ट्रम्प सबै ३४ आरोपमा दोषी, जुलाई ११ मा सजाय तोकिने

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सबै ३४ आरोपमा दोषी ठहर गरिएको छ । उनी २०१६ मा व्हाइट हाउस आउनु अघि पूर्व पोर्न स्टार स्टर्मी डेनियलसँगको आफ्नो यौन सम्बन्ध लुकाउनको लागि व्यापार रेकर्ड झूटा गरेको आरोप छ ।

 

ट्रम्प दोषी घोषित हुने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । यद्यपी ट्रम्पले आफूविरुद्ध दर्ता भएको मुद्दालाई अपमानजनक र धोखाधडी भएको बताएका छन् । ट्रम्प आफ्नो छोरा एरिकको हात समातेर अदालतबाट बाहिर निस्किने क्रममा न्यायाधीशलाई विवादास्पद भनेका थिए । उनले भने, यो लाजमर्दो कुरा भएको बताउदै यो मुद्दा एक विवादास्पद न्यायाधीशद्वारा संचालित एक धाँधली परीक्षण भएको टिप्पणी गरेका छन् ।

 

 

उनले भने, ‘यतिबेला देशैभर धाँधली भइरहेको छ । बाइडेन प्रशासनले राजनीतिक प्रतिद्वन्द्वीलाई चोट पुर्याउन यो सबै गरेको हो । मामिला टुंग्याउन धेरै समय छ । हामी हाम्रो संविधानको लागि लड्नेछौं । हाम्रो देश पहिलेको जस्तो रहेन, हामी विभाजित अवस्थामा छौं ।’

 

 

अर्कोतर्फ, ट्रम्पलाई दोषी ठहर गरेपछि बाइडेनका चुनावी अभियानका प्रवक्ताले कानुनभन्दा माथि कोही नभएको बताएका छन् । अब आगामी जुलाई ११ मा ट्रम्पका यी अपराधका लागि सजायको सुनुवाई हुने भएको छ ।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९