Baigyanik Media

Advertisement

Skip Ad

काठमाडौँ महानगरले ‘वुमन अफ द वर्ल्ड’ फेस्टिभल आयोजना गर्छ- उपप्रमुख डंगोल

काठमाडौँ । वेलायतको मेनचेष्टरमा आयोजना भएको ‘वुमन अफ द वर्ल्ड फेस्टिभल’मा सहभागी भएर काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल आज स्वदेश फर्किएकी छन् ।स्वदेश फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा फेस्टिभलका विषयमा कुरा गर्दै उनले, आउँदो नोभेम्बर महिनामा काठमाडौँले व्रिटिस काउन्सिलसँगको सहकार्यमा फेस्टिभल आयोजना गर्ने बताइन् ।

 

 

 

 

‘विश्वका महिलाहरुको पारिवारिक, सामाजिक, राजनीतिक, आर्थिकलगायत विविध आयामबाट अवस्था बुझ्ने अवसर प्राप्त भयो । वास्तवमा यो अपूर्व अवसर थियो ।’ डंगोलले भनिन, ‘अवस्थालाई अवसरमा रुपान्तरण गरिएका कथाहरु हाम्रा लागि सिकाइ बनेका छन् । यो सिकाइलाई हामी महिलाहरुको सार्थक र सक्रिय सशक्तिकरणका लागि उपयोग गर्छौँ ।’

 

 

 

सम्मेलनमा संगीत, कला, साहित्य, राजनीति, अभियन्ता, लेखकसहित विभिन्न क्षेत्रका विश्वस्तरका वक्ताहरुलाई आमन्त्रण गरिएको थियो । राजनीति क्षेत्रको प्रतिनिधित्व गर्दै अष्ट्रेलियाकी पहिलो महिला प्रधानमन्त्री जुलिया गिलर्ड र काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विचार राखेकी थिइन् । फेस्टिभलको संवाद सत्रमा उनीहरुलाई ‘वुमन अफ द वल्र्ड’ अभियानकी संस्थापक जुड केलीले संवाद गरेकी थिइन् ।

 

 

 

संवादमा महिलाहरुका परिस्थिति र प्रतिकुलताबाट उठ्नका लागि गर्न सकिने सहभागितामूलक कामका विषय समेटिएका थिए । संवादमा उपप्रमुख डंगोलले, नेपाली राजनीतिमा महिलाहरुको सहभागिता बढ्दै गएको बताएकी थिइन् ।

 

 

सम्मेलनपछि विभिन्न द ब्रिटिस एकेडेमी, ब्रुनल युनिभर्सिटी, रोयल जिओग्राफिकल सोसाइटीसहित विभिन्न संघसंस्थाले आयोजना गरेको ‘इन्डिजिनाइजिङ् द हिमालयज’ कार्यक्रममा सहभागी हुनुभयो । नेपालका हिमाली क्षेत्रका तस्विर देखेर बनाइएका गलत धारणा र प्रचारलाई सुधार गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागी हुँदै उहाँले नेपाली संस्कृतिको उचाइलाई घट्न नदिन सबै प्रकारका प्रयासहरु गरिरहनु पर्ने बताइन् । यस क्रममा अक्सफोर्ड विश्वविद्यालयमा ‘सहरीकरणको अभ्यास ः अवस्था र आवश्यकता’ विषयमा काठमाडौँको प्राचीनता जोगाउन र आधुनिक आवश्यकता पूरा गर्न महानगरपालिकाले गरेको प्रयासका बारेमा प्रस्तुतिकरण गरेकी थिइन् ।

 

 

 

लण्डनस्थित वेलायतका लागि नेपालको राजदूताबासले आयोजना गरेको नेपाली समुदायको अन्तरक्रियात्मक कार्यक्रममा सहरी विकास र व्यवस्थापनमा काठमाडौँ महानगरपालिकाले गरिरहेका प्रयास र राष्ट्रिय अन्तरराष्ट्रिय सम्बन्धका विषयमा कुराकानी भएको थियो ।

 

 

 

व्रिटिस काउन्सिलको निमन्त्रणामा उनी फेस्टिभलमा सहभागी हुन जेठ ९ गते प्रस्थान गरेकी थिइन् । मेनचेष्टर सहरको अभोभा स्टुडियोमा जेठ ११ सुरु फेस्टिभल सुरु भएको थियो । फेस्टिभलमा सहभागी हुन उनीसँग वडा सदस्य श्रृष्टि कंसाकार, सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई, महाशाखा प्रमुख श्रृजुमैयाँ प्रधान गएकी थिइन् ।

 

 

स्थानीय, राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रका महिलाहरुका बिच अन्तरक्रिया र अनुभव आदानप्रदान हुने फेस्टिभल हरेक बर्ष आयोजना हुने गरेको छ । यो सन् २०११ मा लण्डनको साउथ वैङ्कबाट सुरु भएको हो । यसअघिका कार्यक्रममा मलाला युसुफजाइ, एनी लेनोक्स, प्याट्रिक स्वीवर्ट, जुली वाल्टर्ससहित विश्व प्रख्यात महिलाले वक्ताका रुपमा सहभागी भइसका छन् । लैङ्गिक समानता र समावशीकरणका लागि सकारात्मक परिवर्तन गराउन महिलाहरुको आवाजलाई सशक्त बनाउनु कार्यक्रमको लक्ष्य हो ।

हाल सम्म विश्वका ६ महादेशहरुको ४५ भन्दा वढी स्थानहरुमा ५० लाख भन्दा वढी व्यक्तिहरुले सहभागिता जनाइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

नदीमा हामफालेर दुई जना बेपत्ता

अदानचुली (हुम्ला),  चङ्खेली गाउँपालिकामा नदीमा हामफालेर दुई जना बेपत्ता भएका छन् । आज बिहान सामाजिक सञ्जाल ‘फेसबुक’मा ‘स्टाटस’ लेख्दै बेपत्ता भएका चङ्खेली गाउँपालिका–४ का हंस बुढा र कर्मा बोहोराले आत्महत्या गर्ने उद्देश्यले नदीमा हामफालेको अनुमान गरिएको छ । प्रहरी सहायक निरीक्षक शङ्कर पोखरेलले थानीयले...

एमाले सचिवालय बैठक आइतबार

काठमाडौँ, जेनजी समूहको आन्दोलन र नयाँ राजनीतिक परिस्थितिबारे छलफल गर्न आइबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक हुने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १ः०० बजे गुण्डुस्थित आफ्नो निवासमा सचिवालय बैठक बोलाउनुभएको एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख...

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ २६ पैसा र...

चीनमा सुरुङ भत्किएपछि तीन मजदुरको मृत्यु, अनुसन्धान जारी

झेनपिङ, शानक्सी, चीनको शानक्सी प्रान्तको झेनपिङ काउन्टीमा रहेको कोइला खानीको सुरुङ भत्किएर फसेका तीनै जना मजदुरको शनिबार बिहान मृत्यु भएको छ । बिहीबार भएको उक्त दुर्घटनामा आठ जना मजदुरहरू मर्मतसम्भारको काम गर्दै थिए । पाँच जना मजदुर सुरक्षित रूपमा बाहिर निस्कन सफल भए भने...

नदीमा हामफालेर दुई जना बेपत्ता

अदानचुली (हुम्ला),  चङ्खेली गाउँपालिकामा नदीमा हामफालेर दुई जना बेपत्ता भएका छन् । आज बिहान सामाजिक सञ्जाल ‘फेसबुक’मा ‘स्टाटस’ लेख्दै बेपत्ता भएका चङ्खेली गाउँपालिका–४ का हंस बुढा र कर्मा बोहोराले आत्महत्या गर्ने उद्देश्यले नदीमा हामफालेको अनुमान गरिएको छ । प्रहरी सहायक निरीक्षक शङ्कर पोखरेलले थानीयले...

फलामखानी सञ्चालन गर्न पदमार्ग निर्माण

पर्वत,  महाशिला गाउँपालिका–६ मा रहेको फलामखानी सञ्चालनको तयारीका लागि खानीसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ । निवर्तमान सरकारको मन्त्रिपरिषद्को बैठकबाट फलामखानी सञ्चालनका लागि मन्त्रालय र सचिवलाई निर्देशन दिएपछि अध्ययन, अनुसन्धान गर्नका लागि आउने टोलीलाई खानीसम्म पुग्न सहज होस् र सञ्चालन भइसकेपछि पनि प्रशोधन केन्द्रसम्म...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

संविधान दिवसमा गण्डकी प्रदेश प्रमुख भट्टको शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा प्रदेशवासीसँगै सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । हालै नव युवापुस्ताले गरेको आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ । नव...

चाडपर्वमा शान्ति सुरक्षाका लागि कैलाली प्रशासनको अनुरोध: मादक पदार्थ सेवन, कालोबजारी र ट्राफिक उल्लंघन नगर्न आग्रह

सुदूरपश्चिम,  जिल्ला प्रशासन कार्यालय कैलालीले चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिई सुरक्षित, शान्तिपूर्वक तथा मर्यादित भई चाडपर्व मनाउन सबैलाई अनुरोध गरेको छ । कार्यालयले आज सूचना जारी गर्दै मादक तथा नसालु पदार्थ सेवन गरी सार्वजनिक स्थलमा होहल्ला, झैझगडालगायत कार्यगरी शान्तिसुरक्षालाई असर पार्ने, अत्यावश्यक वस्तुमा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

काम नगरी अलपत्र परेका सडक र पुलका २३४ ठेक्का तोडिँदै

काठमाडौँ,  सम्झौता गरेर वर्षौंसम्म निर्माण नगरिएका २३४ सडक र पुलका तोडिने भएका छन् । सडक विभागअन्तर्गत सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालय, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्का तोड्न लागिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...

आयुर्वेद तथा वैकल्पिक चिकित्सातर्फ आकर्षण बढ्दो

मन्थली (रामेछाप),  यहाँस्थित आयुुर्वेद तथा वैकल्पिक चिकित्सालयमा उपचार गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ । पहिले मन्थली नगरपालिका–१ घारी खहरेस्थित भाडाको घरबाट चिकित्सालयले सेवा प्रवाह गरेकामा हाल मन्थली अस्पतालको पुरानो भवनबाट सेवा प्रवाह गर्न थालेको छ । चिकित्सालयका सूचना अधिकारी हरिनारायण महतोकाअनुसार हाल जिल्लामा...

राष्ट्रिय क्रिकेट टोलीले पायो यूएईको प्रवेशाज्ञा

काठमाडौँ  नेपाली क्रिकेटको राष्ट्रिय टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)को प्रवेशाज्ञा पाएको छ । नेपाल क्रिकेट सङ्घका प्रवक्ता छुमी लामाकाअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रवेशाज्ञा पाएको हो । सो टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ । टोलीले यही असोज ११ देखि १४ गतेसम्म युनिटी कल टी–२०...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९