ट्रम्प दोषी ठहर, अब राष्ट्रपति चुनाव लड्न पाउछन् ?

काठमाडौँ । न्यूयोर्कको एक अदालतले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोषी ठहर गरेको छ । सजाय जुलाई ११ मा सुनाइनेछ । ट्रम्पले यो निर्णयलाई लाजमर्दो र धाँधली भएको बताएका छन् ।अमेरिकी इतिहासमा वर्तमान वा पूर्व राष्ट्रपतिलाई आपराधिक मुद्दामा मुद्दा चलाइएर दोषी ठहराइएको पहिलो पटक हो । ट्रम्प रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार हुन् ।

 

 

उनलाई दोषी ठहराएपछि ट्रम्पको अभियान टोलीले उनलाई ‘राजनीतिक बन्दी’ को रूपमा प्रस्तुत गरेको र यसपछि ठूलो संख्यामा मानिसले चन्दा दिएको दाबी गरिएको छ ।बाइडेन सत्तारुढ डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार हुन् । ट्रम्पले २०१६ को राष्ट्रपति चुनाव अघि उनलाई चुप लगाउन पोर्न स्टार स्टर्मी डेनियललाई भुक्तानी गरेक ओर्क लुकाएको र आफ्नो व्यापार रेकर्ड झूटो देखाएको आरोप लागेको थियो ।

 

 

 

ट्रम्पले आफूमाथि लगाइएको कागजात छेडछाड गरेको आरोपलाई अस्वीकार गर्दै आएका छन् । उनले स्टर्मी डेनियलसँग यौन सम्पर्क गरेको कुरालाई पनि अस्वीकार गरेका छन् ।दोषी ठहर भए पनि ट्रम्प यसै वर्ष नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावमा उम्मेदवार बन्न सक्नेछन् ।

 

 

 

अमेरिकी संविधानले राष्ट्रपति पदका उम्मेदवारका लागि अपेक्षाकृत न्यूनतम योग्यता ३५ वर्षको उमेर भएको, संयुक्त राज्यको आजीवन नागरिक भएको र कम्तीमा १४ वर्षसम्म संयुक्त राज्य अमेरिकामा बसेको उल्लेख गरेको छ ।आपराधिक अभिलेख भएका उम्मेदवारलाई चुनाव लड्न नदिने कानुन छैन, जेलमा रहेका व्यक्तिले पनि राष्ट्रपतिको चुनाव लड्न सक्छन् ।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९