रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान

भैरहवा ।  रुपन्देहीमा मेरो सवारी मेरो लेन अभियान अन्गर्तत ११ हजार ६ सय १२ ठूला सवारीसाधान, १९ हजार ५ सय ८३ वटा साना सवारीसाधान सचेत गराइएको छ । सवारी चालकलाई लेन अनुसान सिकाउने उद्देश्यले एक साता देखि रुपन्देहीका विभिन्न सडकहरुमा यो अभियान गरिएको थियो । अभियानमा चालकहरुलाई सुसुचित गर्ने र बढ्दो सवारी चापसँगै लेन अनुशासनका उल्घंन गर्दा हुने दुर्घटना न्युनिकरणमा टेवा पुग्ने विश्वासका साथ ६ हजार सचेतनामुलक पर्चा, ५ हजार लेन अनुसानको स्टिकर समेत सवारीसाधनमा टासिएको छ ।

 

 

अभियान अन्तर्गत चलकहरुलाई गति, लेन र सडक प्रयोगकर्ता चालक वा पैदलयात्रुलार्ई लेन अनुशासनबारे जानकारी गराइएको थियो । बेलहियास्थित सीमा नाकामा बसमा ‘मेरो सवारी, मेरो लेन’ लेखिएको स्टीकर टाँसेर गृह सचिव एकनारायण अर्यालले अभियानाको थालनी गरेका थिए । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अग्रसरता तथा नेपाल विमा प्राधिकरण लुम्बिनी प्रदेशको सहकार्यमा गरिएको अभियानमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्वयसेवकको रुपमा विभिन्न संघ संस्था र भैरहवा क्षेत्रका ३ वटा विद्यालयको विद्यार्थीैहरुले रहेका थिए ।

 

 

 

अभियानले चालकहरुमा थाहा भई पनि लेन अनुशासन पालन नगरेको, थाहै नपाई गलत लेनमा हिडेको, कुन लेनमा कति गति हिड्ने बारे पनि अनविज्ञ रहेको पाइएको छ । एक साताको अभियामनमा सबैलाई सुसुचित गराइएपनि अब भने यसलाई निरन्तर पालना गर्नका लागि ट्राफिक खटिने र कारवाही समेत गर्नेछ । सभ्य नागरिकको परिचय दिनका लागि तोकिएको लेनमा तोकिएको स्पीडमा हिड्नु पर्ने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक  व्यवस्थापन कार्यालय बुटवलका प्रमुख एसपी श्याम बहादुर खत्रीले बताए ।

 

 

एक साता सम्म जिल्लामा रहेका संघसंस्थासित समन्वय गरेर प्रत्येक दिन सडकमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो । जिल्लामा फराकिला सडक भए पनि चालकले लेन अनुशासन पालना नगर्दा दूर्घटना बढ्नुका साथै ट्राफिक अस्तव्यस्त हुने गरेको प्रमुख जिल्लाअधिकारी गणेश अर्यालले बताए । । त्यस्तो समस्या समाधान गर्न र नागरिकलाई लेनको महत्व बुझाउन कार्यक्रम गरिएको बताए । कार्यक्रमका लागि जिल्ला प्रशासनले आर्थिक र प्राविधिक स्रोत जुटाएको उनले बताए ।

 

 

 

हामीले लेन अनुशासन नमान्दा नै अकलमा ज्यान गएका थुप्रै उदाहरण रहेकोले सचेत गराउनका लागि यो अभियान ७ दिन सम्म लागु गरिएको र आठौ दिबाट यस्को प्रयोग भएको छ । जब सम्म लेन अनुशासनको पालना हुदैन तब सम्म यो अभियान चालउनु पर्ने प्रजिअ अर्यालले बताए ।

 

 

 

लेन अनुशासन कार्यक्रमको संयोजन जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्ष्क बजिरसिंह विष्टले एक हप्तासम्म जिल्लाका दुई दर्जन बढी ठाउँमा गरिएको बताए । यसक्रममा विद्यार्थी र नागरिकस्तरबाट पनि स्वयंसेवीरुपमा सहयोग पाएको बताए ।

 

 

 

‘जिल्लाका मुख्य सडक र व्यस्त चौराहामा विद्यार्थी, नागरिक संघसंस्था, सञ्चारकर्मी, आमा समूह, टोल समिति, उद्योगी, व्यवसायीको सहभागितामा प्रत्येक दिन जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको’, उनले भने, ‘यसले दुर्घटना कमगर्न ठूलो सहयोग पुग्ने अपेक्षा छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी, मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि नेपाली व्यापारीहरुले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न...

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

गोदावरी (कैलाली)।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका भौतिक संरचनाको अनुगमन गर्नुभएको छ । उहाँले आज धनगढीस्थित प्रदेश मन्त्रालय तथा विभिन्न सरकारी कार्यालयमा पुगेर क्षतिको अवस्थाबारे अस्थलगत अवलोकन गर्नुभएको हो । त्यस क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ९४ पैसा...

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी, मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि नेपाली व्यापारीहरुले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९