सिने सर्कल अवार्ड सम्पन्न, उद्योगपतिले चौधरीले गरे प्रशंसा

काठमाडौं  । सिनेमा सर्कल नेपालको आयोजनामा शुक्रबार राजधानी काठमाडौंस्थित आर्मी अफिसर्स क्लबमा सिने सर्कल अवार्ड सम्पन्न भएको छ।विगतमा जस्तै पर्दा पछाडिका कलाकर्मी पोष्टर, भिएफएक्स, स्टण्डजस्ता विधालाई प्राथामकता दिदै आएको यस अवार्डको सातौँ संस्करणमा समेत तिनै पर्दा पछाडिका कलाकर्मीलाई प्राथामिकता दिएको थियो।

 

 

 

चौधरी ग्रुपका एमडी बरुण चौधरी र सिनेमा सर्कल नेपालका अध्यक्ष दिनेश डिसीको संयुक्त आयोजना रहेको यस कार्यक्रममा वरिष्ठ मेकअप आर्टिष्ट अशोक रोक्का र वरिष्ठ चलचित्र सम्पादक नरेन्द्र खड्कालाई नगद रु ५१ हजारसहित सम्मान गरिएको थियो।कार्यक्रममा स्वागत मन्तव्य दिँदै सिनेमा सर्कल नेपालका संरक्षक समेत रहेका चौधरी कार्यक्रमको प्रशंसा गर्दै नेपालमा सिनेमा सर्कल नेपलाबाट आयोजित यस कार्यक्रममा सहभागी हुन विश्वको जुनसुकै कुनामा भएपनि नेपाल आउने गरेको र आगामी दिनमा सहभागी हुने वाचा व्यक्त गरेका थिए।

 

 

 

त्यस्तै आफ्नो घर सरस्वतीको मन्दिर भएको बताउँदै बुवा विनोद चौधरीले गाएको गीत ‘एकै नजरमा माया वस्यो है…’ काका वसन्त चौधरीको गीतहरु स्मरण गर्दै आफू सांगीतिक माहोलमा घुलमिल भएको बताए।चलचित्र वासुदेवदेखि पुजार सार्कीसम्म सम्झन भ्याएका चौधरीले राजेश हमाल, शिव श्रेष्ठ निर शाहदेखि प्रदीप खड्कासम्म, मिथिला शर्मादेखि सुरक्षा पन्तसम्म स्मरण गरेका थिए। नेपाली चलचित्र क्षेत्रलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नेपाली चलचित्र क्षेत्रमा फुलेका फुलहरुले नेपाल देशलाई सुगन्धित बनाएको उनको तर्क थियो ।

 

 

 

 

अवार्ड’मा सौगात मल्ल र स्वस्तिमा खड्काले ‘उत्कृष्ट नायक–नायिका’को अवार्ड जितेका छन्। सौगातले फिल्म ‘अगस्त्य’बाट उत्कृष्ट नायकको अवार्ड जित्दै गर्दा स्वस्तिमाले फिल्म ‘दिमाग खराब’बाट उत्कृष्ट नायिकाको अवार्ड जितिन्।यस्तै, निश्चल बस्नेतले ‘दिमाग खराब’बाट ‘उत्कृष्ट निर्देशक’को अवार्ड जिते। ‘उत्कृष्ट फिल्म’ ‘दिमाग खराब’ बनेको थियो।

 

 

 

कार्यक्रममा पोस्टर डिजाइनरको अवार्ड ‘बुलाकी’बाट राकेश दाहाल, ‘उत्कृष्ट ट्रेलर’को अवार्ड बन्दे प्रसादले फिल्म ‘काँडेतार’बाट, ‘उत्कृष्ट स्टन्ट’को अवार्ड फिल्म ‘काँडेतार’बाट लक्ष्मण सेञ्चुरीले प्राप्त गर्दा अञ्जु पन्तले फिल्म ‘बगान’बाट ‘उत्कृष्ट गायिका’को अवार्ड प्राप्त गरिन् भने फिल्म ‘जारी’बाट उपेन्द्र सुब्बाले ‘नव निर्देशक’को अवार्ड जितेका थिए।

 

 

 

 

निशान भट्टराईले फिल्म ‘परदेशी २’बाट ‘उत्कृष्ट गायक’, अनुपम गौतम शर्माले ‘उपहार’बाट ‘उत्कृष्ट भीएफएक्स’, ‘अगस्त्य’बाट श्री श्रेष्ठले ‘उत्कृष्ट एक्सन’, रामजी लामिछानेले ‘नांगो गाउँ’बाट ‘उत्कृष्ट कोरियोग्राफर’, सुभाष भुसालले फिल्म ‘बगान’बाट ‘उत्कृष्ट संगीतकार’, निमेष श्रेष्ठले फिल्म ‘दिमाग खराब’बाट ‘उत्कृष्ट सम्पादक’को अवार्ड प्राप्त गरेका थिए भने सुशन प्रजापतिले फिल्म ‘दिमाग खराब’बाट उत्कृष्ट छायांकारको अवार्ड ,  ‘उत्कृष्ट पटकथा’को अवार्ड ‘जारी’बाट उपेन्द्र सुब्बा, उत्कृष्ट खलपात्रको अवार्ड फिल्म ‘अगस्त्य’बाट प्रमोद अग्रहरिले प्राप्त गरेका थिए ।

 

 

 

यस्तै, ‘उत्कृष्ट पर्दाको जोडी’को अवार्ड दयाहाङ राई र मिरुना मगरलाई प्रदान गर्दै गर्दा क्रिटिक्स अवार्डतर्फ नै ‘उत्कृष्ट नायक–नायिका’को अवार्ड फिल्म ‘बुलाकी’बाट नरेन खड्का र सुरक्षा पन्तले प्राप्त गरेका थिए। क्रिटिक्स अवार्डतर्फ ‘उत्कृष्ट निर्देशक’को अवार्ड प्रमोद शाहीले ‘अन्तिम संस्कार’बाट र ट्रेन्ड सेटरको अवार्ड निर्देशकद्धय रामबाबु गुरुङ र प्रदीप भट्टराईलाई प्रदान गरिएको थियो।

 

 

 

विगतका श्रृंखलामा चर्चित भारतीय कलाकार तथा एमपी शत्रुधन सिन्हा, माला सिन्हा, गोविन्दालगायतको उपस्थितिमा भएको थियो।यो अवार्ड नेपालमा निरन्तर सात बर्षदेखी हुँदै आएको छ। आयोजक सिनेमा सर्कल नेपालका अध्यक्ष समेत रहेका निर्देशक तथा कलाकार दिनेश डिसीले यो निरन्तर हुँदै आएको राष्ट्रियस्तरको एक मात्र रहेको दाबी गरेका थिए।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...

पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण

दमौली (तनहुँ),  यहाँको भानु नगरपालिका-९ ले चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअनुसार किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै उत्पादन लागत घटाउने तथा किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले वडाभित्रका किसानको मागका आधारमा उपकरण वितरण गरिएको...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नागरिक सुनुवाइमै पत्रकार विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

कैलाली । इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ।   बिहीबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा केही व्यक्तिलाई मात्र छनोट गरेर पत्राचार गरिएको तर घोडाघोडी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९