भारतको अरुणाचल र सिक्किम विधानसभामा सत्तारुढ दललाई फराकिलो बहुमत

काठमाडौँ । भारतको उत्तरपूर्वी दुई राज्यहरू अरुणाचल प्रदेश र सिक्किम दुवै राज्यमा सत्तारुढ दलले भारी बहुमत ल्याउने देखिएको छ ।अरुणाचल प्रदेशमा भाजपा नेतृत्वको  एनडीए गठबन्धन अहिलेसम्म ६० मध्ये ४५ सिटमा अगाडि छ । त्यस्तै, सिक्किममा सत्तारुढ एसकेएम पार्टीले ३२ सिटमध्ये ३१ सिटमा अग्रता लिएको छ । यसैबीच दुबै प्रदेशका मजदुरहरुले उत्सव मनाउन थालेका छन् ।

 

 

 

दुवै प्रदेशका मुख्यमन्त्री र राज्यपालबीच आजै दिउँसो भेटवार्ता हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दुवै राज्यमा मुख्यमन्त्रीले आ–आफ्नो सिट जितेका छन् ।२०१९ अरुणाचल प्रदेश विधानसभा चुनावमा, बीजेपीले ४१ सीट जित्यो र पेमा खान्डु मुख्यमन्त्री बने । कांग्रेसले ४ सिट मात्र जितेको थियो भने जनता दल युनाइटेड (जेडीयू) र एनपीपीले क्रमशः ७ र ५ सिट जितेका थिए । यसअघि २०१४ मा भएको अरुणाचल प्रदेश विधानसभा चुनावमा कांग्रेसले ४२ सिट जितेको थियो भने भाजपाले ११ सिट मात्र जिटेको थियो । अरुणाचलको पीपल्स पार्टी (पीपीए) ले ५ सिट जितेको थियो । तर राज्यमा राजनीतिक उथलपुथल भएपछि जुलाई २०१६ मा पेमा खाण्डु पहिलो पटक राज्यको मुख्यमन्त्री बनेका थिए ।

 

 

अरुणाचल प्रदेशमा भाजपाले यसअघि नै १० सिट निर्विरोध जितेको छ । अरुणाचल प्रदेशमा कुनै प्रमुख क्षेत्रीय राजनीतिक दलहरू छैनन्। यहाँ बीजेपी र कांग्रेस दुई ठूला पार्टी हुन् र उनीहरुबीच लडाइ छ । यद्यपि, बीजेपीले राज्यका सबै ६० सिटमा उम्मेदवारी दिएको छ भने कांग्रेसले १९ सिटमा मात्रै उम्मेदवार खडा गरेको थियो । त्यस्तै सिक्किममा २०१९ को विधानसभा चुनावमा एसकेएमका प्रेम सिंह तामाङको नेतृत्वमा सरकार गठन भयो । एसकेएमले १७ सीट जिटेको थियो र प्रेम सिंह मुख्यमन्त्री बने ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९