बंगलादेशमा हिँसा: हसिनाको पार्टीका नेता, प्रहरी र कलाकारको हत्या

काठमाडौँ । बंगलादेशमा शेख हसिनाको पार्टी अवामी लिग र यसका सहयोगी दलका कम्तीमा २९ नेता र उनका परिवारका सदस्यको शव भेटिएको छ । यसमा अवामी लिगका २० नेता रहेको मिडिया रिपोर्टमा बताइएको छ । त्यस्तै ढाका ट्रिब्यूनका अनुसार अहिलेसम्म कम्तिमा ५० जना प्रहरी मारिएका छन्। ढाकाबाहेक देशका अधिकांश प्रहरी चौकी जलाइएको छ भने प्रहरीले चौकी छोडेर भागेका छन् ।

 

 

सबै प्रहरी ज्यान जोगाउन डराएर भागेका छन् । अवामी लिगसँग आवद्ध धेरै वरिष्ठ प्रहरी अधिकारी आफन्तसँग लुकेर बसेको मिडिया रिपोर्टमा बताइएको छ ।देशभरका चार सयभन्दा बढी प्रहरी चौकीमा आक्रमण, तोडफोड, आगजनी र लुटपाटका घटना भएको रिपोर्टमा उल्लेख छ । बंगलादेशमा भएको हिंसात्मक प्रदर्शनका कारण पछिल्लो १५ दिनमा अर्बौको नोक्सान भएको छ ।

 

 

बंगलादेशको जोशोरस्थित अवामी लिगका नेताको आलिशान होटलमा आगजनी गरिएको छ । यसमा २९ जना जिउँदै जलेका थिए । जसमा इन्डोनेसियाका एक व्यक्ति पनि परेका छन् ।ढाकाको धानमण्डीमा चर्चित बंगाली गायक राहुल आनन्दको १४० वर्ष पुरानो घरमा आगजनी भएको छ । जलाउनुअघि उनको घर पनि लुटिएको थियो ।आनन्द, उनकी श्रीमती र छोरा आक्रमणबाट बच्न सफल भएको बताइएको छ । आगलागीबाट राहुलको घरमा राखिएका ३ हजार वाद्ययन्त्र जलेर नष्ट भएका छन् ।

 

 

 

त्यस्तै बंगलादेशी अभिनेता शान्तो खान र उनका निर्माता बुबा सलीम खानलाई भीडले कुटपिट गरी हत्या गरेको छ । सलिम हसिनाको पार्टी अवामी लिगसँग आवद्ध थिए । उनले हसिनाका बुबा मुजीब-उर-रहमानमा आधारित फिल्म निर्माण गरेका थिए । ढाका ट्रिब्यूनको रिपोर्टका अनुसार उनी सोमबार घरबाट भागिरहेका थिए । उनलाई फरक्काबाद बजारमा भीडले घेरेको थियो । त्यसपछि उनीहरूले गोली चलाएर आफूलाई बचाए तर पछि घेरिए । शान्तो खानले ‘बाबुजान’, ‘तुंगीपारा मिया भाइ’ र ‘बिक्सोभ’ जस्ता बंगाली फिल्ममा काम गरेका थिए । उनीमाथि सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा चलिरहेको थियो ।

 

 

बंगलादेशमा मङ्गलबार अवामी लिगका नेता र उनीहरुका परिवारका कम्तीमा २९ जनाको शव फेला परेको छ । यसमा अवामी लिगका २० नेता पनि छन् ।अवामी लिग सम्बद्ध पूर्व काउन्सिलर मोहम्मद शाह आलमको अशोकतलामा रहेको तीन तले घरमा आतङ्ककारीहरूले आगजनी गरेका थिए जसमा ६ जनाको मृत्यु भएको थियो ।त्यस्तै नेटोर–२ का सांसद शफिकुल इस्लाम शिमुलको घरमा भीडले आक्रमण गरी आगजनी गरेको छ । जसमा ४ जनाको मृत्यु भएको छ ।

 

 

 

त्यस्तै लालमोनिरहटमा अवामी लिगका नेता सुमन खानको घरमा मानिसहरूले आगजनी गरेका छन् । उनको घरबाट ६ जनाको शव भेटिएको थियो । अवामी लिगको सहयोगी जुबा लिगका नेता मुस्फिकुर रहिमको शव सोनागाजी उपजिल्लाको पुलमुनि फेला परेको छ । उनी युवा लिगमा सचिव पदमा थिए । फेनी जिल्लामा अर्का युवा नेता बादशाह मियाँको शव बिहान फेला परेको छ ।

 

 

 

यसैबीच नोबेल पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएका छन् ।सोमबार प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छोडेकी शेख हसिना अहिले भारतमा रहेकी छन् । अमेरिकाले उनको भिसा अस्वीकृत गरेको बताइएको छ भने उनले बेलायतमा शरण मागेको र यसको प्रक्रिया चलिरहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९