नविकरण शुल्क तिर्न एनसेलको आनकानी, किस्ताबन्दीको माग बारे निर्णय हुदै

काठमाडौँ । निजी क्षेत्रको टेलिकम एनसेलले नवीकरण वापतको शुल्क एकै पटक नतिरेपछि लाइसेन्स नै रद्ध हुने अवस्थामा पुगेको छ । भदौ १५ गते २० बर्षे अवधि पुरा हुन लागेको हुनाले त्यसअघि २० अर्ब रकम सरकारलाई बुझाएर नवीकरण गर्नुपर्नेमा एनसेलले सो रकम एकै पटक बुझाउन नसक्ने भन्दै सरकारलाई किस्ता बन्दीमा तिर्ने प्रस्ताव पठाएको थियो । यस बारेमा सरकारले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

 

 

यहि भदौ ६ गते दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सञ्चार मन्त्रालयलाई एनसेलले किस्ताबन्दी सुविधा माग गरेको विषय पत्रमार्फत जानकारी गराएको थियो ।एनसेलले अनुमतिपत्रको अवधि समाप्त हुनुभन्दा तीन महिना अगाडी नै गत जेठ १४ गते नवीकरण दस्तुर २० अर्ब रुपैयाँमध्ये ४ अर्ब रुपैयाँ तिरेर बाँकी रकममा किस्ताको सुविधा माग गरेको थियो । तर दूरसञ्चार प्राधिकरणले किस्ताबन्दीको सुविधा आफूले दिन नमिल्ने बताउँदै यसको निर्णय मन्त्रिपरिषद्ले गर्नुपर्ने बताउदै आएको थियो ।  मन्त्रिपरिषद्ले किस्ता सुविधा दिनका लागि प्राधिकरणलाई निर्देशन दिन सक्ने कानुनी  वयवस्था रहेको छ ।

 

 

यस अघि मन्त्रिपरिष्दले नै एनसेललाई पहिलो र दोस्रो नवीकरण गर्दा किस्ताबन्दी सुविधा दिएको थियो । तेस्रो नवीकरण गर्ने क्रममा प्राधिकरणले एकै पटक २० अर्ब रुपैयाँ बुझाउन एनसेललाई ताकेता गरेको छ । एनसेलको गतिबिधि नेपालमा विवादित  रहेकोले निजी कम्पनिलाई सरकारी राजश्वमा असर पुर्याएर कुनै किसिमको छुट दिन नहुने भनाई पनि उत्तिकै रहेको  छ । पछिल्लो पटकको सेयर किनबेच प्रक्रियाको विषय विवादित बन्दा सरकारले छानबिन तथा अनुसन्धान गर्न समिति नै बनाएको थियो ।

 

 

 

दूरसञ्चार ऐनमा ५० प्रतिशतभन्दा बढी विदेशी लगानीको दूरसञ्चार सेवाप्रदायकको जग्गा, भवन, यन्त्र, उपकरण तथा संरचनामा २५ वर्षे लाइसेन्सको अवधि समाप्त भएपछि सरकारको स्वामित्व कायम हुने भनिएको छ । सोहि प्रावधानलाई छल्न एनसेलले शेयर बेचेर नेपाली लगानीकर्ताको नाममा सारेको थियो ।

 

 

 

२०८६ भदौ १५ मा मोबाइल सेवाको लाइसेन्स अवधि समाप्त हुने एनसेलले १५ भदौ २०८३ पश्चात् आफ्नो सम्पत्ति वा सेयर बिक्री गर्न नपाउने भए पनि मन्त्रिपरिषद्ले १५ भदौ २०८१ मा गर्नुपर्ने नवीकरणमा नै सम्पत्ति तथा सेयर बिक्री गर्न नपाउने सर्त राख्न एनसेललाई भनिसकेको छ ।

 

 

सरकारले एनसेललाई नवीकरण गर्न किस्ताबन्दीमा शुल्क तिर्ने सुबिधा दिएमा विलम्ब शुल्क तथा ब्याज वापतको रकम तिर्न लगाउछ या लगाउदैन भन्ने प्रश्न उठेको छ । मन्त्रिपरिषदले विलम्ब शुल्क र ब्याज नलिने निर्णय गरेमा सरकारलाई करिब १३ अर्ब राजश्व घाटा लाग्ने भएको छ ।

 

 

 

अहिले १३ अर्ब रुपियाँ राजस्व गुम्ने गरी एनसेलको लाइसेन्स मात्रै नवीकरण नभई २०८६ पछि राज्यको स्वामित्वमा आउने खर्बौंको सम्पत्तिको भविष्य पनि अन्योलमा पर्ने देखिएको छ । दूरसञ्चार ऐन २०५३ को दफा ३३ बमोजिम २०८६ भदौपछि एनसेलको सम्पूर्ण सम्पत्ति सरकारको हुनेछ । उक्त ऐनमा कम्पनीको कुल पुँजी लगानीको ५० प्रतिशतभन्दा बढी विदेशी व्यक्ति वा संगठित संस्थाको लगानी भएको दूरसञ्चार सेवासँग सम्बन्धित जग्गा, भवन, यन्त्र, उपकरण तथा संरचनामा अनुमतिपत्रको अवधि समाप्त भएपछि नेपाल सरकारको स्वामित्व हुने उल्लेख छ ।

 

 

 

पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा गठित छानविन समितिले गत माघ १५ गते बुझाएको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्ले गत फागुन ६ गते एनसेलको शेयर स्वामित्वको संरचनामा कुनै फेरबदल नगर्ने तथा पाँच वर्षपछि एनसेलको सबै सम्पत्ति सरकारी स्वामित्वमा आउने सुनिश्चित भए मात्रै अनुमतिपत्र नवीकरण गर्ने निर्णय गरेको थियो ।सम्भवत आज बस्ने मन्त्रिपरिषदको बैठकबाट एनसेलको नवीकरण सम्बन्धि केहि निर्णय हुनसक्ने मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९