गौतम बुद्ध प्रतिभा पुरस्कार स्थापना गरियोस्

 

नेपालका  विश्वविद्यालयको गुणस्तरलाई सुधार्न ढिलो भइसक्यो। गुणस्तर सुधारका केही उपायमध्ये एउटा हो सरकारले उच्च शिक्षामा आबद्ध प्राज्ञको मनोबल उच्च राख्ने कार्य गरिरहनु  तथा उनीहरूलाई प्रोत्साहित गरिरहनु पनि हो। पुरस्कार, मान , सम्मानले मानिस प्रोत्साहित हुन्छ। तसर्थ,  नेपाल सरकारलाई मेरो अनुरोध के छ भने निम्न विधामा वार्षिक रूपले प्रदान गरिने  गरी अमेरिकी डलर दुई लाख बराबरको (आयकर मिनाहा) नेपाली रुपैयाँको ‘गौतम बुद्ध प्रतिभा पुरस्कार’  प्रत्येक विधाको लागि स्थापन गरियोस्।

 

 

नेपाली मुलको नेपालमै बसेर कार्यरत् प्राज्ञ अथवा नेपाली मुलको विश्वको कुनै पनि कुनामा बसेर कार्यरत् प्राज्ञले उक्त पुरस्कार प्राप्त गर्न सक्ने गरी पुरस्कारको स्थापना गर्नुपर्छ  (एक वर्ष स्वदेश अर्को वर्ष विदेशमा कार्यरत् प्राज्ञलाई पालैपिलो पुरस्कार प्रदान गर्दा अझ राम्रो)।

 

 

 

तर, यो पुरस्कार प्राप्त गरिसकेपछि नेपालका विश्वविद्यालय अथवा अनुसन्धान केन्द्रमा आबद्ध भएर तीन वर्ष अनिवार्य कार्य गर्नुपर्ने छ र कम्तीमा दुई जना नेपाली विद्यार्थीलाई विद्यावारिधि तहको अनुसन्धान गराउनु पर्दछ।

 

 

 

यो पुरस्कार प्राप्त गरिसकेको प्राज्ञलाई नेसनल प्रोफेसरको दर्जा दिएर आजीवन मासिक एक हजार अमेरिकी डलर बराबरको नेपाली रुपैयाँ भत्तास्वरुप तथा आवास  गृहको लागि मासिक २५० अमेरिकी डलर   उपलब्ध गराउनु पर्दछ (आयकर मिनाहा)।

 

 

आजीवन मासिक एक हजार अमेरिकी डलर बराबरको नेपाली रुपैयाँ भत्तास्वरुप तथा आवास  गृहको लागि मासिक २५० अमेरिकी डलर  लिएको खण्डमा सेवा सुविधा लिएको अवधिभर नेपालको कुनै पनि विश्वविद्यालयमा प्राध्यापन तथा अनुसन्धान कार्यमा अनिवार्य संलग्न हुनु पर्दछ।

 

 

 

पुरस्कारको लागि मनोनयन र छनौट समिति निर्माण गर्दा  सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा (पूर्व ) उपकुलपतिहरूको संयुक्त समूहका साथसाथै विज्ञ समूहमा स्वदेश तथा विदेशका लब्ध प्रतिष्ठित विश्वविद्यालयका प्राज्ञको संलग्नता हुनु पर्दछ।

पुरस्कारको लागि प्रस्तावित विषयहरू :

१ साहित्य, कला , तथा संस्कृति

२ गणित , तथ्यांकशास्त्र तथा कम्पुटर विज्ञान

३ भौतिक शास्त्र

४ रसायन शास्त्र

५ जीव विज्ञान तथा चिकित्सा विज्ञान।

६  शान्ति

७ अर्थशास्त्र

८ कानुन तथा कूटनीति।

पुरस्कारको आर्थिक व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा यसको सिधा उत्तर छ- हाम्रा सबै नेताहरू भन्दै हुनुहुन्छ भ्रष्टाचारीलाई हामी छोड्दैनौं। यदि उहाँहरूको भनाइ सही हो भने भ्रष्टाचारीको सम्पत्ति लिलाम गर्ने र  पुरस्कारको लागि अक्षय कोषको स्थापना गर्ने।

(खनाल काठमाडौं विश्वविद्यालयका प्राध्यापक हुन्।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी, मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि नेपाली व्यापारीहरुले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न...

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

गोदावरी (कैलाली)।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका भौतिक संरचनाको अनुगमन गर्नुभएको छ । उहाँले आज धनगढीस्थित प्रदेश मन्त्रालय तथा विभिन्न सरकारी कार्यालयमा पुगेर क्षतिको अवस्थाबारे अस्थलगत अवलोकन गर्नुभएको हो । त्यस क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ९४ पैसा...

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी, मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि नेपाली व्यापारीहरुले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९