अरूको खेतबाट जथाभावी विद्युतिय तार लगेका दुई जनामाथि ज्यानमुद्दा

रौतहट । रौतहटमा जथाभावी रूपमा अरूको खेत हुँदै  विद्युतिय तार लगाएका दुईजना माथी ज्यान सम्बन्धि मुद्दा दायर गरिएको छ ।स्थानीय देवाही गोनाही नगरपालिका ७ गोनाही टोलका  रामदरेश राय यादव र गुल्टेन राय यादव माथी ईलाका प्रहरी कार्यालय गरुडामा ज्यान सम्बन्धी मुद्दा दायर गरिएको हो ।

 

 

आरोपीहरुले विद्युतको पोलबाट जथाभावी आफ्नो खेतमा लगेको मोटरको तारबाट करेन्ट लागि गत सोमवार दिउँसो देवाही गोनाही ७ का कु्ती हजराको छोरा बर्ष ४५ को चुनिलाल पासवानको आफनै खेतमा काम गरि रहेको अवस्थामा करेन्ट लागेर मृत्यु भएको थियो ।

 

 

 

पासवानको मृत्यु पछि उनको आफन्तले दिएको लिखित किटानी जाहेरीको आधारमा मंगलवार रामदरेश र गुल्टेन माथी कर्तब्य ज्यान सम्बन्धि मुदा दर्ता भएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्।

 

 

 

गत सोमवार दिउँसो १ बजेर २० मिनेटमा करेन्ट लागेको लगत्तै प्रहरीले पासवानलाई तत्काल उपचारको लागि शिवनगर स्थित एक निजी अस्पतालमा लगेकोमा आधाघण्टा पश्चात दिउँसो १ बजेर ५० मिनेटमा उपचारको क्रममा मुत्यु भएको थियो।

 

 

 

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातिले घटना लगत्तै पासवानको खेतहुँदै विद्युतको तार लागेका रामदरेश राय यादव  , गुल्टेन राय यादव फरार रहेकाले उनको खोजी तथा घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । रौतहटमा आफ्नो खेतमा पानी पताउन जथाभावी रुपमा विद्युत पोल बाट लागेको तारबाट करेन्ट लागेर बर्षेनी कैयौं मानिसको मृत्यु हुने गरेको पाइएको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१