अमेरिकामा राष्ट्रपतिको चुनाव जेलबाट लड्न मिल्छ ?

काठमाडौँ । अमेरिकी राजनीतिमा डोनाल्ड ट्रम्प अपराधमा दोषी ठहरिने पहिलो पूर्व वा सेवारत अमेरिकी राष्ट्रपति बनेका छन्।न्यूयोर्कस्थित म्यानहट्टन अदालतले बिहीबार ट्रम्पलाई ३४ अपराधमा दोषी ठहर गरेको छ । अब यसको सजायको सुनुवाई जुलाई ११ मा हुने बताइएको छ । उनीहरुले त्यसको विरुद्धमा पुनरावेदन गर्न पाउने छन् र निर्णय यथावत रहेमा पनि उनीहरुलाई जरिवाना आदि लाग्ने उच्च सम्भावना छ ।तर सबैभन्दा नराम्रो अवस्थामा, उनी जेलमा परे भने पनि ट्रम्प उम्मेद्वार रहन सक्छन् र जेलबाटै अमेरिकी राष्ट्रपतिको चुनाव लड्न सक्छन् ।

सजाय पाएका व्यक्तिले राष्ट्रपतिको चुनाव कसरी लड्न सक्छन् ?

जर्ज वाशिंगटन १७८९ मा अमेरिकाको पहिलो राष्ट्रपति बने, त्यसपछि राष्ट्रपति पदको उम्मेदवारीको लागि कानूनी योग्यताको नियम परिवर्तन भएको छैन । अमेरिकी राष्ट्रपतिको उम्मेदवारका लागि आवश्यक योग्यता भनेको उनीहरू अमेरिकामा जन्मिएको र निश्चित उमेर (३५ वर्षभन्दा माथि) भएको रहेको छ ।

 

 

 

गृहयुद्धपछि अमेरिकाविरुद्ध विद्रोहमा संलग्न व्यक्तिहरूलाई रोक्नको लागि १४ वर्षसम्म अमेरिकामा बसेको हुनुपर्ने नियम पनि लागू गरियो ।यद्यपि, सर्वोच्च अदालतले डोनाल्ड ट्रम्प विरुद्ध यो नियम प्रयोग गर्ने कुनै पनि सम्भावनालाई अस्वीकार गरेको छ । तर सजाय पाएका व्यक्तिलाई ह्वाइट हाउसको लागि उम्मेदवार बन्न कुनै बाधा हुने छैन ।संविधान लेख्नेहरूले राष्ट्रपति को बन्ने भन्नेमा धेरै प्रतिबन्ध लगाएनन् र यही नीतिका कारण तीन जना उम्मेदवारले जेलबाटै राष्ट्रपतिको प्रचारप्रसार गरेका थिए ।
जसमध्ये युजीन डेब्स जेलमा हुँदा १९२० मा राष्ट्रपतिको दौडमा रहेका सबैभन्दा महत्त्वपूर्ण उम्मेद्वार थिए ।

 

 

 

उनी २०औं शताब्दीको प्रारम्भमा अमेरिकाको समाजवादी पार्टीको एक प्रमुख सदस्य बने । उनी सन् १९०४, १९०८, १९१२ र १९२० मा राष्ट्रपतिको उम्मेदवार बनेका थिए । उनी देशद्रोहको दोषी ठहरिए र अप्रिल १९१९ मा जेल पठाइयो । जेलमा रहँदा उनले अर्को वर्ष चुनाव लडेका थिए ।लिन्डन लारोचेले पनि जेलमै रहेका बेला राष्ट्रपतिको उम्मेदवार बनेका थिए । १९७६ देखि २००८ सम्म, उनको नाम प्रत्येक चुनावमा मतपत्रमा लोकतान्त्रिक वा कुनै अन्य पार्टीको उम्मेदवारको रूपमा देखा पर्यो ।

 

 

 

१९८९ मा उनी मेल धोखाधडीको दोषी ठहरिए र १५ वर्षको जेल सजाय पाए । त्यसपछि १९९२ को चुनाव आयो र उनी उम्मेदवार बने । उनले २७ हजार मत पाएका थिए । पछि उनको सजाय घट्यो र उनी पनि १९९४ मा जेलबाट रिहा भए । त्यसपछि उनले सन् १९९६, २०००, २००४ र २००८ को राष्ट्रपतीय निर्वाचनमा पनि भाग लिए ।त्यस्तै जोसेफ स्मिथले पनि जेलबाट राष्ट्रपतिको चुनाव लडेका थिए । उनी जेलमै रहेको बेला सन् १८४४ को चुनावमा सुधार पार्टीका उम्मेदवार थिए । पार्टीले बहुविवाहलाई बढावा दिएको थियो र स्मिथको विचारलाई प्रचार गरेको थियो । उनका २० श्रीमती रहेको बताइन्छ ।

 

 

 

जोसेफ माल्डोनाडो-प्यासेजले पनि आगामी  नोभेम्बरमा हुने निर्वाचनमा लड्ने घोषणा गरेका छन्।२०२० मा, नेटफ्लिक्स डकुमेन्ट्री ‘टाइगर किंग’का स्टार र जोए एक्सोटिक भनेर चिनिने जोसेफले डेमोक्रेटका रूपमा चुनाव लड्ने इच्छा व्यक्त गरेका थिए । उनी पशु क्रूरता र प्रतिद्वन्द्वी चिडियाखाना मालिकको हत्या गर्ने षड्यन्त्रको आरोपमा २० वर्षको जेल सजाय काटिरहेका छन् । उनी चुनावमा उम्मेदवार बनेमा अहिलेसम्म जेलबाट चुनाव लड्ने चौथो उम्मेदवार हुने छन् ।

 

 

 

अब ट्रम्पले उनी दोषी ठहरिएको आरोपमा जेल सजाय भएमा जेलबाट चुनाव लड्ने अहिलेसम्मकै सबैभन्दा महत्वपूर्ण व्यक्ति हुनसक्छन् । उनी जेलमा नपरे पनि ध्रुवीकृत राष्ट्रको आधा भागका लागि सजाय पाएको उम्मेदवार भने हुनेछन् । उनको दल रिपब्लिकनका धेरै जस्तो मतदाता ट्रम्प जेल नपरेपनि उनलाई मत दिने या नदिने विषयमा विभाजित हुने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९