जनचेतना अभिबृद्धिले सडक दुर्घटनामा उल्लेख्य कमी

काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक व्यबस्थापनलाई प्रभावकारी बनाउदै सडक दुर्घटनाहरुमा कमी ल्याउन काठमाडौं उपत्यका ट्राफिक प्रहरीले गरेका पछिल्ला गतिबिधि एवं प्रयासहरु उपलब्धुंलक भएको देखिएको छ ।

 

ट्राफिक प्रहरीले चालेका विभिन्न अभियान एवं जनचेतना अभिबृद्धिका कार्यक्रमहरुले सडक दुर्घटनामा उल्लेख्य कमी आएको देखिन्छ । गत बर्षको तुलनामा जनचेतनामुलक कार्यक्रमको प्रभाव र ट्राफिक प्रहरीको सक्रियताले सडक दुर्घटनामा परि मृत्यू हुनेको संख्यामा उल्लेख्य कमी आउनुका साथै घाइतेहरुको संख्यामा समेत कमि आएको देखिन्छ । गत आ.ब.०८९/८० मा भएका १०,६७५ सडक दुर्घटनामा परि १८७ जनाले मृत्यूवरण गर्नु परेको थियो भने यस आ.ब. ०८०/८१ मा भएका ८८८१ सवारी दुर्घटना (गत बर्ष भन्दा १६.८ % कम) मा परि १७६ जनाको मृत्यू भएको हो जुन गत बर्षको तुलनामा ६ % ले मृत्यू कमी भएको छ । साना ठुला दुर्घटनामा परि गत बर्ष भन्दा यस बर्ष ३ प्रतिशत (८३०५जना) घाइते भएको तथ्याङ्कले देखाउँछ ।

 

ट्राफिक प्रहरीका अनुसार, यो प्रगति ट्राफिक प्रहरीको सक्रियता र जनचेतनामुलक कार्यक्रम र नियमहरुको कडाईका साथ पालनाको प्रतिफल हो । यो सुधारलाई अझ प्रभावकारी बनाउन र निरन्तरता दिन योजनाबद्ध तरिकाले लाग्ने तयारी भैरहेको जनाएको छ । यसले भविष्यमा पनि दुर्घटनाबाट हुने जनधनको क्षति न्युनिकरण गर्न र ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा लिएको छ । थप सुधार गर्न र यसलाई निरन्तरता दिन ट्राफिक प्रहरीले थप योजनाहरु निर्माण गरेको छ ।

 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक बिश्व राज खड्काले जनचेतनामुलक कार्यक्रमहरुले आम सडक प्रयोगकर्ताहरुलाई ट्राफिक नियमहरुको पालना गर्न र सडक सुरक्षालाई आत्मसाथ गर्न प्रेरणा दिएको बताए । थप उल्लेख गर्दै उहाँले सडक सुरक्षा र ट्राफिक नियमहरुका बारेमा जनचेतना अभिवृद्धि गर्नका लागि हामीले निरन्तर रुपमा कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं । यसले सर्वसाधारणलाई जिम्मेवार चालक बन्न र दुर्घटना घटाउन ठूलो भूमिका खेलेको प्रष्टाए  ।

 

पछिल्लो समय ट्राफिक प्रहरीले सचेतनामुलक अभिबृद्धि कार्यक्रमलाई बिशेष महत्व दिई सञ्चालन गर्दै आएको छ । विशेष गरी स्कूल कलेज केन्द्रित ट्राफिक नियम सम्बन्धी प्रशिक्षण, चालक सह-चालक केन्द्रित ट्राफिक सचेतना कार्यक्रम र सडक प्रयोगकर्ताहरुलाई सडक सुरक्षा कार्यक्रमहरु व्यापक रुपमा गर्दै आएकोछ । ट्राफिक सप्ताह कार्यक्रम, यात्रुमैत्री बिशेष अभियान, ट्राफिक सचेतना बिशेष अभियान जस्ता कार्यक्रमहरुमा समावेश भएका ट्राफिक गतिबिधीहरु मार्फत ४,७७,३०३ जना प्रत्यक्ष लाभान्वित भए भने सडकको सुरक्षित प्रयोगमा समेत उल्लेख्य सुधार भएको पछिल्ला दुर्घटनाको तथ्याङ्कले समेत देखाएको छ ।

 

तुलनात्मक रुपमा उपत्यकाको आवागमन व्यवस्थापन र दुर्घटना न्यूनिकरणको लागि ट्राफिक प्रहरीले आफ्नो उपस्थिति, सक्रियता र निगरानी सँगसँगै बढाएको देखिन्छ । ट्राफिक प्रहरीको उपस्थितिले धेरै सवारी चालकहरु ट्राफिक नियमहरुको पालना गर्न बाध्य भएका छन् । ट्राफिक प्रहरीले चालेको मादक पदार्थ र लागु पदार्थ सेवन गरि सवारी चलाउने बिरुद्धको अभियान, लेन अनुशासन पालना, लापरबाहिका साथ सवारी चलाउने र तिब्रगतिका कारणले हुने दुर्घटना न्यूनिकरणमा निर्वाह गरेको भूमिका निकै तारिफ योग्य छन् ।

 

विभिन्न सडक केन्द्रित सचेतना कार्यक्रम संचालन, ट्राफिक चेक पोइन्ट बिस्तार, भित्रीगल्ली साँघुरा सडक र करिडोर सडकमा नियमित गस्ती गर्ने गरेका छौं, र अपेक्षाकृत उपलब्धी समेत हासिल गरेको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए । “सडकमा ट्राफिक नियमको पालना गराउनु हाम्रो मुख्य उद्देश्य हो । यस बर्षको सक्रियता र कठोर कदमहरुले दुर्घटनामा कमी ल्याउन ठूलो सहयोग पुर्याएको छ । यसलाई हामी निरन्तरता दिन्छौं र थप सक्रियता पुर्वक अघि बढ्छौं” एसएसपी श्रेष्ठले बताए ।

 

यस आर्थिक बर्षमा काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १० लाख बढिलाई ट्राफिक प्रहरीले कारवाही गरि जरिवाना बापत रू.७२ करोड ६० लाख संकलन भएको छ । प्रभावकारी ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरण जस्तो महत्वपूर्ण बिषय ट्राफिक प्रहरीको एक्लो प्रयासले मात्र सम्भव नहुने हुँदा सम्पुर्ण सडक प्रयोगकर्ताहरुलाई सडक सुरक्षा र ट्राफिक नियम पालनालाई संस्कारको रुपमा बिकास गर्न ट्राफिक प्रहरीले अपिल समेत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

म्याग्दी,  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् ।   अन्नपूर्ण–४ का वडाध्यक्ष...

विश्व शान्ति प्रार्थना महोत्सव २०२५ भुटानको थिम्पूमा प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितिमा सुरु

थिम्पू(भुटान), भुटानका प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितीमा विश्वव्यापी शान्ति प्रार्थना महोउत्सव २०२५ मङ्गलबार भुटानको थिम्फु स्थित चाङ्लिमिथाङ स्टेडियममा सुरु भएको छ ।यस पर्वले नोभेम्बर ४–१७ सम्म विश्वभरका बौद्ध नेताहरू, र शान्ति समर्थकहरूलाई एकसाथ ल्याउने १३ दिने ऐतिहासिक आध्यात्मिक जमघटको सुरुवात गर्ने जनाइएको छ ।यसले द्वन्द्व...

नेप्से परिसूचकमा २७ अङ्कको गिरावट

काठमाडौँ,  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ६४ अङ्कले घटेर दुई हजार ५९५ दशमलव २४ को विन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक एक दशमलव ०५ प्रतिशतले घटेको हो ।आज ३२२ कम्पनीको एक करोड तीन लाख ४३ हजार ८९८ कित्ता शेयर ४६...

दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा

सियोल, दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गुणा लगानी र छ वर्षकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक गर्नुभएको छ । उहाँले मङ्गलबार संसद्मा प्रस्तुत गर्नुभएको वार्षिक बजेट सम्बोधनमा राष्ट्रलाई ‘एआई युगको नेतृत्व गर्ने दिशातर्फ...

दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा

सियोल, दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गुणा लगानी र छ वर्षकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक गर्नुभएको छ । उहाँले मङ्गलबार संसद्मा प्रस्तुत गर्नुभएको वार्षिक बजेट सम्बोधनमा राष्ट्रलाई ‘एआई युगको नेतृत्व गर्ने दिशातर्फ...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

गलकोट (बागलुङ),  पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९