अक्सफोर्ड युनिभर्सिटी कुलपतिका लागि पाकिस्तानी जेलमा रहेका इमरान खानको आबेदन

लन्डन  । एक वर्षदेखि पाकिस्तानको जेलमा रहेका इमरान खानले बेलायतको अक्सफोर्ड विश्वविद्यालयको कुलपति बन्न आवेदन दिएका छन् ।इमरान खानका सल्लाहकार सैयद जुल्फिकार बुखारीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुनु ।

 

बुखारीले भने कि इमरान चुनाव लड्न राजी भएका छन । उनले अक्सफोर्ड विश्वविद्यालयको चान्सलर चुनाव २०२४ को लागि आवेदन फारम बुझाएका छन्। यो निर्वाचन अक्टोबर २८ मा हुदैँछ । अक्सफोर्डको ८०० वर्षको इतिहासमा पहिलो पटक चान्सलरको निर्वाचनका लागि अनलाइन भोटिङ हुने भएको छ ।

 

बुखारीले भने, ‘यदि उनी चान्सलर बने भने उनी एसियाली मूलको पहिलो व्यक्ति हुनेछन्। यो पाकिस्तानका लागि मात्र नभई सम्पूर्ण एसिया र बाँकी विश्वका लागि ठूलो उपलब्धि हुनेछ।’

 

इमरान अक्सफोर्डका विद्यार्थी हुन्
चुनाव लड्नका लागि अगस्ट १८ सम्म दर्ता हुनुपर्नेछ । अक्सफोर्डले अक्टोबरको सुरुमा उम्मेदवारहरूको सूची जारी गर्ने जनाएको छ। अक्सफोर्डले अन्तिम सूची सार्वजनिक गरेको छैन तर केही रिपोर्टका अनुसार पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयर, थेरेसा मे र बोरिस जोन्सन पनि चुनाव लड्ने भएका छन् ।

 

यसबाहेक कुलपति पदका लागि केही महिलाले पनि आवेदन दिएका छन् । यदि यस पदमा छनोट भएमा विश्वविद्यालयको इतिहासमा उनी पहिलो महिला कुलपति हुनेछिन् ।

 

इमरान खान अक्सफोर्डका विद्यार्थी हुन् । उनले अक्सफोर्ड विश्वविद्यालयको केबल कलेजबाट सन् १९७२ मा अर्थशास्त्रमा डिग्री हासिल गरेका थिए।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९