवनको प्राण हो, साहित्य, कला, नाट्य, गीतसङ्गीत, नृत्य, बास्तुकला जति पनि कलासँग सम्बन्धित विधाहरू छन्, तिनको संरक्षण, संवर्द्धन, विकास र समयानुकूल सुधार र रूपान्तरणको बलमा नै समाजवादी संस्कृतिको जग बसाल्न सकिन्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यस दिशामा जनसांस्कृतिक महासङ्घ जस्ता संस्थाहरूले नेतृत्वदायी भूमिका खेल्न सक्नुपर्दछ ।”

 

 

 

 

 

आन्दोलनमा सांस्कृतिक आन्दोलनलाई दृष्टिकोण निर्माणको प्रश्नसँग नजोडी कलासँग मात्र जोड्ने समस्या रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले श्रम संस्कृतिलाई उपेक्षा गर्ने मनोविज्ञान र संस्कृति क्रमशः बलशाली हुँदै गएकाले  राजनीतिकर्मीले सांस्कृतिक आन्दोलनलाई सहायक विषय ठान्ने प्रवृत्तिलाई पराजित गर्न गम्भीर समीक्षा र उपर्युक्त पहल लिन जरूरी रहेको बताए ।

 

 

 

 

प्रज्ञा प्रतिष्ठान, सङ्गीत तथा नाट्यकला प्रतिष्ठान, ललितकला प्रतिष्ठान लगायतका बौद्धिक एवं प्राज्ञिक मञ्चहरूमार्फत् परिवर्तनका उपलब्धीहरूको खोज, अध्ययन, अनुसन्धान र प्रकाशन गरी गणतन्त्रका बहुआयमिक उपलब्धीहरू आम जनसमुदायसम्म पुर्‍याउने जिम्मेवारी महासङ्घले लिनुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।

 

 

 

वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक परिस्थिति र घटनाक्रममा उतारचढावजस्तो देखिए पनि वर्तमान सत्ता समीकरणमा कुनै समस्या नभएको बताए । सरकारले गरेका ऐतिहासिक पहल र महत्त्वपूर्ण उपलब्धीहरू आम जनसमुदायसम्म पुर्‍याई परिवर्तनको पक्षमा जनमत निर्माण गर्न प्रधानमन्त्रीले आग्रह गरे ।

 

 

 

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा साहित्य, कला र संस्कृतिको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै सोहीअनुरूप बजेट विनियोजन गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले समुदायसँगको सहकार्यमा पुराना बस्ती भएका स्थानमा संग्रहालय स्थापना गरिने बताए ।

 

 

 

कीर्तिपुर, बन्दीपुर, बुङ्‍मती, थिमी, गोरखा, जनकपुर र मटिहानी लगायतका स्थानको इतिहास, संस्कृति, भाषा र सभ्यतालाई संरक्षण र सम्वर्द्धन गर्न विविध कार्यक्रम सञ्‍चालन गरिने विषय बजेटमा उल्लेख भएको छ । भाषा, साहित्य, दर्शन, संस्कृति, कला, सङ्गीत, नाट्य लगायतका अमूर्त सांस्कृतिक क्षेत्रको विकास र प्रवद्र्धन गर्ने, प्रतिलिपि अधिकारको संरक्षण र नियमन गर्ने, जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने र राजतन्त्रदेखि गणतन्त्रसम्मको अभिलेख रहने गरी ऐतिहासिक संग्रहालय निर्माण गर्ने लगायतका महत्त्वपूर्ण कार्यक्रमहरू यस वर्षको बजेटमा समावेश छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पुल नहुँदा सास्ती

तुलसीपुर (दाङ),तुलसीपुर उपमहानगरपालिका–१३ स्थित तुइसोताले त्यहाँका बासिन्दालाई बर्सेनि पिरोल्छ । फूलबारीको बराखुट्टी जाँदासम्म नौपटक तर्नुपर्छ, तर पनि त्यो खोलामा पक्की पुल नहुँदा स्थानीयलाई निकै समस्या पर्छ । त्यहाँ कुनै पनि खोलामा पक्की पुल छैन । त्यसले गर्दा गाडी आवतजावतमा पनि निकै समस्या हुने गरेको स्थानीय...

लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकार गरेको हुँ : मुख्यमन्त्री यादव

जनकपुरधाम,  मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लोकतन्त्रको संस्थागत विकासका लागि आफूले मुख्यमन्त्री पद स्वीकार गरेको बताउनुभएको छ । आज जनकपुरधाममा पत्रकार सम्मेलन  गरी उहाँले आफू वर्तमान संविधानअनुसार  मुख्यमन्त्री बनेको जानकारी दिँदै  मधेसका समस्या समाधान गर्न पद स्वीकार गरेको स्पष्ट पार्नुभयो । नेपाल कम्युनिष्ट...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ,  मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छभने चाँदी तोलामा रु ५ ले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४४ हजार ३०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी रु तीन हजार १७५ मा...

कम्बोडियाद्वारा थाइल्यान्डको सीमा क्षेत्रमा नयाँ बारुदी सुरुङ राखेको आरोपअस्वीकार

नोमपेन(कम्बोडिया), थाइल्यान्डको सिमा क्षेत्रमा नयाँ बारुदी सुरुङ् राखिएको भन्ने थाइल्यान्डको आरोपलाई अस्वीकार गदै कम्बोडियाको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।“कम्बोडिया सरकारले विज्ञप्तिमा थाइल्यान्डको सीमामा कम्बोडियाले नयाँ बारुदी सुरुङ राखेको आरोपलाई खण्डन तथा अस्वीकार उल्लेख गरिएको छ ।     कम्बोडियाको गृहयुद्धको लगभग तीन दशक देखि, कम्बोडिया–थाइल्यान्ड...

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

मुग्लिन (चितवन),  मङ्गलबार साँझ इच्छाकामना गाउँपालिका–२ हपनीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार फिस्लिङबाट हपनीतर्फ गइरहेको जिप दुर्घटनामा हपनीका ८० वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको हो ।     दुर्घटनामा सोही स्थानका...

खयरमारामा व्यवसायिक अम्बा र कागतीखेती

महोत्तरी,  बर्दिबास–११ खयरमाराका किसान निलहरि गौतमले एक बिघा क्षेत्रफलमा एक हजार बढी उन्नत जातका अम्बा तथा पाँचसय कागतीका विरुवा लगाउनुभएको छ । कामका लागि मुलुकका विभिन्न क्षेत्र पुगे पनि अहिले पैतृक ठाउँमै बिताउने इच्छाले अम्बा र कागती विरुवा लगाइएको उहाँको भनाइ छ । यहाँको...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

प्राविधिक विद्यार्थीले बनाए विभिन्न उपयोगी कृषिका उपकरण

मोरङ,कोशी प्रदेश सरकारद्वारा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषिका लागि विभिन्न उपयोगी उपकरण निर्माण गरेका छन् । विश्वविद्यालयको आङ्गिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीनवर्षे डिप्लोमातर्फ अध्यनरत अन्तिम वर्षका विद्यार्थीले एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ र स्मार्ट सिटीका लागि सोलारबाट चल्ने स्मार्ट सिटीको...

लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोडको एमआरआई मेसिन

लुम्बिनी,बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रु १२ करोड खर्चेर १२८ स्लाइसको एमआरआई मेसिन ल्याइएको छ । मेसिन आपूर्तिकर्ता कम्पनीले अस्पतालमा मेसिन जडान पनि थालेको छ ।आगामी दुई महिनाभित्रमा सेवा सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा इन्द्र ढकालले जानकारी दिनुभयो । लुम्बिनी...

रोहितले दार्जिलिङमा टेनिस खेल्ने

काठमाडौँ,  नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनवारले दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । नोभेम्बर १४ देखि १६ तारिखसम्म भारतको दार्जिलिङमा हुने प्रतियोगितामा सहभागी हुन रोहित भोलि  जाँदैछन् । रोहितले भेट्रान ४५ वर्षमाथि पुरुष सिङ्गल्स र डबल्समा खेल्नेछन् । डबल्समा रोहितले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९