Baigyanik Media

Advertisement

Skip Ad

काठमाडौँको ढलमा पोलियो भेटिएपछि बालबालिकालाई पोलियो खुवाउने महानगरको योजना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले आफ्नो भौगोलिक क्षेत्रभित्रका सबै घरमा पुगेर ५ बर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने योजना बनाएको छ । यो विशेष पोलियो खोप अभियान हो । अभियान साउन ९ गते सुरु हुनेछ । यसअघि नियमित खोप लिएका बालबालिकालाई पनि यो खोप अनिवार्य उपलब्ध गराउन अनुरोध गरिएको छ ।

 

 

पोलियो खोप ६ हप्ता, १० हप्ता र १४ हप्ता गरी ३ पटक मुखबाट (ओरल पोलियो भ्याक्सिन – ओपीभी) खुवाइन्छ । यस्तै १४ हप्ता र ९ महिनाको उमेरमा सुइबाट (इनएक्टीभेटेड पोलियो भ्याक्सिन – आइपीभी) दिइन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार काठमाडौँ महानगरपालिकाभित्र २ लाख ३८ हजार ९६६ घर छन् । यी घरहरुमा ५ बर्षमुनिका करिब ६३ हजार ५६ जना बालबालिका रहेको अनुमान गरिएको छ ।

 

 

विभागको तथ्याङ्कमा वडागत रुपमा हेर्दा सबैभन्दा धेरै वडा नं. ६ मा ६ हजार १२ जना बालबालिका छन् । सबैभन्दा कम वडा नं. १ मा ४६२ जना छन् । यो खोप जन्मेदेखि ५ वर्षमुनिका सबै बालबालिकाका लागि हो । जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार महिला स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मीसहितको टोली घर घरमा ग्एर पोलियो थोपा खुवाउनेछ ।

विशेष अभियान किन ?

नेपालमा सन् २०१० पछि व्यक्तिमा पोलियोको भाइरस देखिएको छैन । श्रेष्ठ भन्नुहुन्छ, ‘पोलियो उन्मुलन रणनीतिअनुरुप सन् २०१७ देखि वातावरणीय निगरानी भइरहेको थियो । उपत्यकाका विभिन्न ५ ठाउँको ढलबाट महिनाको २ पटक नमूना लिएर पोलियोको भाइरस भए नभएको हेर्ने गरिन्थ्यो । यही क्रममा सन् २०२४ (२०८१ जेठ १३ गते) काठमाडौँको टुकुचा र बागमती दोभानमा वागमती नदीतर्फको खण्डबाट (ढलबाट आएको  पानी) लिइएको नमूनामा डिप्राइभ्ड पोलियोको भाइरस–३ भेटियो । यसको रिपोर्ट २०८१ असार २९ गते आएको थियो । प्रयोगशाला परीक्षणमा यो भाइरस मुखबाट दिइने पोलियो भाइरसको उत्परिवर्तन भएको पत्ता लागेको हो ।’ उनका अनुसार यही ठाउँमा जेठ २२ गते पनि नमूना लिइएको थियो । यसमा भने भाइरस देखिएन ।

 

यसका अनेक कारण हुन सक्छन् । यसको अध्ययन भइरहेको श्रेष्ठको भनाइ छ ।प्रयोगशाला परीक्षणको नतिजाअनुसार सो पोलियो भाइरस पोलियो खोपबाट उत्पन्न पोलियो भाइरस पुष्टि भएको छ । पोलियो मुक्त देश घोषणा भएको २० वर्षपछि वातावरणमा पोलियो भाइरस देखिनुले चिन्ता उब्जाएको छ ।

 

 

 

वातावरणीय निगरानीका लागि काठमाडौँ उपत्यका बाहिर विराटनगर, जनकपुर र पोखराका एक एक ठाउँबाट महिनाको १ पटक नमूना लिने गरिएको छ ।
नेपालमा पोलियो उन्मुलन रणनीति २०२२–२०२६ का कार्यक्रम सञ्चालन भइरहेका छन् । सन् २०१० बाट व्यक्तिमा पोलियो नदेखिएपछि सन् २०१४ मा पोलियो मुक्त देश घोषणा गरिएको थियो ।

 

 

बालबालिकाहरुका अतिशीघ्र लुलो पक्षाघातका लक्षण देखिए तत्काल खबर गर्न महानगरपालिकाले अनुरोध गरेको छ । यसमा बालबालिकाका कुनै पनि अङ्ग तत्कालै लुलो हुने, एक भाग नचल्ने जस्ता लक्षण हुन्छन् । पोलियोको असर ५ बर्षमुनिका बालबालिकामा धेरै हुन्छ । यस्ता लक्षण १५ वर्ष उमेरसम्मका बालबालिकालाई हुन सक्ने, विभागले बताएको छ ।

 

 

पोलियो जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि हुन सक्छ । ५ वर्षमुनिका बालबालिका सबैभन्दा धेरै जोखिममा हुन्छन् । पोलियोको भाइरस दुषित खाना र दुषित पानीबाट सर्छ । यसकारण खाना र पानीको सफाइसँगै वातावरणीय स्वच्छतामा ध्यान दिन आवश्यक छ ।

 

 

 

पहिलो खोप बच्चा जन्मिने वित्तिकै बिसीजी खोप लगाइन्छ । दोस्रो खोप ६ हप्तामा रोटा, पोलियो, पीसीभी, डीपीटी, हेब बी-हिब खोप दिइन्छ । तेस्रो खोप जन्मेको १० महिनामा दिइन्छ । यसमा ६ महिनामा दिइएको खोपको दोस्रो मात्रा दिइन्छ । चौधौँ हप्तामा चौथो खोप दिइन्छ । यसमा पोलियो, एफआइपीभी, डीपीटी र हेब वी-हिब खोप लगाइन्छ । ९ महिनामा पाँचौँ खोप लगाइन्छ । यसमा एफआइपीभी, पीसीभी र रुवेला दादुरा खोप लगाइन्छ । १२ महिनामा छैटौँ पटक खोप दिइन्छ ।

 

 

 

यस पटक दिइने खोप जापानीज इन्सेफालाइटिस हो । १५ महिनामा सातौँ खोप दिइन्छ । यो खोप रुवेला दादुराको दोस्रो मात्रा हो । यसैबेला टाइफाइडको खोप पनि लगाइन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

गोला–मक्सुरमा अब हरेक घरमा धारो, टर्‍यो खानेपानीको सङ्कट

सिरहा,  कुनै समय आधा घण्टा हिँडेर खोला छेउको कुवा पुगेर पानी ल्याउनुपर्ने बाध्यता थियो गोलबजार नगरपालिका–१ र ३ गोला–मक्सुरका बासिन्दाको । तर, अहिले चुरेफेदका घर आँगनमै धारा छ त्यो चपुत्रासहित (धारामा ढलान गरी बनाइएको आकर्षक डिजाइन) । गोला मुक्सर खानेपानी आयोजना सम्पन्न भएसँगै यहाँका...

अध्यक्ष दाहालद्वारा सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ । शुक्रबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकलाई आज सम्बोधन गर्दै उहाँले पार्टीका सबै तहका...

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ २६ पैसा र...

जैविक खेतीलाई अबलम्बन गर्दै घराम्दी र टिकोटका किसान

म्याग्दी।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी र टिकोटका किसानले जैविक विधिबाट तरकारी खेती गरेका छन् । खर्चिलो र मानव स्वास्थ्यका लागि प्रतिकूल मानिएको रासायनिक विषादी र मलको विकल्पमा घरेलु विधीबाट तरकारी, खाद्यबाली र आलु खेती गरेका हुन् ।   आलु खेतीको पकेट क्षेत्र टिकोट र घराम्दीका बासिन्दाले...

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर,  राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । परीक्षामा एक लाख ४३ हजार २५७ परीक्षार्थी सहभागी भएका थिए ।   जसमा...

फलामखानी सञ्चालन गर्न पदमार्ग निर्माण

पर्वत,  महाशिला गाउँपालिका–६ मा रहेको फलामखानी सञ्चालनको तयारीका लागि खानीसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ । निवर्तमान सरकारको मन्त्रिपरिषद्को बैठकबाट फलामखानी सञ्चालनका लागि मन्त्रालय र सचिवलाई निर्देशन दिएपछि अध्ययन, अनुसन्धान गर्नका लागि आउने टोलीलाई खानीसम्म पुग्न सहज होस् र सञ्चालन भइसकेपछि पनि प्रशोधन केन्द्रसम्म...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

संविधान दिवसमा गण्डकी प्रदेश प्रमुख भट्टको शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा प्रदेशवासीसँगै सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । हालै नव युवापुस्ताले गरेको आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ । नव...

पिसाब फेर्न बसबाट ओर्लिएका कैलालीका वृद्ध मुग्लिनमा हराए

कैलाली, कैलाली मोहन्याल गाउँपालिका–३, बुडिआमका ६५ वर्षीय काशीराम कुँवर मुग्लिङ नजिकै हराएका छन्। लालीगुँरास आधारभूत विद्यालयका कार्यालय सहयोगी समेत रहेका कुँवर हालसम्म सम्पर्कविहीन रहेको परिवारले जनाएको छ।   परिवारका अनुसार, उहाँ जेठा छोरालाई दक्षिण कोरिया बिदाइ गरी गत असोज ७ गते काठमाडौंबाट कैलाली फर्किंदै हुनुहुन्थ्यो। उहाँ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सामुदायिक विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइमा

रामपुर (पाल्पा),  युवा जनशक्ति आजका आवश्यकता मात्र होइनन्, देशका परिवर्तनका संवाहक पनि हुन् । परिवर्तन खोज्ने हो भने युवाकै नेतृत्व चाहिन्छ । यो हरेक क्षेत्रमा गुञ्जिन्छ र युवाले नै नेतृत्व गरेका संस्था, क्षेत्रमा परिवर्तनको लहर झल्किएको छ । कुनै समय विद्यार्थी नियमित रूपमा विद्यालय...

आयुर्वेद तथा वैकल्पिक चिकित्सातर्फ आकर्षण बढ्दो

मन्थली (रामेछाप),  यहाँस्थित आयुुर्वेद तथा वैकल्पिक चिकित्सालयमा उपचार गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ । पहिले मन्थली नगरपालिका–१ घारी खहरेस्थित भाडाको घरबाट चिकित्सालयले सेवा प्रवाह गरेकामा हाल मन्थली अस्पतालको पुरानो भवनबाट सेवा प्रवाह गर्न थालेको छ । चिकित्सालयका सूचना अधिकारी हरिनारायण महतोकाअनुसार हाल जिल्लामा...

राष्ट्रिय क्रिकेट टोलीले पायो यूएईको प्रवेशाज्ञा

काठमाडौँ  नेपाली क्रिकेटको राष्ट्रिय टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)को प्रवेशाज्ञा पाएको छ । नेपाल क्रिकेट सङ्घका प्रवक्ता छुमी लामाकाअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रवेशाज्ञा पाएको हो । सो टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ । टोलीले यही असोज ११ देखि १४ गतेसम्म युनिटी कल टी–२०...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९